Home Candidate हरिकृष्ण श्रेष्ठ

गठबन्धन नभएको मौकामा चौका हान्ने दाउ

http://नेकपा%20एमाले
हरिकृष्ण श्रेष्ठ
म्याग्दी - १ उम्मेदवार

हरिकृष्ण श्रेष्ठ

पुरुष , ६० वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile Election History
Profile Election History

एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा नेकपा (एमाले) बाट ६० वर्षीय हरिकृष्ण श्रेष्ठले उम्मेदवारी दिएका छन्। २०७९ सालको संसदीय निर्वाचनमा उनी दोस्रो स्थानमा आएका थिए।

बेनी नगरपालिका–७ का श्रेष्ठ २०३६ सालमा अनेरास्ववियु पाँचौँमा आबद्ध थिए। २०३८ सालमा बेनीस्थित प्रकाश माविको स्ववियु सदस्य निर्वाचित भए। त्यसको दुई वर्षपछि महेन्द्र बहुमुखी क्याम्पस, बागलुङमा अनेरास्ववियु क्याम्पस कमिटीको अध्यक्ष बने। २०४६ को जनआन्दोलनका बेला नेकपा (माले) को बेनीबजार कमिटी सदस्य थिए।

२८ पुस २०४७ मा पार्टी सदस्यता प्राप्त गरेका श्रेष्ठले २०५० सालमा एक नम्बर इलाका कमिटी, म्याग्दीको सदस्यको जिम्मेवारी पाए। २०५१ सालमा एमाले जिल्ला कमिटी म्याग्दीको सदस्य र २०६६ देखि २०७८ सालसम्म एमाले म्याग्दीको अध्यक्ष बनेर काम गरे।

२०८० सालमा एमाले गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य र २०८२ मा सम्पन्न एघारौँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भए।

२०५४ मा अर्थुङ्गे गाविसको अध्यक्षमा निर्वाचित उनलाई गत प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले पराजित गरेका थिए। माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन पाएका गर्बुजा २४ हजार २१ मत पाएर निर्वाचित हुँदा श्रेष्ठले २० हजार १८९ मत पाएका थिए।

गत निर्वाचनको समानुपातिक मतमा एमाले सबैभन्दा अगाडि थियो। एमालेले १८ हजार २७३ मत पाउँदा कांग्रेसले १३ हजार ६९३, माओवादीले ९ हजार ७० र रास्वपाले ३ हजार ५७९ मत ल्याएको थियो।

२०७९ मा जस्तो गठबन्धन नहुनु श्रेष्ठका लागि अनुकूलता हो। कांग्रेसले कर्णबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ। त्यतिबेला कांग्रेसका उम्मेदवारलाई सघाएका माओवादी केन्द्र र एकीकृत समाजवादी एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीबाट अर्जुनबहादुर थापा उठेका छन्।

हालको दल
नेकपा एमाले
सरकारको अनुभव
अर्थुङ्गे गाविस अध्यक्ष (२०५४-२०५९)

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ म्याग्दी - १ खम बहादुर गर्बुजा (कांग्रेस) २४०२१ २०१८९ ३८३२ पराजित

हरिकृष्ण श्रेष्ठको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

हरिकृष्ण श्रेष्ठ
महावीर पुन स्वतन्त्र
कर्णबहादुर भण्डारी नेपाली कांग्रेस
VS
सम्बन्धित समाचार