Home Candidate कर्णबहादुर भण्डारी

अघिल्लो गठबन्धनका रणनीतिकार यसपटक एक्लै मैदानमा

http://नेपाली%20कांग्रेस
कर्णबहादुर भण्डारी
म्याग्दी - १ उम्मेदवार

कर्णबहादुर भण्डारी

पुरुष , ५७ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
६६७६ मत
Profile
Profile

कुशल संगठकको छवि बनाएका भण्डारी गठबन्धनविनै एमालेका हरिकृष्ण श्रेष्ठ र स्वतन्त्र उम्मेदवार महावीर पुन जस्ता प्रतिस्पर्धीसँग चुनावी मैदानमा छन् ।

०००

२०७९ मा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनको निर्वाचन परिचालन समिति, म्याग्दीको संयोजक थिए, कर्णबहादुर भण्डारी । त्यतिबेला गठबन्धन समर्थित कांग्रेसका खमबहादुर गर्बुजाले नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठलाई पराजित गरेका थिए ।

जबकी समानुपातिकमा कांग्रेसको भन्दा झण्डै पाँच हजार बढी मत थियो, एमालेको । गत निर्वाचनमा गर्बुजालाई जिताउन भूमिका खेलेका भण्डारी यसपटक आफैं चुनावी मैदानमा उत्रिएका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीमा २०२५ सालमा जन्मिएका भण्डारी २०४३ मा नेपाल विद्यार्थी संघ (नेविसं)मा आवद्ध भएका थिए । २०६८–०७२ कांग्रेस काठमाडौं–म्याग्दी सम्पर्क समिति अध्यक्षका रहेका उनी २०७२ मा जिल्ला सदस्य र केही समयलाई कार्यवाहक सभापति बने । २०७९ मा म्याग्दी कांग्रेसको उपसभापतिमा निर्वाचित भए ।

नेपाल ल क्याम्पसबाट बिएल गरेका भण्डारी २०६६ मा नेपाल नागरिक उड्यन प्राधिकरणको बोर्ड सदस्य नियुक्त भएका थिए ।

पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएका उनले एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा, स्वतन्त्र उम्मेदवार महावीर पुन लगायतसँग प्रतिस्पर्धा गर्दैछन् ।

हक्की स्वभावका भण्डारी कुशल संगठक र प्रखर वक्ताको रुपमा पनि चिनिन्छन् । आर्थिक, राजनीति र सामाजिक मुद्दामा वैचारिक बहस गर्न सक्ने उनी परीक्षण हुन बाँकी नेता हुन् । गठबन्धन बिनै चुनाव जित्न उनले राम्रै मेहनत गर्नुपर्ने देखिन्छ ।

Battleground Analysis

अनुकूलता

  • प्रखर वक्ता र कुशल संगठक
  • संगठनमा लामो सक्रियता
  • गठबन्धन सञ्चालनको अनुभव र रणनीतिक क्षमता

प्रतिकूलता

  • गठबन्धनविहीन प्रतिस्पर्धा
  • बलिया प्रतिस्पर्धीहरू
  • पहिलोपटक प्रत्यक्ष संसदीय चुनाव
शिक्षा
स्नातक
हालको दल
नेपाली कांग्रेस

कर्णबहादुर भण्डारीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

कर्णबहादुर भण्डारी
६६७६
महावीर पुन स्वतन्त्र
२२८५०
हरिकृष्ण श्रेष्ठ नेकपा एमाले
७९१९
VS
सम्बन्धित समाचार