Home Candidate कमल सुवेदी

प्रतिनिधि सभा पुग्ने दोस्रो प्रयास

दाङ - ३ उम्मेदवार

कमल सुवेदी

राष्ट्रिय स्वतन्त्र पार्टी
पुरुष , ३८ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दाङ–३ मा दंगीशरण गाउँपालिका–४, मौली निवासी कमल सुवेदीलाई उम्मेदवार बनाएको छ । २०४३ सालमा जन्मिएका उनले २०७९ मा पनि यही क्षेत्रबाट चुनाव लडेका थिए । 

वीरेन्द्र माध्यमिक विद्यालय, हेकुलीबाट २०६० मा एसएलसी गरेका सुवेदीले कक्षा ११ र १२ ज्ञानसिन्धु उच्च माविमा पढे । महेन्द्र रत्न क्याम्पस, ताहाचलबाट शिक्षाशास्त्रमा स्नातक र २०७० सालमा त्रिविबाट स्नातकोत्तर गरे । २०७५ सालमा क्यानाडाबाट डिप्लोमा एन्ड डेभलपमेन्ट लिडरसिप गरेका छन् । 

एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सको निर्देशकका रूपमा कार्यरत छन् । उनी संस्थागत नेतृत्व राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघका संस्थापक केन्द्रीय अध्यक्ष र सामुदायिक रेडियो हापुरेको संस्थापक समेत हुुन् । 

गत निर्वाचनमा १५ हजार ३२६ मत प्राप्त गरेका थिए । यो क्षेत्रबाट जितेका कांग्रेसका दीपक गिरीले ३६ हजार ९११ र एमालेकी कोमल वलीले २९ हजार ९२ मत पाएकी थिइन् । त्यतिबेला कांग्रेसले माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको थियो । 

कांग्रेसबाट गिरी पुन: उठेका छन् । एमालेबाट घनश्याम पाण्डे, नेपाली कम्युनिष्ट पार्टीबाट धनबहादुर मास्की लगायतले उम्मेदवारी दिएका छन् । 

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
15326
हालको दल
सरकारको अनुभव

कमल सुवेदी को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित