Home Candidate विष्णुप्रसाद खनाल

पत्रकारिता र शिक्षण छाडेर राजनीतिमा

http://नेपाली%20कांग्रेस
विष्णुप्रसाद खनाल
अर्घाखाँची - १ उम्मेदवार

विष्णुप्रसाद खनाल

पुरुष , ५६ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१८९८३ मत
Profile
Profile

नेविसंघको पूर्वजिल्ला अध्यक्षदेखि कांग्रेस जिल्ला सभापति हुँदै हाल लुम्बिनी प्रदेश सहमहामन्त्री रहेका खनाल, एमालेको 'गढ' तोडेर संसद् छिर्ने लक्ष्यका साथ चुनावी मैदानमा छन्।

०००

मालारानी गाउँपालिका वडा नम्वर ४, खनका विष्णुप्रसाद खनालको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट शुरु भएको थियो ।

नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनलाई अर्घाखाँचीबाट उम्मेदवार बनाएको छ । कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री रहेका खनाल कांग्रेस अर्घाखाँचीका निवर्तमान सभापति हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका उनी नेविसंका पूर्व जिल्ला अध्यक्ष हुन् । स्थायी शिक्षकको जागिर त्यागेर २०५४ सालको स्थानीय निर्वाचनमा खन गाविस अध्यक्षको उम्मेदवार बनेका थिए ।

राजनीतिसँगै केही समय जिल्लामा पत्रकारिता गरेका खनाल कांग्रेसको संगठन निर्माणमा गाउँदेखि प्रदेशसम्म सक्रिय रहे । उनीसँग मानवअधिकार तथा शान्ति समाजको अध्यक्ष, नेपाल पत्रकार महासंघ, अर्घाखाँचीको संस्थापक सदस्य, साप्ताहिक पत्रिकाको सम्पादक, पाणिनि बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षलगायत सामाजिक संघ–संस्थामा काम गरेको अनुभव छ ।

गाउँ, क्षेत्र र जिल्लाका विभिन्न जिम्मेवारी सम्हाल्दै सचिव, उपसभापति र सभापति हुँदै उनी अहिले प्रदेश सहमहामन्त्री रहेका छन् । २०७४ सालमा प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनेका खनाल हालका मुख्यमन्त्री चेतनारायण आचार्यसँग उक्त निर्वाचनमा पराजित भएका थिए ।

अखण्ड लुम्बिनीको आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका मुस्कान जिल्लाका विभिन्न सरोकारका विषयमा राजनीतिक सहमति र सहकार्य मजबुत बनाउने नेताका रूपमा चिनिन्छन् ।

अर्घाखाँचीमा १ लाख ७१ हजार ६५२ जना मतदाता छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा तीन स्वतन्त्र उम्मेदवार सहित १५ जना उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धी छन् ।

एमालेबाट पीताम्बर भुसाल, नेपाली कम्युनिष्ट पार्टीबाट रामबहादुर चौहान, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट हरिप्रसाद भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झवीन्द्र फुल्लेल, राष्ट्रिय जनमोर्चाबाट पशुपतिनाथ ढकाल लगायतले उम्मेदवारी दिएका छन् ।

२०७९ मा प्रत्यक्षमा एमालेका टोपबहादुर रायमाझीले अहिलेका कांग्रेस उपसभापति पुष्पा भुसाललाई पराजित गरेको थियो । समानुपातिक तर्फ एमालेले ३७ हजार ४५०, कांग्रेसले २६ हजार ८६५, रास्वपाले आठ हजार ९५१, जनमोर्चाले ५ हजार ३२७, एकीकृत समाजवादीले १ हजार ६७ र राप्रपाले ९१२ भोट पाएको थियो ।

Battleground Analysis

अनुकूलता

  • लामो राजनीतिक र सामाजिक छवि
  • अखण्ड लुम्बिनी आन्दोलनको साख
  • एकताबद्ध कांग्रेस

प्रतिकूलता

  • एमालेको बलियो सांगठनिक मत
  • रास्वपाको 'स्विङ' मत
  • बहुपक्षीय मत विभाजन
शिक्षा
स्नातक
हालको दल
नेपाली कांग्रेस

विष्णुप्रसाद खनालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित