पराजयको इतिहास उल्ट्याएर संसद् छिर्ने कसरत
Battleground Analysis
अनुकूलता
- पञ्चायतकालदेखि नै जनपक्षीय राजनीति, केही वर्षको शिक्षण र गाविसको प्रमुखको जिम्मेवारीका कारण जनस्तरसम्मै पहुँच, संविधान सभा सदस्यका रूपमा निर्माणमा भूमिका निर्वाह गरेका नेता हुन् ।
प्रतिकूलता
- नेमकिपाबाट एमाले, एमालेबाट माले र पुन: एमालेमा फिर्ता हुँदा अस्थिर राजनीतिज्ञको आरोप, जिल्लाको विकासमा चासो नदेखाएको, नयाँ पुस्तालाई अघि बढाउन र मौका दिन नचाहेको आरोप उनीमाथि लाग्ने गरेको छ ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०५६ | दैलेख-२ | पराजित | ||||
| २०७० | दैलेख-२ | हिमबहादुर शाही | १३०९६ | १५६१९ | २५२३ |
|
| २०७९ | दैलेख-२ | दिक्पालकुमार शाहि | २०१८३ | २००१६ | १६७ | पराजित |
राजनीतिक टाइमलाइन
विद्यार्थी संगठन
२०३५ मा दैलेखमा उनको नेतृत्वमा नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठन स्थापना भयो ।
पक्राउ
२०३६ सालमा निर्दल र बहुदलबीच जनमत संग्रह हुँदै थियो । उनी बहुदलको पक्षमा प्रचार प्रसारमा थिए । यसक्रममा उनी पक्राउ परे ।
दुई महिना जेल
पञ्चायतविरुद्धको आन्दोलनको क्रममा उनी २०४२ मा दुई महिना जेल परे ।
प्रधानपञ्चमा निर्वाचित
दैलेखको तत्कालीन पुष गाउँ पञ्चायतको प्रधानपञ्चमा निर्वाचित भए ।
मदिरा निषेध आन्दोलन
२०४५ मा उनले जिल्लामा मदिरा निषेध आन्दोलनको अगुवाइ गरेका थिए ।
जनआन्दोलन संयोजक
२०४६ मा भएको संयुक्त जनआन्दोलनमा उनले दैलेख जिल्लाको संयोजन गरेका थिए ।
नेमकिपा केन्द्रीय सदस्य
२०४७ काे राजनीतिक परिवर्तनले दलहरुलाई खुला राजनीतिमा ल्यायो । यसक्रममा उनी २०४८ मा नेमकिपाको केन्द्रीय सदस्य निर्वाचित भए ।
एमाले प्रवेश
नेमकिपाबाट राजनीति गरिरहेका उनी पार्टीको गिर्दो लाेकप्रियताको कारणा २०५४ मा एमालेमा प्रवेश गरे ।
फेरि दलबदल
नेमकिपाबाट एमाले बनेका उनी त्यहाँ पनि लामो समय रहन सकेनन् । २०५६ मा एमाले विभाजन हुँदा उनी मालेतिर लागे र प्रतिनिधिसभा सदस्य उम्मेदवार बने ।
जिल्ला कमिटी उपसचिव
मालेकाे राजनीतिक भविष्य अन्धकार बनेपछि पार्टी नेतृत्व पुन: एमालेमै फर्कियो । उनी पनि फर्किए र २०६३ देखि २०६६ सम्म एमालेको दैलेख जिल्ला कमिटी उपसचिव बने ।
लक्ष्मीप्रसाद पोखरेलको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?







