Home Candidate माधवप्रसाद बास्तोला

दुर्घटनामा बाँचेका मधु लोकतन्त्र बचाउन चुनावी मैदानमा

http://नेपाली%20कांग्रेस
माधवप्रसाद बास्तोला
कास्की - २ उम्मेदवार

माधवप्रसाद बास्तोला

पुरुष , ५८ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
३३४४ मत
Profile
Profile

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका र २०४२ सालदेखि संगठनमा खारिएका मधु, एमालेको बलियो पकड मानिने यस क्षेत्रमा नयाँ इतिहास रच्ने दाउमा छन्।

000

नेपाली कांग्रेसको १२औं महाधिवेशनमा सहभागी भएर ६ असोज २०६७ सालमा काठमाडौंबाट फर्किंदा ६ जना प्रतिनिधि चढेको गाडी मुग्लिन–कुरिनटार सडकखण्डमा दुर्घटनामा पर्‍यो । चार सहयात्रीहरू—क्षेत्रीय सभापति कृष्णप्रसाद पराजुली, महासमिति सदस्य तेजप्रसाद दाहाल, युवराज पहाडी र जिल्ला सदस्य जोगेन्द्र बाटोजुले ज्यान गुमाए । माधव बास्तोला ‘मधु’ र मदन केसी बाँच्न सफल भए । तिनैमध्येका मधु यतिबेला कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार छन् ।

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले कांग्रेसको पक्षमा नतिजा ल्याउने जिम्मेवारीसहित माधव बास्तोलालाई टिकट दिएका छन् । अत्यन्त पीडादायी सो दुर्घटनामा सहयात्री गुमाएर बाँचेका मधुप्रति धेरैले सहानुभूति व्यक्त गरिरहेका छन् । नेपाली कांग्रेसकै विभिन्न समितिहरूमा रहेर काम गरिरहेका मधु अहिले गण्डकी प्रदेश समितिको प्रवक्ता छन् । उनी नेपाली कांग्रेसको नेतृत्व हसतान्तरण र रुपान्तरणका लागि भन्दै विशेष महाधिवेशनको पक्षमा उभिएका थिए ।

निरन्तर कांग्रेसको राजनीति गरिरहेका तर धेरै अवसर नपाएका नेताहरूको सूचीबाट टिकट पाएका मधुले दुर्घटनाबाट बाँचेर आएकाले निष्ठापूर्वक कास्की–२ बाट जनताको सेवामा होमिने बताइरहेका छन् । २०४३ सालमै जनपक्षीय उम्मेदवारका रूपमा एमालेका सोमनाथ प्यासीले जितेको यो चुनावी क्षेत्र फेरबदलसमेत भएको छ । कास्की २ बाट अहिलेसम्म एमालेका उम्मेदवार मात्रै जित हासिल गर्दै आइरहेका छन् । तर, यसपालि इतिहास रच्ने होडमा मधु छन् ।

 २०४३ यता यहाँ प्रायः एमालेका उम्मेदवारले मात्र जित्दै आएका छन्। यो विरासत तोड्नु मधुका लागि मुख्य चुनौती हो।

विशेष महाधिवेशनबाट बदलिएको पार्टी र त्यही पार्टीबाट इमान्दार उम्मेदवार बनाइएको भन्दै कांग्रेसले भोट मागिरहेको छ । नयाँ दलका रूपमा रास्वपाको उम्मेदवारका पक्षमा देखिएको जनमत, एमालेबाट मत काटिने र धेरै उम्मेदवारका बीच मत विभाजित हुँदा बदलिएको कांग्रेसको ह्विम पनि आफूहरूको पक्षमा आउने कांग्रेसको दाबी छ ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका मधुले नागरिकका पक्षमा कुनै कसर नराखी काम गर्ने मतदातासामु बताइरहेका छन् । २०३६ सालमा जनमत संग्रहताका बीपी कोइराला पोखरा आउँदा प्रभावित भएर राजनीतिमा लागेका मधुले २०४२ सालमा क्रियाशील सदस्यता लिएका हुन् ।

 विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वको कांग्रेसले ल्याएको उत्साह र 'जेनजी' आन्दोलनको मर्मलाई मधुले आफ्नो शक्तिको रूपमा लिएका छन्।

बहुदलपछि मधुले वडा तहबाटै राजनीतिक संगठन विस्तार गरे । २०४९ सालमा वडा नम्बर ११ को सभापति र २०५४ मा वडाध्यक्ष बने । पार्टीको १२ औं र १३ औं महाधिवेशनमा कास्की–२ मा क्षेत्रीय सभापति बने । दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस उम्मेदवार शारदा पौडेललाई जिताउन लागेका मधु अहिले आफैं विजयी हुनका लागि प्रतिस्पर्धामा होमिएका छन् ।

२०४२ सालमै पोखरा नगर पञ्चायतमा प्रमुख र उपप्रमुखमा जनपक्षीय उम्मेदवार केशवराज पराजुली र तीर्थ श्रेष्ठलाई जिताउन माधवसहितका नेताहरूले भूमिका खेलेका थिए । कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माको विश्वास पात्र मधुले मतादाताले यसपटक कास्की २ मा इतिहास बदल्दै आफूलाई जिताउने दाबी गर्छन् ।

एमाले र रास्वपाको बलियो उपस्थिति रहेको यस क्षेत्रमा मत विभाजित हुँदा कांग्रेसको 'कोर' मतले नतिजा ल्याउन सक्ने आंकलन कांग्रेसजनको छ।

‘म निरन्तर कांग्रेसको अभियानमा होमिएँ, निष्ठापूर्वक काम गरेको छु । राजनीतिका नाममा सस्तो लोकप्रियताको पछि कहिल्यै लागिन । मैले यो क्षेत्रका नागरिकका समस्या पनि नजिकबाट नियालेको छु,’ मधुले सुनाए, ‘कांग्रेस अब बौरिएर आएको छ । जेनजी आन्दोलनको भावना र मर्मलाई शिरोपर गरेर आएको छ । नेतृत्वको स्पष्ट भिजन र विचार छ । हामी मुलुक बनाउने अभियानमा सँगै हुनेछौं । देशले अहिलेसम्म भागेको समस्याको दलदलबाट निकाल्नकै लागि म मैदानमा होमिएको हुँ ।’

Battleground Analysis

अनुकूलता

  • निष्ठावान् र 'त्यागी' नेताको छवि
  • पार्टीको नयाँ नेतृत्व र रूपान्तरणको एजेन्डा
  • विपक्षी मतको विभाजन

प्रतिकूलता

  • एमालेको 'लाल किल्ला' तोड्ने चुनौती
  • रास्वपाको बढ्दो प्रभाव
  • पार्टीभित्रको आन्तरिक असन्तुष्टि
शिक्षा
स्नातकोत्तर
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
नेपाली कांग्रेस

माधवप्रसाद बास्तोलाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित