राष्ट्रिय नेताको छवि, जित दोहोर्याउने रहर
Battleground Analysis
अनुकूलता
- राष्ट्रिय नेताको छवि
- परराष्ट्र मन्त्री हुँदा कञ्चनपुरमा गरेका विकास निर्माण
- अनुभवी र उच्च कदको नेतृत्व
- शेरबहादुर देउवाको विश्वासपात्र
प्रतिकूलता
- "जितपछि हार" को प्रवृत्ति
- बदलिएको राजनीतिक परिस्थिति
- एक्लै लड्नुपर्ने अवस्था
राजनीतिक स्वभाव र शैली
देउवाका विश्वासपात्र
शेरबहादुर देउवाको राजनीतिक उदयदेखि नै उनको साथमा रहेर सुदूरपश्चिममा कांग्रेस र देउवा गुट बलियो बनाउन मुख्य भूमिका खेल्ने नेता। पार्टी विभाजन (२०५९) देखि एकीकरण र पछिल्ला महाधिवेशनहरूमा देउवाको 'कोर टिम' मा रहेर काम गरेको इतिहास।
अन्तर्राष्ट्रिय सम्बन्ध
परराष्ट्र मन्त्री हुँदा विभिन्न कूटनीतिक भ्रमण र 'हमास' को कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि गरेको पहलले उनको कूटनीतिक क्षमता उजागर गर्यो।
जुझारु विद्यार्थी नेता
पञ्चायतकालमा नेविसंघको अध्यक्ष (२०४८) भएर विद्यार्थी आन्दोलन हाँकेको र पटक–पटक जेल नेल भोगेको संघर्षशील पृष्ठभूमि।
जित र हारको शृंखला
चुनावमा 'एक पटक जित्ने र अर्को पटक हार्ने' रोचक शृंखला बनाएका नेता।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०५१ | कञ्चनपुर-२ | पराजित | ||||
| २०५६ | कञ्चनपुर-२ |
|
||||
| २०६४ | कञ्चनपुर-२ | देवीलाल चौधरी | १८२८४ | ११२०२ | ७०८२ | पराजित |
| २०७० | कञ्चनपुर-२ | तारा लामा तामाङ | ९६७६ | १३४१५ | ३७३९ |
|
| २०७४ | कञ्चनपुर-२ | नरबहादुर धामी | ३३२२० | २४८९३ | ८३२७ | पराजित |
| २०७९ | कञ्चनपुर-२ | नरबहादुर धामी | २१६८२ | २८१३६ | ६४५४ |
|
राजनीतिक टाइमलाइन
विद्यार्थी राजनीति
महेन्द्रनगर माविमा नेविसंघ इकाइ सचिवबाट राजनीति सुरु।
विद्यार्थी नेता
नेविसंघको केन्द्रीय सदस्य।
गिरफ्तारी
जनआन्दोलनमा सक्रिय र पटक–पटक गिरफ्तारी।
नेविसंघको नेतृत्वमा
नेविसंघको केन्द्रीय अध्यक्ष (२६ वर्षको उमेरमा)।
संसद छिर्ने असफल प्रयास
पहिलो संसदीय निर्वाचन (मध्यावधि) मा उम्मेदवार, तर पराजित।
राजकाजको अनुभव
कञ्चनपुरबाट सांसद निर्वाचित। शिक्षा राज्यमन्त्री।
विभाजनमा देउवासँगै
कांग्रेस विभाजन हुँदा देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय सदस्य।
संविधानसभा-२
कञ्चनपुरबाट निर्वाचित। सिंचाइ मन्त्री।
परराष्ट्रमन्त्री
प्रचण्ड नेतृत्वको सरकारमा परराष्ट्र मन्त्री।
'एक हारपछि जित' को शृंखला तोड्दै जित दोहोर्याउने चुनौती सहित कञ्चनपुर–२ मा उम्मेदवार।
नारायणप्रकाश साउदको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?







