Home Candidate प्रशान्त उप्रेती

होटल र पर्यटन क्षेत्रमा बामे सर्दै गरेका प्रशान्तको संसद् पुग्ने चाहना

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
प्रशान्त उप्रेती
मकवानपुर - २ उम्मेदवार

प्रशान्त उप्रेती

पुरुष , २५ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

प्रशान्तले पुराना र विगतमा पनि चुनाव जितेका नेताहरूले भन्दा बढी मतदाताको मत जित्नुपर्ने छ ।

०००

१० जेठ २०५७ सालमा मकवानपुरमा जन्मिएका प्रशान्त उप्रेती पेसाले पर्यटन उद्यमी हुन् । युवा उमेरमै होटल र पर्यटन क्षेत्रमा गरेको कार्यले उनलाई स्थानीयस्तरमा परिचित गराएको छ ।

पर्यटन व्यवस्थापनमा स्नातक गरेका उनले पढाइ र व्यवसाय एकसाथ अगाडि बढाएका युवा हुन् । हाल स्नातकोत्तर अध्ययनरत प्रशासन पढाइ र काम गर्दै गर्दा राज्यको नीतिसँग सन्तुष्ट हुन सकेनन् र राजनीतिमा जोडिए । देशको नीति सही भएपछि आम नागरिकको जीवन सहज हुने उनको विश्वास छ । यही विश्वास लिएर उनी संसदीय चुनावमा होमिएका हुन् ।

पर्यटन व्यवसाय छाडेर किन राजनीतिमा ? जवाफमा प्रशान्त भन्छन्, ‘हामीले हिजो सामाजिक मुद्दाहरूमा आवाज उठायौँ, विकृति विरुद्ध प्रश्न गर्‍यौं । तर जब ती प्रश्नहरू अनुत्तरित रहे, तब मलाई महसुस भयो कि केवल प्रश्न गरेर मात्र पुग्दैन, अब आफैँ उत्तर बन्नुपर्छ ।’

विकासका कामहरू भन्दा पनि सत्ता जोगाउने खेलमा समय खर्चिदा राज्यका अंगहरू कमजोर बनेको उनको बुझाइ छ ।

‘केवल सडक र पुल बन्नु विकास होइन । राज्यका संरचनाहरूलाई सही ढंगले सञ्चालन गर्ने र न्यायपूर्ण वितरण गर्ने कुरा महत्त्वपूर्ण हो,’ उनी भन्छन्, ‘राज्यका संस्थाहरू बलियो हुनु प्राथमिक सर्त हो ।’

शक्ति विकेन्द्रीकरण गर्ने गरी शासन सञ्चालन विकेन्द्रीकरण भए पनि व्यवहार केन्द्रिकृत जस्तो हुँदा मुलुकले विकासमा गति लिन नसकेको उनको बुझाइ छ ।

‘हामीले प्रशासनिक संघीयता त ल्यायौं, तर अधिकारको वास्तविक निक्षेपण अझै बाँकी छ,’ उनी थप्छन्, ‘शक्ति र पद भन्दा पनि नीति र सेवाको रूपमा बुझ्नुपर्छ ।’

संसदमा गन्ती नभएर गुणस्तरताको खोजीका निम्ति आफू उम्मेदवार उनको प्रशान्त बताउँछन् । ‘संसद्‍मा गएर केवल हात उठाउनु वा संख्या पुर्‍याउने होइन । जनभावनाको प्रतिनिधित्व गर्दै राष्ट्रहितका लागि कानुन निर्माण गर्न र सरकारलाई निरन्तर निगरानी गरि जवाफदेही बनाउने कुरामा अडिग रहन्छु ।’

प्रशान्त संविधानलाई संघर्षको प्रतिफल मान्छन् र संविधानको भावनाको रक्षाका लागि अडिग छन् । उनी भन्छन्, ‘यसका मूलभूत मान्यताहरूलाई संरक्षण गर्दै समायानुकूल जनआकांक्षा प्रतिविम्बित गर्नुपर्ने छ ।’

आर्थिक एजेन्डा उनको अर्को प्रमुख एजेन्डा हो । ‘झन्झटिलो कानुनी प्रक्रिया हटाएर सहज बनाउने उनको उद्देश्य छ । निजी क्षेत्रको सशक्तीकरण गर्ने, तुलनात्मक लाभका क्षेत्रहरू जस्तै: पर्यटन तथा जलस्रोत मार्फत देशको अर्थतन्त्र समृद्ध बनाउने र स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने उनको मार्गचित्र छ ।

स्थानीय मुद्दा र जनउत्तरदायित्वलाई नबिर्सने पनि उनको प्रतिबद्धता छ ।

चित्लाङ, मार्ख, राकसिराङ हुँदै पर्सा वन्यजन्तु आरक्षलाई टुरिजम करिडोरमार्फत जोडेर पर्यटनको विकास मार्फत गरिबी निवारण गर्न सकिने उनको विश्वास छ । ग्रामीण पर्यटन, कृषि पर्यटन, जातीय घरवास पर्यटन, पर्या पर्यटनको विकास उनको उदेश्य हो । मानव र वन्यजन्तुबीच देखिने द्वन्द्वको अन्त्यलाई उनले प्राथमिकतामा राखेका छन् ।

‘चेपाङ र वनकरिया जातिलाई राज्यको नीति निर्माणको क्षेत्रमा मूलप्रवाहीकरण र सशक्तीकरणका लागि आवश्यक नीति निर्माणको जरुरी छ,’ उनी भन्छन्’ गर्न सकिने धेरै छ ।’

आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत घोषणा भएको गणेशमान मार्गको थानकोट चित्लाङ सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरी निर्माण कार्य अघि बढाउन बजेट विनियोजन भएको थियो । यसको प्रगति संसद्मै खोज्ने उनको चाहना छ ।

यी सबै कार्यका लागि प्रशान्तले पुराना र विगतमा पनि चुनाव जितेका नेताहरूले भन्दा बढी मतदाताको मत जित्नुपर्ने छ । यो क्षेत्रबाट निवर्तमान प्रतिनिधिसभा सदस्य महेश बर्तौला उम्मेदवार छन् । नेपाली कम्युनिस्ट पार्टीबट पूर्वमेयर लवसेर विस्ट उम्मेदवार छन् । कांग्रेसबाट स्थानीय स्तरमा परिचित बुद्ध लामा चुनावी मैदानमा छन् । अन्य पार्टी र स्वतन्त्र समेत गरी मकवानपुर २ बाट २१ जना उम्मेदवार छन् ।

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • युवा र ताजा अनुहार
  • पर्यटन र आर्थिक एजेन्डा
  • सीमान्तकृत समुदायप्रति चासो

प्रतिकूलता

  • 'हेभिवेट' प्रतिस्पर्धीहरूको भिडन्त
  • सांगठनिक संरचनाको अभाव
  • मत विभाजनको जोखिम
शिक्षा
स्नातक
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी

प्रशान्त उप्रेतीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित