Home Candidate माधव सापकोटा

हक्की नेताको संसद् प्रवेशमा पुन: प्रयास

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
माधव सापकोटा

माधव सापकोटा

पुरुष , ४४ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

विद्यार्थी राजनीतिमा खरो र तार्किक वक्ताका रूपमा परिचित उनी केन्द्रीय जिम्मेवारीपछि अझ परिपक्व, समन्वयकारी र बौद्धिक नेताका रूपमा स्थापित भए ।

०००

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट निवर्तमान सांसद माधव सापकोटा (सुवोध) सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।

२० चैत २०३७ मा जन्मिएका  सापकोटा चौतारा साँगाचोकगढी नगरपालिका-४, कुविन्डेका स्थायी बासिन्दा हुन् ।

सापकोटाले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । जनयुद्धका कारण अवरुद्ध भएको औपचारिक अध्ययनलाई उनले शान्ति प्रक्रियापछि पुनः निरन्तरता दिएका थिए ।

उनी नेकपाका केन्द्रीय सदस्य हुन् । जनयुद्धको पृष्ठभूमिबाट उदाएका सापकोटा संगठन, संघर्ष र संसदीय अभ्यास तीनै तहमा खारिएका नेता मानिन्छन् ।

लोकप्रिय नेता सापकोटा जनतासँग नजिक रहने, विपत्तिमा अग्रपंक्तिमा उभिने र संसद्मा निर्भीक रूपमा आवाज उठाउने जनप्रतिनिधिका रूपमा परिचित छन् ।

२०५१ सालमा १३ वर्षकै उमेरमा अखिल (क्रान्तिकारी) बाल इकाइबाट संगठित राजनीतिक जीवन सुरु गरेका सापकोटा छोटो समयमै विद्यार्थी आन्दोलनका प्रभावशाली नेताका रूपमा स्थापित भए ।

उनले २०५३ सालमा विद्यालय इकाइ अध्यक्ष, त्यसपछि क्रमशः क्षेत्रीय सदस्य, जिल्ला सदस्य र जिल्ला उपाध्यक्षको भूमिका निर्वाह गरे ।

२०५६ साल माघमा उनी पूर्ण रूपमा भूमिगत भए । जनयुद्धमा जनमुक्ति सेनामा १४औं बटालियनका कमिसारको जिम्मेवारी सम्हाले । २०६३ वैशाख १० मा भएको चौतारा आक्रमणका कमान्डर रहेका सापकोटा सोही क्रममा गम्भीर घाइतेसमेत भए ।

शान्ति प्रक्रियापछि संगठन निर्माणमा फर्किएका सापकोटा २०७१ सालमा सिन्धुपाल्चोक जिल्ला अध्यक्ष बने । २०७३ सालमा नेकपा केन्द्रीय सदस्य चयन भएसँगै उनको भूमिका राष्ट्रिय राजनीतिमा विस्तार भयो ।

विद्यार्थी राजनीतिमा खरो र तार्किक वक्ताका रूपमा परिचित उनी केन्द्रीय जिम्मेवारीपछि अझ परिपक्व, समन्वयकारी र बौद्धिक नेताका रूपमा स्थापित भए ।

जुरे पहिरो, २०७२ को महाभूकम्प, लिदी र नागपुजे पहिरो, कोभिड-१९ महामारी तथा २०८१ असोजको भीषण वर्षा-बाढीमा उनी राहत, उद्धार र समन्वयको अग्रमोर्चामा रहे।

२०७९ को निर्वाचनबाट प्रतिनिधिसभा सदस्य निर्वाचित सापकोटाले  ३० हजार ३७४ मत ल्याएर जित हासिल गरेका थिए । त्यसबेला कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो । संसद्‌मा उनले विकास, सुशासन, जलवायु तथा न्यायका विषयमा स्पष्ट दृष्टिकोण राखेका थिए ।

 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • जनतासँग नजिकको सम्बन्ध
  • जनयुद्धदेखि संसदीय अभ्याससम्मको लामो अनुभव
  • स्पष्ट वैचारिक धार

प्रतिकूलता

  • राजनीतिक ध्रुवीकरण
  • निर्वाचित प्रतिनिधिसँग जनताका उच्च अपेक्षा
  • सशस्त्र पृष्ठभूमिको विपक्षीबाट आलोचना
शिक्षा
स्नातकोत्तर
हालको दल
नेपाली कम्युनिस्ट पार्टी

माधव सापकोटाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित