Home Candidate जन्मदेव जैसी

श्रमजीवी पत्रकारका नेता

http://प्रगतिशील%20लोकतान्त्रिक%20पार्टी
जन्मदेव जैसी
भक्तपुर - २ उम्मेदवार

जन्मदेव जैसी

पुरुष , ४७ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
३० मत
Profile
Profile

जन्मदेव जैसी नेपाली पत्रकारिता र प्रगतिशील राजनीतिमा निरन्तर संघर्ष र प्रतिबद्धताको परिचय व्यक्ति हुन्। कालिकोट निवासी ४३ वर्षे जैसी भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको प्रतिस्पर्धामा छन् ।

पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् । उनको राजनीतिक यात्रा वि.सं. २०५६ सालमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनसँग आबद्ध हुँदै सुरु भएको थियो । माओवादी आन्दोलनको कठिन भूमिगत कालमा उनी विद्यार्थी संगठनमार्फत सक्रिय सम्पर्क र संगठनात्मक भूमिकामा रहे । सोही वर्ष माओवादी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका उनी हनुमानढोकामा २४ दिन हिरासतमा राखिए । त्यसपछि करिब दुई वर्ष जेल जीवन बिताएका जैसी २०५८ सालमा भएको वार्तापछि रिहा भए ।

पछि उनी नेकपा (माओवादी केन्द्र) का वैकल्पिक केन्द्रीय सदस्य बने । हाल उनी माओवादी–एकीकृत समाजवादीसहितका दलहरुको एकता प्रक्रियाबाट अलग भएर बनेको प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य छन् ।

भक्तपुर २ मा एमाले सचिव महेश बस्नेत, कांग्रेसका कविर राणा, नेकपाका रामप्रसाद सापकोटा (दीपशिखा)लगायतसँग उनले प्रतिस्पर्धा गर्नुपरेको छ ।

पत्रकारिताबाट राजनीतिक यात्रा

जन्मदेव जैसीको पत्रकारिता यात्रा समदृष्टि, प्रकाश साप्ताहिक  र राजधानी दैनिक जस्ता सञ्चारमाध्यमबाट सुरु भएको हो । उनले मिडिया हाउसमा श्रमजीवी पत्रकारका समस्या, श्रम अधिकार र पेशागत सुरक्षाका मुद्दा उठाउँदै आन्दोलनको नेतृतव गरे । आन्दोलनकै क्रममा उनी श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष समेत बने । नेपाल पत्रकार महासंघको गत निर्वाचनमा उनले महासचिव पदमा प्रतिस्पर्धा गरे । तर जित्न भने सकेनन् ।

नेपाल पत्रकार महासंघअन्तर्गत श्रमजीवी हित प्रवर्द्धन समितिको सहसंयोजकका रूपमा उनले तीन वर्षसम्म निरन्तर योगदान दिए ।

श्रमजीवी पत्रकार संघको स्थापना र नेतृत्वमा उनको भूमिका निर्णायक मानिन्छ । मृतक पत्रकार एल.बी. विश्वकर्माको परिवारलाई क्षतिपूर्ति दिलाउन उनले खेलेको भूमिका पत्रकार समुदायमा विशेष रूपमा स्मरणीय छ ।

जन्मदेव जैसी पार्टीभित्र देखिने भ्रष्ट प्रवृत्ति, नवनोकरशाही सोच र व्यक्तिगत स्वार्थविरुद्ध लामो समयदेखि संघर्षरत छन् ।  

श्रमजीवीहरुको पक्षमा संघर्षको क्रममा जन्मदेव जैसीले विभिन्न सम्मानसमेत पाएका छन् । एनआरएनए, क्यालिफोर्निया, अमेरिकाबाट अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३ बाट सम्मानित उनले नेपालको १७ औँ गणतन्त्र दिवस २०७९ मा राष्ट्रिय सेवा सम्मान समेत पाए । 

प्रेस काउन्सिल नेपालको ५५ औँ वार्षिक उत्सवका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रिय सम्मानित भएका उनी त्यसअघि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट पनि सम्मानित भएका थिए ।

संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
प्रगतिशील लोकतान्त्रिक पार्टी

जन्मदेव जैसीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

जन्मदेव जैसी
३०
राजीव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी
४२३३४
महेश बस्नेत नेकपा एमाले
१०९६६
VS