Home Candidate हरिराम चौधरी

सशस्त्र विद्रोहदेखि तल्लो सदनको यात्रासम्म

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
हरिराम चौधरी
कैलाली - ४ उम्मेदवार

हरिराम चौधरी

पुरुष , ४७ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile

चुनावी मैदानमा रहेका मध्ये एमाले उपमहासचिव समेत रहेका लेखराज भट्ट हरिरामसँगै काम गरेका पूर्व माओवादी नेता हुन् ।

 कैलालीका हरिराम चौधरी २०५७ फागुनदेखि भूमिगत भए । चौधरीले द्वन्द्वकालीन परिस्थितिमा पार्टीको विभिन्न मोर्चामा रहेर भूमिका निर्वाह गर्दै भूमिगत जीवन बिताए ।

गण्डक मार्च अभियानका उपब्युरो सदस्यका रूपमा डिभिजन हेडक्वार्टरमै बसेर काम गरेको चौधरी १७ फागुन २०७८ मा नेकपा (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बने ।

माओवादीका प्रदेश कमिटी अध्यक्ष भएपनि विभिन्न घटकसँगको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टी(नेकपा) बाट उनी अहिले कैलाली निर्वाचन क्षेत्र नम्बर ४बाट प्रतिनिधि सभाका उम्मेदवार छन् ।

लामो राजनीतिक संघर्ष, भूमिगत जीवन र संगठन निर्माणको अनुभव बोकेका चौधरी प्रतिनिधि सभाको चुनाव भने पहिलोपटक लडिरहेका छन् । यद्यपि चौधरीले माथिल्लो सदन राष्ट्रिय सभा सदस्य भएर काम गरेको अनुभव भने लिइसकेका छन् ।
२५ मंसिर २०३५ मा साविकको मालाखेती गाविसको तेघरीमा बुवा आशाराम चौधरी र भुवनीदेवी चौधरीको कोखबाट जन्मिएका चौधरी सामान्य किसान परिवारमा हुर्किएका हुन् ।

ग्रामीण परिवेशमै बाल्यकाल बिताएका उनले कैलाली बहुमुखी क्याम्पसबाट व्यवस्थापन संकायमा प्रविणता प्रमाणपक्र तहसम्मको अध्ययन गरेका छन् । अध्ययनकै त्रममा सशस्त्र विद्रोहमा होमिन पुगे ।

विद्यार्थी आन्दोलनबाट नेतृत्वसम्म
चौधरीको औपचारिक राजनीतिक यात्रा २०५५ सालबाट सुरू भयो । अनेरास्ववियू (क्रान्तिकारी) को सेल कमिटीबाट सुरु भएको यात्रा एरिया कमिटी हुँदै जिल्ला कमिटीसम्म पुग्यो । २०५८ सालमा उनी भूमिगत अवस्थामै अनेरास्ववियूको कैलाली जिल्ला अध्यक्ष बने । त्यसपछि केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्दै संगठन विस्तारमा सक्रिय रुपमा भूमिका खेलेका थिए ।

चौधरी २०५९ सालमा पार्टीको जिल्ला कमिटी सचिव बने । शान्ति प्रक्रियापछि पनि उनले जिल्लास्तरमै संगठन सुदृढीकरणमा काम अघि बढाए । २०६४ सालको संविधानसभा निर्वाचनमा नेतृत्व तहमा रहेर पार्टीलाई चुनावी अभियानमा होमाएका थिए ।

नेकपाबाट उम्मेदवार रहेपनि उनी साविक नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश अध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । पहिलोपटक प्रत्यक्ष चुनाव लडिरहेका चौधरीलाई एमालेका लेखराज भट्ट, कांग्रेसका गोरखबहादुर विष्ट र रास्वपाका खेमराज कोइरालासँग चुनौती दिइरहेका छन् ।

मैदानमा रहेका मध्ये एमाले उपमहासचिव समेत रहेका भट्ट हरिरामसँगै काम गरेका पूर्व माओवादी नेता हुन् । उनले यो क्षेत्रबाट दुई चुनावमा जित र दुईमा पराजय व्यहोरेका छन् ।

चौधरीले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्दै सुशासन स्थापना र युवाका लागि रोजगारी सिर्जना गर्ने कुरालाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन् ।

मुक्त कमैया, सुकुम्बासी, भूमीहिन र अव्यवस्थित बसोबासीका समस्या समाधानलाई उनले प्राथमिकतामा राखेका छन् । राज्यले लालपुर्जा दिए पनि व्यवहारिक रूपमा कार्यान्वयन नभएको भन्दै चौधरीले ती समुदायलाई स्थायी बसोबास र सेवासुविधा उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

प्रतिस्पर्धा कांग्रेस र एमालेसँग नभएर नयाँ पार्टीसँग हुने बताउने चौधरी ठूला पार्टीका कारण आन्दोलन र परिवर्तनको मर्म कमजोर भएकाले नयाँलाई अवसर दिनुपर्नेमा जोड दिन्छन् ।

प्रस्तुतिः जनक विष्ट

 

 

 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • लामो संघर्षशील पृष्ठभूमि र भूमिगत अनुभव
  • संगठनात्मक नेतृत्व र प्रदेशस्तरको प्रभाव
  • स्पष्ट एजेन्डा र समुदायसँग जोडिएका मुद्दा

प्रतिकूलता

  • पूर्व सहकर्मी नै प्रतिस्पर्धीमा
  • पहिलोपटक प्रत्यक्ष निर्वाचनमा
  • कांग्रेस र एमालेको परम्परागत बलियो उपस्थिति

हरिराम चौधरीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

निकटतम प्रतिद्वन्द्वी

हरिराम चौधरी
लेखराज भट्ट नेकपा एमाले
गोरख बहादुर विष्ट नेपाली कांग्रेस
VS