Home Candidate निर्मल आचार्य

जित जोगाउने चुनौती

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
निर्मल आचार्य
दाङ - २ उम्मेदवार

निर्मल आचार्य

पुरुष , ४९ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्य २०३३ असार १५ गते प्यूठानको माण्डवी गाउँपालिका–५, रातापानीमा जन्मिएका हुन् । उनका बुवा एकराज आचार्य प्यूठान जिल्लामा कम्युनिष्ट नेताका रूपमा परिचित थिए । बुवाको राजनीतिक कर्म उनका लागि शिक्षा र राजनीतिको प्रेरणाको स्रोत बन्यो ।

कक्षा ३ सम्म प्यूठानकै रातापानीस्थित सुन्तानी माध्यमिक विद्यालयमा पढेका उनी कक्षा ५ मा दाङ, देउखुरीको वनगाउँस्थित बालउत्तर उच्च माध्यमिक विद्यालयमा भर्ना भए । २०४६ सालको जनआन्दोलनमा सहभागी हुँदा उनी जम्मा १५ वर्षका थिए । जनआन्दोलन पश्चात् तत्कालीन अखिल क्रान्तिकारीको सदस्यता लिए ।

घोराही उपमहानगरपालिका वडा नं. १७, चौघेराका स्थायी निवासी आचार्यले २०५० सालमा एसएलसी उत्तीर्ण गरे । २०५१ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङमा आईएमा भर्ना भए । २०५४ सालमा स्नातक तहमा भर्ना गरे । क्याम्पसबाटै २०५५ सालमा नेपाली सेनाको गिरफ्तारीमा परे ।

आचार्यले जेलबाट राजनीतिक शास्त्र र अङ्ग्रेजी विषय लिएर स्नातक उत्तीर्ण गरे । हिरासत मुक्त भएपछि भूमिगत राजनीतिमा सक्रिय हुँदै महेन्द्र बहुमुखी क्याम्पस दाङबाट स्नातकोत्तर गरेका छन् ।

विद्यार्थी राजनीतिक आन्दोलनका क्रममा पटक–पटक गरी सात पटक प्रहरीको गिरफ्तारीमा परे । २०५५ सालमा अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यको जिम्मेवारी पाए । त्यस वर्ष माघ २९ गते पुन: प्रहरीको गिरफ्तारीमा परे । २०५५ फागुन १९ गतेदेखि २०५६ वैशाख ७ गतेसम्म बेपत्ताको सूचीमा परे । उनलाई २०५६ वैशाख ८ देखि २०५८ भदौ ६ गतेसम्म हिरासतमा राखियो । हिरासत मुक्त भएको तीन महिनापछि २०५८ मंसिर ११ गते तत्कालीन माओवादीको भूमिगत राजनीतिमा लागे ।

२०६१ सालमा भूमिगत कालमै माओवादी नेता स्व. पोष्टबहादुर बोगटी र राममाया बोगटीकी छोरी प्रतिभा बोगटीसँग आचार्यले जनवादी विवाह गरेका थिए ।

२०६२/६३ को लोकतान्त्रिक आन्दोलनमा भूमिगत अवस्थामा पश्चिमी क्षेत्रमा खटिएर आन्दोलन सफल बनाउन भूमिका खेले ।

गत निर्वाचनमा यो क्षेत्रमा माओवादीकी रेखा शर्माले एमाले महासचिव शंकर पोखरेललाई १९३ मतान्तरले पराजित गरेकी थिइन् । त्यतिबेला शर्मालाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको साथ थियो ।

माओवादी र एकीकृत समाजवादी एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेको छ । त्यही पार्टीबाट आचार्यले उम्मेदवारी दिएका हुन् । कांग्रेसबाट किरणकिशोर घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विपिन आचार्य उठेका छन् ।

प्रस्तुति : गिरिराज नेपाली

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • विद्यार्थी राजनीतिदेखि नै सक्रिय उनी कार्यकर्तामाझ जुझारु, शिक्षित र विद्रोही पृष्ठभूमिका हुन् । त्यसले कम्युनिष्ट भोट तान्न सहयोग गर्न सक्छ ।
  • माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको साझा उम्मेदवार हुनु उनका लागि ठूलो शक्ति हो ।
  • निर्वाचनमा यही क्षेत्रबाट साविक माओवादीकी रेखा शर्माले एमालेका हेभीवेट नेता शंकर पोखरेललाई पराजित गरेको विरासत सकारात्मक पक्ष हो ।

प्रतिकूलता

  • अघिल्लो पटकको जितमा नेपाली कांग्रेसको ठूलो हात थियो । यसपटक कांग्रेसले आफ्नै उम्मेदवारलाई मैदानमा उतारेको छ। कांग्रेसको मत नआउने हुँदा उनले ठूलो मतान्तर पूर्ति गर्नुपर्ने हुन्छ ।
  • एमाले महासचिव शंकर पोखरेल अघिल्लो हारको बदला लिन थप तयारीका साथ मैदानमा छन्। एमालेको सबैभन्दा धेरै समानुपातिक मत र शंकर पोखरेलको राष्ट्रिय कदसँग भिड्नु आचार्यका लागि चुनौतीपूर्ण छ।
  • रास्वपाका उम्मेदवार विपिन आचार्यले अघिल्लो पटकको मतलाई अझ विस्तार गर्ने लक्ष्य राखेका छन्। परम्परागत कम्युनिष्ट भोट र नयाँ पुस्ताको मत रास्वपातिर जाँदा त्यसको प्रत्यक्ष नोक्सानी पर्न सक्छ।

निर्मल आचार्यको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

निकटतम प्रतिद्वन्द्वी

निर्मल आचार्य
शंकर पोख्रेल नेकपा एमाले
विपिन कुमार आचार्य राष्ट्रिय स्वतन्त्र पार्टी
VS