Home Candidate दिक्पालकुमार शाही

दोहोरिन खोज्दै दिक्पाल

http://नेपाली%20कांग्रेस
दिक्पालकुमार शाही
दैलेख - २ उम्मेदवार

दिक्पालकुमार शाही

पुरुष , ६४ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
९५५२ मत
Profile Election History Timeline
Profile Election History Timeline

२०१८ साल वैशाख ७ गते दैलेखको जम्भुकाधमा जन्मिएका दिक्पालकुमार शाही कांग्रेस दैलेखका पुराना नेता हुन् । उनी दैलेख निर्वाचन क्षेत्र नम्बर–२, बाट प्रतिनिधिसभा सदस्यमा दोहोरिन खोज्दैछन् ।

शाहीले २०७९ को निर्वाचनमा एमालेका लक्ष्मीप्रसाद पोखरेललाई झिनो मतान्तरले उछिन्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । यो निर्वाचन क्षेत्रमा २०४८ यताका संसदीय निर्वाचनहरूमा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा रहँदै आएका छन् । 

यसपटक पनि दिक्पालका प्रतिस्पर्धी तिनै लक्ष्मीप्रसाद पोखरेल छन् । २०७९ को निर्वाचनमा तत्कालीन वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार बनेका शाही २० हजार १८३ मत ल्याएर विजयी बनेका थिए । 

उनका प्रतिस्पर्धी एमालेका लक्ष्मीप्रसाद पोखरेलले भने २० हजार ०३० मत ल्याए । अर्थात, जम्मा १५३ मतको अन्तरले दिक्पालले बाजी मारेका थिए ।

प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका दिक्पाल २०३६ सालदेखि राजनीतिमा सक्रिय छन् । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनले २०४३ सालमा नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेका थिए । २०४७ सालमा नेपाली कांग्रेसको जिल्ला कमिटी सदस्य बनेका थिए उनी एक वर्षपछि नै दैलेख कांग्रेसको उपसभापति बनेका थिए । २०४७ सालमै उनी शिक्षक संघ दैलेखको संस्थापक उपसभापति बनेका थिए ।

दिक्पाल २०४४ सालमा निर्वाचन उपयोग गर्ने नीति अनुरूप जम्बुकाँध गाउँ पञ्चायतको प्रधानका लागि उम्मेदवारी दिएका थिए । तर, पराजित भए । २०४६ को राजनीतिक परिवर्तनपछि शिक्षकको जागिरबाट राजीनामा दिएर पार्टीको पूर्णकालीन राजनीतिमा होमिए । उनीसँग २०४९ देखि २०५४ सम्म जिल्ला विकास समिति दैलेखको सदस्य (क्षेत्रपाल) भएर काम गरेको अनुभव छ । 

राजनीतिमा अघि बढिरहेका बेला २०५५ सालमा तत्कालीन नेकपा माओवादीको नेतृत्वमा चलेको सशस्त्र संघर्षको प्रत्यक्ष प्रभाव उनमा पर्‍यो । जसका कारण उनी नेपालगञ्ज विस्थापित भए ।

त्यसबेला उनले अनक जयदेवी जेभी नामको निर्माण कम्पनीको इजाजत लिए र निर्माण व्यवसायमा जोडिए । हाल उनको सो कम्पनी परिवारका अन्य सदस्यले सञ्चालन गर्दै आएका छन् ।

नेपाली कांग्रेसको १३ र १४ औं महाधिवेशनका प्रतिनिधि रहेका दिक्पाल पछिल्लो विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 

२०७४ को प्रदेश सभा सदस्य निर्वाचनमा दैलेख २ (२) बाट कर्णाली प्रदेशसभा सदस्य पदमा उम्मेदवार बनेका उनी एमालेका राजबहादुर शाहीसँग पराजित भएका थिए । 

विगतका अन्य निर्वाचन परिणामले यो क्षेत्रमा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ । तर, पछिल्लो समय नयाँ पार्टीहरूको उदय र लोकप्रियताको कारण यसपटकको प्रतिस्पर्धा झन् रोचक बनेको छ ।

यस क्षेत्रमा दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, चामुण्डा विन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका र आठबिस नगरपालिका पर्दछन् । यहाँ ८१ हजार ५०३ मतदाता छन् ।

२०७९ को निर्वाचनमा यस क्षेत्रमा एमालेले १७ हजार ३१७ मत ल्याएको थियो । कांग्रेसले १५ हजार ४०४, माओवादी केन्द्रले ६ हजार ३५४, नेमकिपाले ३ हजार ८९८, रास्वपाले ९०५ र राप्रपाले ५१८ मत ल्याएका थिए । त्यस्तै, २०७४ मा एमालेले १८ हजार ३४८, कांग्रेसले १५ हजार ३४७, माओवादी केन्द्रले ३ हजार ५४६, नेमकिपाले ३ हजार १७९ र राप्रपाले ३११ समानुपातिक मत प्राप्त गरेका थिए । 

यस क्षेत्रमा २०४८ मा कांग्रेसका रंगबहादुर शाही, २०५१ मा नेमकिपाका विनोदकुमार शाह, २०५६ मा कांग्रेसका शिवराज जोशी, २०६४ मा एमालेका राजबहादुर बुढा, २०७० मा एमालेका लक्ष्मीप्रसाद पोखरेल, २०७४ मा एमालेका राजबहादुर बुढा र २०७९ मा कांग्रेसका दिक्पालकुमार शाही विजयी भएका थिए । 

Battleground Analysis

अनुकूलता

  • स्थानीय तहदेखि प्रतिनिधिसभासम्मको अनुभव
  • स्थानीय राजनीतिमा भिजेका नेता
  • जनस्तरसम्म पहुँच

प्रतिकूलता

  • गठबन्धनबिनै एक्लै लड्नुपर्ने बाध्यता
  • विवादित निर्माण व्यवसायीको छवि
  • अन्य दलका बलिया प्रतिस्पर्धी
शिक्षा
प्रवीणता प्रमाणपत्र तह
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्य (२०७९)
२०७९ को मत
२०१८३ (निर्वाचित)
हालको दल
नेपाली कांग्रेस

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७४ दैलेख-२ (२) राजबहादुर शाही ११४४५ ८४६९ २९७६ पराजित
२०७९ दैलेख-२ लक्ष्मीप्रसाद पोखरेल २००१६ २०१८३ १६७ विजयी

राजनीतिक टाइमलाइन

२०३६

विद्यार्थी राजनीतिमा आवद्ध

२०३६ को जनमत संग्रहको समय उनी विद्यार्थी संगठनमा जोडिएर राजनीतिमा आवद्ध भए ।

२०४३

कांग्रेस पार्टीमा आबद्ध

विद्यार्थी राजनीतिमा ६ वर्ष बिताएपछि उनी २०४३ मा नेपाली कांग्रेस पार्टीमा आबद्ध भए । अर्को वर्ष पार्टीको जि्ला समिति सदस्य चुनाए ।

२०४७

शिक्षक संघ दैलेखको संस्थापक

बहुदलीय व्यवस्था पुनर्स्थापना भएपछि २०४७ मा उनी कांग्रेसनिकट शिक्षक संघ दैलेखको संस्थापक उपसभापति बने ।

२०४८

कांग्रेस जिल्ला उपसभापति

२०४८ मा उनी नेपाली कांग्रेस दैलेखको जिल्ला उपसभापति चयन भए ।

२०४९-२०५४

जिविस दैलेखको सदस्य

बहुदलीय व्यवस्था पुनर्स्थापना भएपछि २०४९ मा भएको पहिलो स्थानीय चुनावबाट उनी जिविस दैलेखको सदस्य बने । २०५४ सम्म उनको कार्यकाल रह्यो ।

दिक्पालकुमार शाहीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित