Home Candidate हेमबहादुर थापा पराजुली

आमोदले खोजिरहेको परिवर्तनको किरण

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
हेमबहादुर थापा पराजुली
कास्की - २ उम्मेदवार

हेमबहादुर थापा पराजुली

पुरुष , ४२ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
८७९ मत
Profile
Profile

कानुनमा स्नातक गरेका र हाल समाजशास्त्रमा स्नातकोत्तर गर्दै गरेका आमोदलाई कास्कीमा "अवसरबाट बञ्चित तर उच्च सम्भावना बोकेका" नेताका रूपमा हेरिन्छ।

000

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीले कास्की क्षेत्र नम्बर २ बाट हेमबहादुर थापा पराजुलीलाई उम्मेदवार बनाएको छ । किरण थापा ‘आमोद’को नामले परिचित हेमबहादुरले टिकट पाउँदा धेरैले भने, ‘उम्मेदवार त राम्रो छानेको हो ।’ युद्धको रापतापबाट शान्ति प्रक्रिया हुँदै माओवादीको राजनीतिमा आएका आमोदलाई कास्कीमा धेरैले सरल, वैचारिक र इमान्दार नेताका रुपमा चिन्ने गरेका छन् ।

माओवादीको उभार हुँदा टिकट नपाएका आमोदलाई सम्भावना बोकेको तर अवसरबाट बञ्चित नेताका रूपमा हेर्दै आएका छन् । यसपटक नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले उनै आमोदलाई टिकट दिएर चुनावी मैदानमा उतारेको छ । तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका विभिन्न २२ भन्दा बढी पार्टी, समूह र घटक मिलेर बनेको नेकपाले यसपटक उनले आमोदमाथि भर गरेको छ ।

शान्ति प्रक्रियामा आएपछि जनमुक्ति सेनाका यी कमाण्डरले समायोजनबाट जागिरमा जानुभन्दा राजनीतिको मूलधार रोजे । लगातार एमालेले जित्दै आएको यो क्षेत्रमा आमोदलाई धेरैले राम्रा हुन् भने पनि चुनावै जित्ने जनमत पाउनेमा भने आशंका व्यक्त गर्नेहरू छन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालमै कास्की–२ मा उठ्न चाहेका आमोदले टिकट हात पारेनन् । देशमा संविधान जारी भएपछि अब देशमा राजनीतिक कोर्स सकियो र अब आर्थिक समृद्धिको कोर्स सुरु हुनुपर्छ भन्दै उनी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको कित्तामा उभिए । संविधानमा माओवादीले उठाएका मूल एजेण्डाहरू समावेश भएपछि अब वैकल्पिक राजनीतिले मात्र देशलाई सम्वोधन गर्न सक्छ भन्ने उनको निश्कर्ष करिब १ दशकपछि बदलियो ।

'आमोद' का लागि यो निर्वाचन केवल सत्ताको लडाइँ मात्र होइन, बरु उनले विगत एक दशकदेखि खोजिरहेको 'राजनीतिक र आर्थिक समृद्धिको कोर्स' स्थापित गर्ने अवसर पनि हो।

नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टी बनेका आमोद २०७४ सालमै कास्की–२ मै उम्मेदवार बने पनि चुनाव एमालेका रवीन्द्र अधिकारीले जिते । उनी अहिले दोस्रोपटक चुनावी मैदानमा छन् र अहिले नागरिकहरूले पार्टीमात्रै नहेर्ने, उम्मेदवार र क्षमता पनि हेर्ने भएकाले आफू रोजाइमा पर्ने दाबी आमोदको छ ।

हिजो व्यवस्था बदल्न लडेका आमोदले अहिले परिवर्तनको किरण देखेका छन् तर जेनजी आन्दोलनपछि नयाँ पार्टीमा आएको लहर र अन्य पुराना र ठूला भनेका कांग्रेस एमालेलाई पछि पार्दै जित हात पार्न आमोदका निम्ति ठूलो चुनौती छ ।

‘हामीले त हाम्रा एजेण्डा भन्ने हो, निर्णय गर्ने मतदाताले हो । मतदान पहिले नै यसको गढ, यसको जित भन्नु अनुपयुक्त हुन्छ । नागरिकले पनि पार्टी र तिनको एजेण्डा हेरिरहेका हुन्छन्,’ आमोद भन्छन्, ‘नागरिक परिवर्तन चाहन्छन् । त्यसको मतलब सबैले नयाँमात्र वा हिजोको बिरासतमात्रै हेर्दैनन् । उम्मेदवार पनि हेर्छन् ।’

‘हिजो व्यवस्था बदल्न लड्यौं, अबको लडाइँ अवस्था बदल्न’ चुनावी एजेण्डा दिएर कास्की–२ का स्थानीय मुद्दाहरूसहित उनी प्रतिस्पर्धामा होमिएका छन् ।

"हिजो व्यवस्था बदल्न लड्यौँ, अब अवस्था बदल्न" भन्ने उनको नाराले विशेषगरी परिवर्तन चाहने तर पुरानो 'कोर' वामपन्थी विचारबाट टाढा जान नचाहने मतदातालाई आकर्षित गर्न सक्छ।

कास्की–२ बाट ह्याट्रिक मारेका रवीन्द्रको वडा, अहिलेका एमाले उम्मेदवार रश्मि आचार्यको जन्मथलो वडा नम्बर ३३ कै बासिन्दा हुन्, आमोद । माओवादी सशत्र संघर्षमा जनमुक्ति सेनाको बटालियन कमाण्डर भएर युद्धमा मोर्चा सम्हालेका आमोद नागरिकका मुद्दा र एजेण्डासँग भने जोडिइरहेका पात्र हुन् ।

पूर्वाधार निर्माणदेखि सामाजिक सेवा, शिक्षा सुधारदेखि व्यवस्थापनमा जोडिएर काम गरेका आमोद विवादमा मुछिएका छैनन् । बरु उनले त नागरिकका समस्या लिएर सरकारी अड्डा धाएको, नागरिकका पक्षमा सार्वजनिक मञ्चमा उभिएर राज्यलाई प्रश्न गरेको अनुभव छ ।

माओवादी शान्ति प्रक्रियामा आएपछि विभिन्न सर्वदलीय संयन्त्रमा बसेर काम गरेका नीति निर्माणको तहमा कहाँनेर समस्या छ र अहिलेसम्मका नेताहरूले कहाँनेर गल्ती गरे भन्ने चुरो पत्ता लगाएको आमोद बताउँछन् ।

माओवादी सशस्त्र संघर्षका बटालियन कमाण्डर रहेका उनले शान्ति प्रक्रियापछि डा. बाबुराम भट्टराईको 'नयाँ शक्ति' हुँदै वैकल्पिक राजनीतिको समेत अनुभव सँगालेका छन्।

डा. बाबुराम नेतृत्वको अवधारणा पनि बदलिनुपर्छ र कम्युनिष्ट शक्तिहरू नजिकिनुपर्छ भन्ने आमोद माओवादीमा फर्किएर अहिले नेकपाबाट भोट मागिरहेका छन् । उनले हिजो रविन्द्रदेखि विद्या भट्टराईसम्मले उठाएको राजनीतिक एजेण्डा र विकास बहसको सकरात्मक पक्ष अनुशरण गर्दै सुधार गर्नेपर्ने ठाउँमा आफू निष्ठापूर्वक उभिने बताइरहेका छन् ।

२०५९ सालमा उनी अखिल क्रान्तिकारीको कास्की अध्यक्ष थिए । माओवादीको क्षेत्रीय इञ्चार्ज हुँदै राजनीतिमा विभिन्न मोर्चाका खटिएका आमोदले कानुनमा स्नातक गरी अहिले समाजशास्त्रमा स्नातकोत्तर गरिरहेका छन् । यसअघिको चुनावमा उनी ५ दलीय गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बराललाई जिताउन लागेका थिए । तर, उनी तेस्रो बने । यसपटक एकीकृत समाजवादी र माओवादीलगायत मिलेर नेकपा बनेको र नेकपाबाट परिवर्तनको पक्षमा मत ल्याउने योजनामा उनी छन् ।

Battleground Analysis

अनुकूलता

  • स्वच्छ र इमान्दार छवि
  • वामपन्थी ध्रुवीकरणको बल
  • अवस्था बदल्ने स्पष्ट एजेन्डा

प्रतिकूलता

  • एमालेको विरासत र पुरानो गढ
  • दल परिवर्तन र वैचारिक अस्थिरताको प्रश्न
  • रास्वपा र 'जेनजी' लहर
शिक्षा
स्नातक
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
नेपाली कम्युनिस्ट पार्टी

हेमबहादुर थापा पराजुलीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित