Home Candidate चुन्‍नप्रसाद शर्मा पौडेल

व्यावसायिक सफलतापछि राजनीतिक यात्रामा

http://नेपाली%20कांग्रेस
चुन्‍नप्रसाद शर्मा पौडेल
रूपन्देही - २ उम्मेदवार

चुन्‍नप्रसाद शर्मा पौडेल

पुरुष , ६० वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
९३९२ मत
Profile
Profile

उद्यमशिलता, रोजगारी सिर्जना, उद्योग ब्यबसाय र समाजसेवामा नाम कमाएका पौडेल पहिलोपटक चुनावी मैदानमा छन् । संसदमा पुगेपछि राष्ट्र र जनताको हितलाई पहिलो प्राथमिकतामा राखेर निजी क्षेत्रलाई लगानीमैत्री वातावरण निर्माणमा भूमिका खेल्ने पौडेलको प्रतिवद्धता छ ।

00000

चार दशकदेखि नेपाली कांग्रेसमा क्रियाशील चुन्नप्रसाद शर्मा पौडेल २०२२ सालमा बाग्लुङको बरेङमा जन्मिएका हुन्। २०३८ सालमा प्रवीणता प्रमाणपत्र तह पूरा गरेका उनले आर्थिक कठिनाइले औपचारिक पढाइलाई बिट मार्दै सरकारी विद्यालयमा पढाउन थाले।

चार वर्ष पढाएपछि २०४२ सालदेखि गुल्मीको रूपाकोटमा व्यापार गरे। २०५३ सालसम्म गुल्मीमै व्यापार–व्यवसाय गरेका उनले २०५४ सालदेखि बुटवलको संगमपथमा किराना–गल्लाको थोक व्यवसाय गरे। बुटवलमा निजी क्षेत्रबाट १०० बेडको अस्पताल, चाउचाउको चर्चित ब्राण्ड करेन्ट र लालीको उत्पादन गर्ने यशोदा फुड्स उद्योगसँगै बुटवलको पहिलो पाँचतारे होटल हायात प्यालेसमा लगानी गरे।  

पौडेल २०४२ सालदेखि नेपाली कांग्रेससँग जोडिएका हुन्। कार्यकारी पदमा रुचि नराखे पनि पार्टीमा निष्ठापूर्वक आवद्ध रहेर सक्दो सहयोग गर्दै आएका छन्। पार्टीको १३औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि बनेका उनी १४औं महाधिवेशनदेखि हालसम्म महासमिति सदस्य छन्।

२०७९ मै रूपन्देही २ बाट उम्मेदवार सिफारिस भएका थिए। पार्टीले माओवादी, एकीकृत समाजवादी र जनमोर्चासँग गठबन्धन गरेकाले उनी उम्मेदवार बन्न पाएनन्। यो क्षेत्र एकीकृत समाजवादीको भागमा परेको थियो।

गत निर्वाचनमा समानुपातिकतर्फ रास्वपाले २५ हजार ६७३, एमालेले २१ हजार १८३, कांग्रेसले १३ हजार ४५० र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ हजार ६०० मत पाएको थियो। पौडेल एमाले उपाध्यक्ष विष्णु पौडेल, नेकपाका सुभाष पाण्डे, रास्वपाका सुलभ खरेल लगायतसँग प्रतिस्पर्धा गर्दैछन्। 

लामो राजनीतिक भाषणबाजी भन्दा इमान्दारीपूर्वक काम गरेर परिणाम दिने,राज्यलाई नोक्सानी हुने कुनै काम र निर्णय नगर्ने अनि बुटवललाई शिक्षा, स्वास्थ्य र पर्यटनको हब बनाउन आफ्नो ठाउंबाट इमान्दार प्रयास गर्ने उनको चुनावी प्रतिवद्धता छ ।
युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना, महिलालाई आर्थिकरुपमा आत्मनिर्भर,सुशासन,भुमिहिन र अव्यवस्थित बसोबासीको समस्या सधैंका लागि समाधान गर्दै सिंगो रुपन्देहीलाई उद्योगमैत्री र आधुनिक शहर बनाउने आफ्नो राजनीतिक प्रतिवद्धता रहेको पौडेल बताउँछन् ।

जेन जी आन्दोलनको म्याण्डेटअनुसार नेपाली कांग्रेसको हालै सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा पार्टी नयाँ ढंगले अघि बढेको र यसपटक मतदाताले भरपर्दो र विश्वासिलो दलका रुपमा कांग्रेसका उम्मेदवारलाई रोज्ने हुँदा आफूले जित निकाल्ने पौडेलको विश्वास छ ।


सांसद निर्वाचित भएपछि राष्ट्र र जनताको हितलाई पहिलो प्राथमिकतामा राखेर निजी क्षेत्रलाई लगानीमैत्री वातावरण निर्माणमा भूमिका खेल्ने पौडेलको प्रतिवद्धता छ ।

मुलुकको आर्थिक विकास र सम्बृद्धिका लागि निजी क्षेत्रबाट उत्पादनमूलक क्षेत्रमा लगानी अभिबृद्धि र रोजगारी सिर्जना गरी युवाको विदेश पलायन रोक्न संसदमा आफूले प्रभावकारी भूमिका खेल्ने मतदातासामू पौडेलको प्रतिवद्धता छ । 

Battleground Analysis

अनुकूलता

  • कांग्रेसका मतदाताहरू आफ्नै उम्मेदवार पाउँदा थप उत्साहित
  • सफल व्यवसायिक व्यक्तित्व
  • निष्ठावान् नेताकाे छवि

प्रतिकूलता

  • हेभिवेट प्रतिद्वन्द्वी
  • चुनावी अनुभवको कमी
  • कमजोर दलीय मत आधार
शिक्षा
प्रवीणता प्रमाणपत्र तह
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
नेपाली कांग्रेस

चुन्‍नप्रसाद शर्मा पौडेलको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

चुन्‍नप्रसाद शर्मा पौडेल
९३९२
सुलभ खरेल राष्ट्रिय स्वतन्त्र पार्टी
५६५५०
विष्णुप्रसाद पौडेल नेकपा एमाले
१२८६१
VS