Home Candidate गीताप्रसाद आचार्य

राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डासहित जेनजी भावना समेट्दै आचार्य

http://राष्ट्रिय%20प्रजातन्त्र%20पार्टी
गीताप्रसाद आचार्य
धादिङ - १ उम्मेदवार

गीताप्रसाद आचार्य

पुरुष , ६९ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

२०३६ सालदेखिका राजनीतिक आन्दोलनमा सक्रिय आचार्य राजसंस्थाको पुनर्स्थापना र हिन्दूराष्ट्रको एजेन्डा, यसपटकको निर्वाचनमा 'जेनजी' युवाहरूले उठाएका भ्रष्टाचार विरोधी मुद्दाहरूलाई राप्रपाले मात्र सम्बोधन गर्न सक्ने दाबीसहित मैदानमा उत्रिएका छन्।

०००

२ जेठ २०१३ सालमा धादिङको तसर्पु (हालको थाक्रे)–५ मा जन्मिएका गिताप्रसाद आचार्य (बासु)लाई राष्ट्रिय प्रजातन्त्र पार्टीले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धादिङ–१ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ ।

सानै उमेरदेखि राजनीतिक गतिविधिमा सक्रिय आचार्य प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलोपटक उम्मेदवार बनेका हुन् । उनले कक्षा आठसम्मको औपचारिक शिक्षा लिएका छन् ।

स्थानीय तहदेखि जिल्ला संगठन हुँदै केन्द्रीय समितिसम्म सक्रिय भूमिका निर्वाह गरेका आचार्य हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य छन् ।

उनी राजनीतिका अलावा सामाजिक गतिविधिहरूमा पनि सक्रिय छन् । २०५१ सालदेखि काठमाडौंको कालिमाटी तरकारी तथा फलफूल बजारमा स्थापित संघ संस्थाहरूमा संस्थापक अध्यक्षका रूपमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

२०३६, २०४७ र २०६२/६३ सालका आन्दोलनहरूमा समेत उनको सक्रिय सहभागिता रह्यो । राष्ट्रियता, मुलुकको स्थायित्व, सार्वभौमसत्ता अक्षुण राख्न राजसंस्थासहितको बहुदलीय व्यवस्था अनिवार्य रहेको उनको राजनीतिक पार्टीको मुख्य विचारधारा छ । आचार्य पनि त्यसैलाई आफ्नो राजनीतिको मुख्य अन्तर्वस्तु रहेको बताउँछन् ।

राष्ट्रको मुख्य स्थायी शक्तिका रूपमा रहेको राजसंस्थालाई २०६२/०६३ को राजनीतिक परिवर्तनपछि कर्नर पारिएपछि नै मुलुक दीर्घकालीन राजनीतिक संकटको भूमरीमा फसेको बताउने आचार्य त्यसबाट मुलुकलाई निकाल्न मुख्य राजनीतिक शक्तिहरूबीच नवीन समझदारी आवश्यक रहेको बताउँछन् ।

त्यसका लागि राजसंस्थाको पुनर्स्थापना, हिन्दूराष्ट्रको पुनर्स्थापना, संघीयताको खारेजी र सबै राजनीतिक शक्तिहरूको समझदारीमा अधिकारसम्पन्न विकेन्द्रीत शासनव्यवस्थामा जानु पर्ने उनी बताउँछन् ।

२०३६ देखि नै विभिन्न आन्दोलनहरूमा सक्रिय रहेकाले उनलाई निष्ठावान् र अनुभवी नेताका रूपमा मतदाताले विश्वास गर्ने आधार छ।

धादिङको १ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका आचार्य २३, २४ को जेनजी आन्दोलनले पनि यथास्थितिमा चल्दै आएको राजनीतिलाई सच्याउन अभिमत व्यक्त गरेको विचार व्यक्त गर्छन् । आन्दोलनमा सहभागी भएका सबै युवाले उठाएको भावनालाई आफू संलग्न रहेको पार्टी राप्रपाले मात्रै पूरा गर्न सक्ने उनी बताउँछन् ।

‘जेनजी युवाले भ्रष्टाचार अन्त्यको मुद्दा उठाए । मुलुकमा सुशासन भएन, केही दलले देश लुटे, जनताले बुझाएको करलाई आफ्नो र परिवारको सदस्यको सुखसयलमा प्रयोग गरे भनेर बेबी किड्स, नेपो बेबीको मुद्दा उठाए यी सबै कुरा त राप्रपाले सुरुदेखि नै उठाउँदै आएको हो । हाम्रो पार्टी अध्यक्षले भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुजस्तै हो भनेर करिया खानुभएको छ । अरु कसैले गरेनन् । त्यसैले युवाले उठाएका मुद्दा हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्यो भने मात्रै पूरा हुन सक्छ,’ आचार्यले भने ।

उनले उठाएका राजसंस्था, हिन्दूराष्ट्रको पुनर्स्थापना र भ्रष्टाचार विरोधी मुद्दाहरू हालको राजनीतिक वातावरणमा धेरै युवा र परम्परागत मतदाताहरूका लागि आकर्षक हुन सक्छन्।

धादिङमा कृषि, पर्यटन जलविद्युत्को प्रचुर सम्भावना रहेको बताउने आचार्य आफू निर्वाचित भए धादिङका किसानलाई सम्मानजनक जीवन जिउन सक्ने बनाउने प्रतिबद्धता व्यक्त गर्छन् । धादिङका जनतालाई गुणस्तरीय शिक्षा, प्राविधिक शिक्षामार्फत स्वदेशमै रोजगारी, कृषिको व्यावसायीकरण र बजारीकरणमा विशेष योगदान गर्ने आचार्यको भनाइ छ ।

आचार्यसहित धादिङ १ बाट नेपाली कांग्रेसका कृष्ण रिजाल, नेकपा एमालेबाट भूमिप्रसाद त्रिपाठी, नेपाली कम्युनिष्ट पार्टीबाट राजेन्द्रप्रसाद पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट आसिका तामाङ उम्मेदवार छन् ।

यस्तै, आम जनता पार्टीबाट जालपादेवी रेग्मी, नेपाल मजदुर किसान पार्टीबाट चन्द्रदेवी बासुकला, उज्यालो नेपाल पार्टीबाट श्यामराजा पाण्डे, श्रम संस्कृति पार्टीबाट प्रलाह सिलवाल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजनप्रसाद रेग्मी पनि उम्मेदवार छन् ।

Battleground Analysis

अनुकूलता

  • सामाजिक र व्यावसायिक नेतृत्व
  • पार्टीको स्पष्ट र लोकप्रिय एजेन्डा
  • लामो राजनीतिक संघर्ष

प्रतिकूलता

  • हेभीवेट प्रतिस्पर्धीहरू
  • नयाँ शक्तिको उदय
  • संघीयता खारेजीको एजेन्डा
शिक्षा
स्वअध्ययन
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
राष्ट्रिय प्रजातन्त्र पार्टी

गीताप्रसाद आचार्यको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित