Home Candidate देवेन्द्र पौडेल

क्षेत्र परिवर्तन गरेका पौडेलको ह्याट्रिक गर्ने दाउ

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
देवेन्द्र पौडेल
नवलपरासी - २ उम्मेदवार

देवेन्द्र पौडेल

पुरुष , ६१ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१८३८ मत
Profile Election History
Profile Election History

अखिल नेपाल युवक संघको विभिन्न जिल्लाको अध्यक्ष, अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष हुँदै तत्कालीन माओवादी केन्द्रको स्कूल विभाग प्रमुख र सचिव बनिसकेका पौडेल हाल नेकपाको सचिवालय सदस्य छन् । 

०००

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पश्चिम नवलपरासी–२ मा अनुभवी नेता देवेन्द्र पौडेललाई उम्मेदवार बनाएको छ । नेकपाले बाग्लुङबाट दुईपटक प्रतिनिधिसभा चुनाव जितेका पौडेललाई अघि सारेको हो ।

२०७४ मा नेकपा (एमाले) र २०७९ मा नेपाली कांग्रेसको साथ पाएको नेकपा (माओवादी केन्द्र)बाट पौडेलले बाग्लुङ–२ बाट चुनाव जितेका थिए ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनका प्रमुख राजनीतिक सल्लाहकार थिए, पौडेल । तत्कालीन एकीकृत माओवादी छाडेर २०७२ असोजमा ‘नयाँ शक्ति’ गठन गर्दा डा. भट्टराईलाई पौडेलले साथ दिए । पछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादीमै फर्किएका पौडेल पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुन् ।

२०२१ सालमा बाग्लुङ नगरपालिका–१२, अमलाचौरमा जन्मिएका उनी २०३७ सालबाट कम्युनिष्ट राजनीतिमा लागेका थिए । अखिल नेपाल युवक संघको विभिन्न जिल्लाको अध्यक्ष, अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष हुँदै तत्कालीन माओवादी केन्द्रको स्कूल विभाग प्रमुख र सचिव बनिसकेका पौडेल हाल नेकपाको सचिवालय सदस्य छन् ।

माओवादीले सशस्त्र विद्रोह शुरु गर्नुअघि २०५१ सालबाटै पौडेल गाउँ केन्द्रित भएर संगठनमा सक्रिय थिए । युद्धकालमा धौलागिरि, मधेश, बागमती लगायत क्षेत्रमा ब्युरो इन्चार्ज भएर काम गरे ।

राजनीतिशास्त्रमा स्नातकोत्तर पौडेलको राजतन्त्र र प्रजातन्त्र, किसान समस्या जस्ता वैचारिक राजनीतिक विषयका एक दर्जन पुस्तक प्रकाशित छन् । उनको हालको ठेगाना नवलपरासी, सुनवल–१२, जर्गाहा हो ।

पौडेलले उम्मेदवारी दिएको नवलपरासी–२ मा २०७९ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ध्रुवबहादुर प्रधानले जितेका थिए । त्यतिबेला माओवादी केन्द्र सहितको गठबन्धनबाट उठेका नेपाली कांग्रेसका देवेन्द्रराज कँडेल दोस्रो स्थानमा आएका थिए ।
गत निर्वाचनको समानुपातिक मत हेर्दा माओवादी यो क्षेत्रमा  नवौं ठूलो शत्ति हो । राप्रपाले १८ हजार ३५, कांग्रेसले १५ हजार ६२५, रास्वपाले १० हजार ६७७, एमालेले १० हजार ६७१, जनता समाजवादी पार्टी (जसपा), नेपालले ६ हजार ४१७,

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ६ हजार ३१६, नागरिक उन्मुक्ति पार्टीले ५ हजार ९५० र जनमत पार्टीले ४ हजार ९६२ मत ल्याउँदा माओवादी केन्द्रले २ हजार ८४० मत पाएको थियो । माओवादी केन्द्र र यो क्षेत्रमा २४५ मत पाएको एकीकृत समाजवादी मिलेर नेकपा बनेको हो ।

Battleground Analysis

अनुकूलता

  • अनुभवी र 'हेभिवेट' नेता
  • बौद्धिक र वैचारिक स्पष्टता
  • सांगठनिक र युद्धकालीन अनुभव

प्रतिकूलता

  • कमजोर दलीय मत आधार
  • निर्वाचन क्षेत्र परिवर्तन
  • गठबन्धनको अभाव
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्य (२०७४, २०७९)
हालको दल
नेपाली कम्युनिस्ट पार्टी
सरकारको अनुभव
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७४ बागलुङ - २ नरबहादुर पुन (कांग्रेस) १९९०५ २८८२७ ८९२२ विजयी
२०७९ बागलुङ - २ मन्जु शर्मा (एमाले) २०१९३ २४७९४ ४६०१ विजयी

देवेन्द्र पौडेलको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित