Home Candidate विमला विक

प्रत्यक्ष अनुमोदनको प्रयास

http://नेकपा%20एमाले
विमला विक
बर्दिया - २ उम्मेदवार

विमला विक

महिला , ४० वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१०७७२ मत
Profile Election History
Profile Election History

विमला विक नेपाली संसदीय राजनीतिमा दलित र महिलाका सवाललाई निरन्तर उठाइरहेकी एक परिचित अनुहार हुन् । सामाजिक न्याय र समानताको पक्षमा खुलेर बोल्ने उनको राजनीतिक यात्रा सहज बाटो हुँदै आएको छैन । विद्यार्थी राजनीतिबाट सुरु भएको यो यात्रा आन्दोलन, गिरफ्तारी र निरन्तर संघर्ष हुँदै संसदसम्म आइपुगेको हो ।

विमला विकको जन्म २०४२ पुस ४ गते बर्दिया जिल्लामा भएको हो । उनका बुवा स्व. मंगले नेपाली र आमा नरपता विक हुन् । बर्दियाको मधुवन नगरपालिका श्रीनगरकी उनी ग्रामीण परिवेशमा हुर्किएकी हुन् । विकले सामाजिक विभेद र असमानतालाई नजिकबाट देख्दै बुझ्दै आएकी छन्, जसले उनको राजनीतिक चेतना निर्माणमा गहिरो प्रभाव पारेको देखिन्छ ।

शिक्षाका हिसाबले उनी कानुन र राजनीतिशास्त्र दुवै विषयमा दक्ष छिन् । कानुनमा स्नातक (एलएलबी) र राजनीतिशास्त्रमा स्नातकोत्तर (एमए) अध्ययन गरेकी उनले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक राजनीतिसँग जोड्ने प्रयास गर्दै आएको बताउँछिन् ।

उनको राजनीतिक सक्रियता विद्यार्थी जीवनबाटै सुरु भएको थियो । उनले २०५६ देखि २०५९ सम्म अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष हुँदै जिल्ला कमिटी, बर्दियामा सक्रिय भूमिका निर्वाह गरिन् ।  यही कालखण्डले उनलाई संगठन, आन्दोलन र नेतृत्वको अभ्यास गरायो । २०६४ सालदेखि नेकपा एमाले जिल्ला कमिटी सदस्यका रूपमा सक्रिय रहँदै आएकी उनी हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सचिवालय सदस्य छन् ।

राजनीतिक यात्राका क्रममा उनी विभिन्न आन्दोलनमा सहभागी भइन् । जनआन्दोलनदेखि महिला अधिकारका आन्दोलनसम्म उनले सडक र संगठन दुवै मोर्चामा काम गरिन् । यसक्रममा उनी पटक–पटक गिरफ्तार पनि भइन्, तर ती अनुभवले उनको राजनीतिक प्रतिबद्धता अझै मजबुत बनाएको देखिन्छ ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेबाट समानुपातिक प्रणालीमार्फत सांसद निर्वाचित भइन् । संसद् प्रवेशसँगै उनले प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा रहेर काम गरिन् । कानुनको औपचारिक शिक्षा भएकाले विधेयक अध्ययन, छलफल र कानुनी बहसमा उनको सक्रियता रह्यो ।

उनको विशेष रुचि कानुन र विकाससँग सम्बन्धित विषयमा केन्द्रित छ । विशेषगरी दलित समुदाय र महिलाको अधिकार सुनिश्चित गर्ने कानुनी र नीतिगत पहलमा निरन्तर आवाज उठाउँदै आएको उनी बताउँछिन् । संसदभित्रको उनको उपस्थिति केवल प्रतिनिधित्वमा सीमित छैन, बरु सामाजिक न्यायका मुद्दालाई संस्थागत रूपमा अगाडि बढाउने प्रयासका रूपमा देखिन्छ ।

संसदीय राजनीतिमा प्रवेश गरेपछि पनि आफूलाई सामाजिक अभियन्ताकै रूपमा परिभाषित गर्ने विकको धारणा स्पष्ट छ—राजनीति परिवर्तनको औजार हो र त्यो परिवर्तन सबैभन्दा पछाडि पारिएका समुदायसम्म पुग्नुपर्छ । यही विश्वास उनको राजनीतिक यात्राको केन्द्रमा देखिन्छ ।

२०७४ सालमा समानुपातिक प्रणालीबाट संसद् पुगेकी उनी यसपटक बर्दिया क्षेत्र नम्बर २ बाट प्रत्यक्ष रुपमा जनताबाट अनुमोदन हुने प्रयासमा छिन् ।

उनीसँगै यस क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता किशोरसिंह राठौर, नेपाली कम्युनिस्ट पार्टीका सुरेश पन्थ, रास्वपाका श्रीधर पोख्रेल, राप्रपाका सुशील चौधरी, नागरिक उन्मुक्ति पार्टीका खुशीराम थारु  लगायत पनि प्रतिस्पर्धामा छन् ।

Battleground Analysis

अनुकूलता

  • पहिचान र मुद्दाको स्पष्टता
  • संसदीय अनुभव र कानुनी पृष्ठभूमि
  • मतदातासँग भावनात्मक सम्बन्ध जोड्ने संघर्षशील जीवनकथा

प्रतिकूलता

  • बदलिँदो राजनीतिक परिवेशमा नयाँ अनुहारको खोजी
  • सामाजिक न्याय र अधिकारका मुद्दा मुख्य शक्ति भए पनि स्थानीय पूर्वाधार र प्रत्यक्ष विकासप्रति भाेका मतदाता
  • कडा र बहुपक्षीय प्रतिस्पर्धा
शिक्षा
स्नातकोत्तर
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्य (२०७४)
हालको दल
नेकपा एमाले

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७४ समानुपातिक विजयी

विमला विकको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित