Home Candidate जगदीश्‍वर नरसिंह केसी

दाइले खाली गरेको मैदानमा जगदीश्वरनरसिंह केसी

http://नेपाली%20कांग्रेस
जगदीश्‍वर नरसिंह केसी
नुवाकोट - २ उम्मेदवार

जगदीश्‍वर नरसिंह केसी

पुरुष , ५९ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१५५०३ मत
Profile
Profile

जगदीश्वरनरसिंह केसी नुवाकोट-२ का लागि "संगठनात्मक रूपमा सबैभन्दा मजबुत र अनुभवी" उम्मेदवार हुन्। कांग्रेसको चार पटक जिल्ला सभापति हुनु र केसी परिवारको विरासत नै उनको जितको मुख्य मेरुदण्ड हो।

०००

नेपाली कांग्रेसका नेता जगदीश्वर नरसिंह केसी नुवाकोट क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा उम्मेद्वार छन् । आफूहरूले पञ्चायतकालदेखि नै नुवाकोटमा विकास गरेको र प्रजातान्त्रिक आन्दोलनमार्फत् समाजलाई योगदान दिएको लगायतका एजेण्डाहरू लिएर आफू जित्ने दाबीसहित चुनावमा होमिएका छन् । कांग्रेस यसपटक बदलिएको र आफूहरूले देश पनि बदल्ने नारासहित मतदातासामु पुगिरहेका छन् ।

२०२० सालमा जिल्लाको दुप्चेश्वर गाउँपालिका साविकको राउतवेशीमा जन्मिएका केसी पहिलो र दोस्रो संविधानसभामा समानुपातिक तर्फबाट सभासद् भएका थिए । २०७४ सालमा पहिलोपटक निर्वाचन लडेका केसी एमालेका केशव पाण्डेसँग प्रदेश सभामा पराजित भए । उनी नेता अर्जुन नरसिंह केसीका भाइसमेत हुन् ।

आफू समानुपातिकमा रहेर भाइका लागि आफूले जित्दै आएको क्षेत्र यसपटक सुम्पिएका छन् । यस क्षेत्रमा अर्जुन नरसिंहले २०७० र २०७९ मा नेकपा माओवादी केन्द्रको सहयोगमा निर्वाचित भएका थिए । २०५६ र २०७४ मा भने केसी यहाँबाट पराजय भोगे ।

केसी राजनीतिशास्त्रमा स्नातक पूरा गरेका छन् । उनले आफ्नो राजनीतिक यात्रा २०३२ सालमा शान्ति विद्यागृहको विद्यार्थी छँदा एकाइ सभापतिका रूपमा शुरु गरी निरन्तर प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील रहे ।

उनको मुख्य चुनौती 'परिवारवाद' को ट्याग चिर्नु र नयाँ पुस्ताको मत तान्नु हो। यदि उनले आफ्ना दाजुको पुरानो जनमतलाई सुरक्षित राख्दै र पार्टीभित्रको आन्तरिक एकता कायम गर्न सके भने, २०७४ को बदला लिँदै संसद् छिर्ने उनको सम्भावना बलियो छ।

उनले जनमतसंग्रह, सत्याग्रह, २०४६ र २०६२–६३ का अन्दोलनहरूमा सक्रियतासाथ भाग लिँदै आए भने पटकपटक गरी जेलजीवनसमेत बिताएका छन् । केसीले आफ्नो राजनीतिक यात्रा विद्यार्थी जीवनदेखि सुरू गर्नुका साथै उच्च शिक्षा सरस्वती क्याम्पसमा अध्ययन गरे ।

२०४८ सालमा बुटवलमा सम्पन्न निर्वाचनबाट नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने सोही वर्ष नेपाली कांग्रेसको महासमिति सदस्य र जिल्ला समिति सदस्य समेत बने । २०४९ सालमा जिल्ला विकास समिति सदस्य निर्वाचित भए । २०५१ सालमा जिल्ला उपाध्यक्ष र २०५६ सालमा विद्यार्थीको महासचिव पदमा निर्वाचित भए । २०५७, २०६१, २०६९ र २०७३ सालमा लगातार चार पटक नेपाली कांग्रेस नुवाकोट जिल्ला समितिको अध्यक्षमा निर्वाचित भए ।

केसी परिवारको नुवाकोटमा दशकौँदेखिको राजनीतिक प्रभाव छ। दाजु अर्जुननरसिंह केसीले पटक-पटक जितेको यस क्षेत्रमा जगदीश्वरको आफ्नै पनि बलियो पकड छ।

दोस्रो जनआन्दोलन (२०६२/२०६३) को क्रममा दमन र गिरफ्तारी झेल्दै आन्दोलनमा सक्रिय रहे ।

संविधानसभामा रहँदा संसदीय कार्यसमिति सदस्य, राज्य व्यवस्था समिति सदस्य, सुडान घोटाला छानबिन समिति सदस्य, संविधान मसौदा समिति सदस्य तथा अर्थ समितिमा समेत सक्रिय भए ।

जिल्लाका विभिन्न विकास निर्माण र नागरिकका समस्यामा अग्रभागमा रहेर केसीले योगदान दिएका छन् ।

दुई पटक संविधानसभा सदस्य (समानुपातिक) भइसकेका केसीसँग संसदीय प्रक्रिया, राज्य व्यवस्था र अर्थ समितिका महत्वपूर्ण जिम्मेवारी सम्हालेको अनुभव छ। विद्यार्थी राजनीतिदेखि नै खारिएका र जेल जीवन बिताएका कारण उनलाई एक 'त्यागी' नेताका रूपमा हेरिन्छ।

२०७६ मा पार्टीको एक कार्यक्रममा केसीले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व शैलीको आलोचना गर्दै पार्टी अध्यक्ष निरंकुश र अलोकतान्त्रिक स्वभावले पार्टीको जनमतमा हानी पुर्‍याइरहेको भन्दै उनले नेपाली कांग्रेसले गुटबन्दीलाई अन्त्य गरी गुटबन्दीभन्दा पनि कार्यसम्पादन र जनसेवाका आधारमा नेतृत्व चयन गर्नुपर्ने तर्क गरेका थिए ।

Battleground Analysis

अनुकूलता

  • पारिवारिक विरासत र सांगठनिक आधार
  • लामो संसदीय र राजनीतिक अनुभव
  • स्पष्ट र निडर छवि

प्रतिकूलता

  • 'परिवारवाद' को आरोप
  • विगतको पराजयको मनोवैज्ञानिक दबाब
  • रास्वपा र नयाँ लहर
शिक्षा
स्नातकोत्तर
हालको दल
नेपाली कांग्रेस

जगदीश्‍वर नरसिंह केसीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित