Home Candidate महेशकुमार बर्तौला

अपूरो संसदीय जिम्मेवारी पूरा गर्ने धोको

http://नेकपा%20एमाले
महेशकुमार बर्तौला
मकवानपुर - २ उम्मेदवार

महेशकुमार बर्तौला

पुरुष , ४३ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile Election History
Profile Election History

विद्यार्थी राजनीतिबाट उदाएका बर्तौलासँग पार्टी संगठन र संसदीय अभ्यासको अनुभव छ ।

०००

नेकपा एमालेबाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् महेश बर्तौला । एमाले केन्द्रीय सदस्य बर्तौला दोस्रो पटक उम्मेदवार बनेका हुन् ।

४३ वर्षीय बर्तौला मकवानपुरकै स्थायी बासिन्दा हुन् ।  विद्यार्थी राजनीतिबाट उदाएका उनी पार्टी संगठन र संसदीय अभ्यासको अनुभव उनीसँग छ ।

२०५३ सालमा कालिका माध्यमिक विद्यालय, नामटारमा कक्षा ७ मा अध्ययनरत रहँदै अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष बनेसँगै उनी सक्रिय राजनीतिमा प्रवेश गरे ।

बर्तौलाले अनेरास्ववियु मकवानपुर जिल्ला अध्यक्षका रूपमा दुई कार्यकाल जिम्मेवारी सम्हाले । मकवानपुर बहुमुखी क्याम्पसमा स्ववियु सदस्य हुँदै २०६२–२०६५ सालमा स्ववियु सभापतिको भूमिका निभाएका बर्तौला २०६५ सालमा अनेरास्ववियुको केन्द्रीय राजनीतिमा प्रवेश गरे ।

केन्द्रीय सदस्य, सचिव, उपाध्यक्ष हुँदै कार्यबाहक अध्यक्षसम्मको जिम्मेवारी निर्वाह गर्दै उनी राष्ट्रियस्तरको विद्यार्थी नेतृत्वमा स्थापित भए । स्वतन्त्र विद्यार्थी युनियन काउन्सिल नेपालका राष्ट्रिय अध्यक्षका रूपमा समेत उनले भूमिका निर्वाह गरे ।

विद्यार्थी राजनीतिसँगै बर्तौला २०६३ सालमै नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य बने । २०७६/२०७७ मा बागमती प्रदेश कमिटी सदस्य हुँदै उपमहासचिवको जिम्मेवारी पाए ।

एमाले–माओवादी एकताको समयमा बनेको नेकपामा केन्द्रीय सदस्य बने । २०८० सालमा एमालेबाट मनोनीत केन्द्रीय सदस्य बनेका बर्तौला २०८२ सालमा सम्पन्न एमाले ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य बने ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–२ बाट निर्वाचित बर्तौलाले संसद् भित्र महत्त्वपूर्ण जिम्मेवारी सम्हाले । एमाले सचेतक, मुख्य सचेतक हुँदै सरकारको प्रमुख सचेतकको भूमिकामा रहेर उनले संसदीय व्यवस्थापन र विधायकी प्रक्रियामा अनुभव हासिल गरे ।

कानुन, न्याय तथा मानव अधिकार समिति सदस्य तथा प्रतिनिधिसभा–राष्ट्रिय सभा संयुक्त समितिको सदस्यका रूपमा उनले कानुन निर्माण र संसदीय निगरानीमा सक्रिय भूमिका निर्वाह गरे ।

व्यवस्थापन र राजनीतिशास्त्रमा स्नातकोत्तर तथा विधिशास्त्र (एलएलबी) उत्तीर्ण बर्तौला नीति, कानुन र संसदीय प्रक्रियामा दख्खल राख्ने नेतामा पर्छन् ।

बर्तौलाले संयुक्त राष्ट्रसंघको महासभा (अमेरिका), अन्तर–संसदीय संघको सभा (जेनेभा), संसदीय अध्ययन भ्रमण (बेलायत) तथा चीन, भारतलगायत देशहरूमा विकास र राजनीतिक अध्ययन भ्रमण गरेका छन् ।

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • दृढ राजनीतिक अनुभव
  • शैक्षिक योग्यता र विधिक दख्खल
  • अन्तर्राष्ट्रिय अनुभव

प्रतिकूलता

  • स्थानीयसँगको साक्षात्कार कम
  • अत्यधिक परम्परागत पार्टी पृष्ठभूमि
  • प्रमुख नेतृत्व जिम्मेवारीमा केन्द्रित
शिक्षा
स्नातकोत्तर 
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्य (२०७९)
हालको दल
नेकपा एमाले

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मकवानपुर - २ विराेध खतिवडा (एस) ३०४३२ ३४९५० ४५१८ विजयी

महेशकुमार बर्तौलाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित