Home Candidate विपिनकुमार आचार्य

बायोटेक इन्जिनियरिङबाट राजनीतिमा

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
विपिनकुमार आचार्य
दाङ - २ उम्मेदवार

विपिनकुमार आचार्य

पुरुष , ३९ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
४३५५९ मत
विजयी
Profile
Profile

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दाङ–२ मा सहमहामन्त्री विपिन आचार्यलाई उम्मेदवार बनाएको छ । २०४६ सालमा तुलसीपुरको टरिगाउँमा जन्मिएका आचार्य बायोटेक इन्जिनियर हुन् ।

२०५८ सालमा दीपशिखा आवासीय विद्यालयबाट प्रवेशिका उत्तीर्ण गरेका उनले २०६६ सालमा भारतबाट बायोटेक इन्जिनियरिङको अध्ययन पूरा गरे । २०६९ सालमा व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका छन् । केही समय ग्यालेक्सी फोरके टिभीमा क्रिएटिभ डाइरेक्टरका रूपमा समेत काम गरेको अनुभव छ । 

२०७९ को चुनावमा बाचापत्र तयार पार्ने, विधानको ‘प्राइमरी फ्रेमवर्क’ बनाउने, मोबाइल एप निर्माणमा सक्रिय भूमिका खेले । रास्वपाका संस्थापक उनी सहमहामन्त्रीको जिम्मेवारीमा छन् । 

गत निर्वाचनमा यो क्षेत्रमा रास्वपाले समानुपातिकतर्फ १३ हजार ३३ मत प्राप्त गरेको थियो । प्रत्यक्षतर्फ रास्वपाका विशाल अधिकारी १५ हजार ८६१ मत सहित तेस्रो स्थानमा आएका थिए । 

२०७९ को चुनावमा प्रतिनिधि सभामा तत्कालीन नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी थिइन् भने एमाले महासचिव शंकर पोखरेल दोस्रो भएका थिए ।

आचार्यले संसदीय चुनावमा प्रतिस्पर्धा गर्न लागेको पहिलोपटक हो । आचार्यले यो क्षेत्रमा एमालेका महासचिव शंकर पोखरेल, कांग्रेसका किरणकिशोर घिमिरे र नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्य लगायतसँग प्रतिस्पर्धा गर्दैछन् । 

Battleground Analysis

अनुकूलता

  • युवा मतदातामाझ आकर्षण
  • पार्टीको केन्द्रीय स्रोत र साधन परिचालनमा सहजता
  • 'फ्रेस' र भिजनरी उम्मेदवार

प्रतिकूलता

  • स्थानीय स्तरका रास्वपा कार्यकर्ताहरूको असन्तुष्टि
  • ठूला दलको वर्षौँदेखिको सांगठनिक जालो
  • पत्नी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिनु
शिक्षा
स्नातकोत्तर
संसदीय अनुभव
पटकपटक प्रतिनिधिसभा सदस्य
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी

विपिनकुमार आचार्यको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

विपिनकुमार आचार्य
४३५५९
शंकर पोख्रेल नेकपा एमाले
१५२८७
किरणकिशोर घिमिरे नेपाली कांग्रेस
११५५८
VS