Home Candidate रश्‍मि आचार्य

एमालेको विरासत जोगाउने चुनौती

http://नेकपा%20एमाले
रश्‍मि आचार्य
कास्की - २ उम्मेदवार

रश्‍मि आचार्य

पुरुष , ४५ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
७४९३ मत
Profile
Profile

अध्ययनशील र वैचारिक छवि बनाएका युवा नेता रश्मि एमालेको विरासत बरकरार राख्नेमा विश्वस्त छन् ।

०००

कास्की लामो समयदेखि नेकपा एमालेको प्रभाव रहेको जिल्ला हो । कास्कीको निर्वाचन क्षेत्र नम्बर २ मा यसपटक त्यो प्रभाव कायम राख्ने जिम्मेवारी रश्मि आचार्यको काँधमा आएको छ । अर्थात्, एमालेले उनलाई यस क्षेत्रको उम्मेदवार बनाएको छ । अध्ययनशील, वैचारिक युवा नेता रश्मिको एमालेको विरासत बरकरार राख्नेमा विश्वस्त छन् ।

पुराना दलका कमी–कमजोरी सच्याएर अघि बढ्नु आवश्यक रहेको बताउँदै उनले अब देशलाई ठिक दिशामा हिँडाउन भूमिका खेल्ने बताउँदै आफ्ना चुनावी एजेण्डा आगाडि सारेका छन् ।

एमालेका नेता उत्पादन गर्ने पृथ्वीनारायण क्याम्पसमा २०६५ सालमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनेका रश्मि केन्द्रीय उपाध्यक्षसम्म बने र पार्टीको राजनीतिमा होमिए । एमाले प्रदेश कमिटी उपसचिव हुँदै सचिवमा पराजित रश्मि जेनजी आन्दोलनपछि भएको महाधिवेशनमा केपी ओली प्यानलमा उभिएर केन्द्रीय सदस्य भएका हुन् ।

एमालेको प्रभाव क्षेत्रमा रश्मिले टिकट पाउँदा युवा र वैचारिक नेताका रूपमा उनलाई प्रस्तुत गरिएको छ भने आफ्नो विरासतलाई कायमै राख्न कसरत गरिरहेको छ । जेनजी आन्दोलनले सत्ताच्युत भएको एमालेमाथि प्रहार भइरहेकाले संविधान र देशको रक्षा गर्दै ठिक दिशामा हिँडाएर नागरिकको पक्षमा काम गर्न पनि आफू उम्मेदवार भएको रश्मिले बताइरहेका छन् ।

एमालेले प्रभाव जमाउँदै जित हासिल गरेको अघिल्ला चुनावहरूको विरासतमा टेकेर वैचारिक र बुद्धिजीवी युवाका रूपमा रश्मिलाई अगाडि सारे पनि पछिल्लो परिस्थिति सहज देखिँदैन । आफ्नो जनमत मात्रै सुरक्षित गर्न सके अरु उम्मेदवारमा विकल्प खोजेका मतदाता बाँडिदा जित हासिल हुने आंकल एमालेले गरेको छ ।

कास्की–२ मा विरासत जोगाउन रश्मिमाथि एमालेले सम्पूर्ण शक्ति लगाएको छ भने अरु दलहरू त्यो विरासत भत्काएर इतिहास निर्माण गर्ने एजेण्डा पस्किरहेका छन् । कास्की–२ का वडाहरू पोखरा महानगरपालिकाभित्र मात्रै पर्छन् भने अधिकांश सहरी वडाहरू यसअघिकै चुनावमा मत बदलेको परिणामले देखाएको थियो । वडा नम्बर २१, ३३ र १७ बाहेकबाट यो क्षेत्रमा यसअघि रास्वपाले अग्रता लिएको थियो । वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, २० मा रास्वपाका उम्मेदवारले अग्रता लिएका थिए ।

यो चुनावमा सबैभन्दा बढी सुरक्षित रास्वपाले कास्की–२ मा रवि लामिछानेका विश्वास पात्र उत्तमप्रसाद पौडेललाई उतारेको छ । २०७९ को निर्वाचनमा एमाले नेता विद्या भट्टराईले १६ हजार ९९८ मत पाएर विजयी हुँदा रास्वपाका माधव कँडेलले १२ हजार ४९५ मत पाएर दोस्रो स्थान हासिल गरेका थिए । कांग्रेस, माओवादी केन्द्र लगायत ५ वटा दलको एकीकृत समाजवादीका श्रीनाथ बरालले ९ हजार ६५९ र राप्रपाका सुवर्णराज पन्तले ३ हजार मत ल्याएको थियो ।

कास्की–२ मा समानुपातिकतर्फ रास्वपाले १४ हजार २ मत पाउँदा एमालेले १३ हजार ५४० मत पाएर दोस्रो भएको थियो । कांग्रेसले १० हजार ५५३, राप्रपाले ४ हजार ४६५, माओवादी केन्द्रले २ हजार ४०४ र नेकपा एकीकृत समाजवादीले १ हजार १७७ मत पाएका थिए । अहिलेको चुनावमा पुरानो अंकगणित काम नगर्ने र अन्य पार्टीहरूबाट पनि रश्मिका पक्षमा खुलिरहेकाले जित हासिल गर्ने दाबी एमालेको छ ।

पोखरा महानगरपालिका वडा नं. ३३, गैरागाउँका आचार्य, २०३७ सालमा जन्मिएका हुन् । राजनीतिशास्त्रमा स्नातकोत्तर र एमबिएस गरेपछि नेपाल ल क्याम्पसबाट एलएलबीसमेत उनले पूरा गरेका छन् । अहिले ‘इन्टरनेशनल रिलेसन्स एण्ड डिप्लोमेसी’ मा विद्यावारिधि गरिरहेका रश्मि यो चुनाव पनि एमालेकै पक्षमा आउने दाबी पूरा गर्ने चुनौतीमा छन् ।

Battleground Analysis

अनुकूलता

  • सांगठनिक सबलता
  • उम्मेदवारको बलियो र लोकप्रिय व्यक्तित्व
  • लामो र विवादरहित राजनीतिक इतिहास

प्रतिकूलता

  • जेनजी आन्दोलनपछि पार्टीको अलोकप्रियता
  • नयाँसहित अन्य दलको बढ्दो प्रभाव
  • पार्टीभित्रको अन्तरसंघर्ष
शिक्षा
स्नातकोत्तर
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
नेकपा एमाले

रश्‍मि आचार्यको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित