Home Candidate घनश्याम पाण्डे

मेयरपछि सांसद बन्ने दाउ

http://नेकपा%20एमाले
घनश्याम पाण्डे
दाङ - ३ उम्मेदवार

घनश्याम पाण्डे

पुरुष , ५२ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१२१९५ मत
Profile
Profile

घनश्याम पाण्डे दाङ–३ मा "अनुभवी स्थानीय शासक" र "सामुदायिक अभियन्ता" को रूपमा प्रस्तुत भएका छन्। तुलसीपुरको मेयर हुँदा गरेका कामको जगमा उभिएर उनले यसपटक दीपक गिरीको गढ भत्काउने रणनीति बुनेका छन्।

०००

नेकपा (एमाले) केन्द्रीय सदस्य घनश्याम पाण्डे २४ वर्षको उमेरमै उपमेयर बनेका थिए । तुलसीपुर उपमहानगरपालिका–८, अस्वारामा २०३० सालमा जन्मिएका उनी २०४३ सालमा अनेरास्ववियूमा लागे । 

२०४६ सालमा अनेरास्ववियु जिल्ला सदस्य भएका पाण्डेले २०४७ पुस ९ गते पार्टी सदस्यता प्राप्त गरेका थिए । त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाबाट बीएस्सी उत्तीर्ण गरेका उनी त्यही क्याम्पसमा २०५२ मा स्ववियु उपसभापति निर्वाचित भएका थिए । 

२०६२/६३ को जनआन्दोलनका क्रममा एक महिना प्रहरी हिरासतमा परे । राजनीतिसँगै पाण्डेले सामुदायिक वनको क्षेत्रमा पनि काम गर्दै आएका छन् । सामुदायिक वन महासंघको केन्द्रीय अध्यक्ष भइसकेका पाण्डेले संयुक्त राष्ट्रसंघको महासभामा  सामुदायिक वनको मुद्दालाई उठाइसकेका छन् ।

सहकारी तथा गरिबी निवारण विभागको केन्द्रीय सदस्यका रूपमा पनि क्रियाशील उनी सामुदायिक सञ्चार, शिक्षा, बैंक तथा वित्तीय विकास, कृषि तथा बजारीकरण जस्ता काममा पनि सक्रिय छन् । 

२०६४ मा एमालेको केन्द्रीय प्राकृतिक स्रोत विभाग सदस्य समेत भएका पाण्डे अहिले अखिल नेपाल किसान महासंघको केन्द्रीय उपाध्यक्ष समेत रहेका छन् । ११औं महाधिवेशनबाट एमाले केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

सरकारी र निजी विद्यालयमा अध्यापन गर्दै आएका पाण्डे २०५४ सालको स्थानीय निकाय चुनावमा तुलसीपुर उपमहानगरपालिकाको उपमेयर निर्वाचित भएका थिए । त्यसको ठीक दुई दशकपछि २०७४ मा तुलसीपुर उपमहानगरपालिकाको मेयरमा निर्वाचित भए । 

२०७९ मा एमालेबाट उठेकी कोमल वलीले २९ हजार ९२ मत प्राप्त गरेकी थिइन् । गठबन्धनबाट उठेका कांग्रेसका दीपक गिरी ३६ हजार ९११ मत सहित निर्वाचित भएका थिए । गिरीलाई कांग्रेसले फेरि उम्मेदवार बनाएको छ । विपक्षीहरूको गठबन्धन नहुनु पाण्डेका लागि अनुकूल हो । 

समानुपातिकमा कांग्रेस र एमालेले पाएको मतमा धेरै अन्तर छैन । कांग्रेसले २६ हजार ५७५ र एमालेले २६ हजार ११७ भोट ल्याएको थियो । माओवादीले १० हजार ९२६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ७०८ मत पाएको थियो । 

Battleground Analysis

अनुकूलता

  • उपमेयर र मेयर भई तुलसीपुरको नेतृत्व गरिसकेको अनुभव
  • सामुदायिक वन उपभोक्ता महासंघको पूर्व केन्द्रीय अध्यक्ष र अखिल नेपाल किसान महासंघको उपाध्यक्ष
  • विगतमा एमाले र कांग्रेसबीचको समानुपातिक मतान्तर साँघुरो

प्रतिकूलता

  • कांग्रेसको मजबुत संगठनलाई तोड्न चुनौति हुनससक्ने
  • रास्वपा र अन्य नयाँ दलहरूले युवा र शहरी मतदातामाझ पार्ने प्रभाव
  • तुलसीपुर जस्तो शहरी क्षेत्रमा नयाँ पुस्ताको झुकाव
शिक्षा
स्नातक
हालको दल
नेकपा एमाले

घनश्याम पाण्डेको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित