मेयरदेखि सांसदसम्मको यात्रा, अब तेस्रो संसदीय प्रतिस्पर्धा
Battleground Analysis
अनुकूलता
- लामो राजनीतिक पृष्ठभूमि
- नगरपालिका प्रमुखदेखि प्रतिनिधिसभा सदस्यसम्मको अनुभव
- भूगोलको ज्ञान, तल्लोतहका कार्यकर्तासम्म पहुँच
प्रतिकूलता
- बहुपक्षीय प्रतिस्पर्धा र मत विभाजन
- २०७९ को पराजयको मनोवैज्ञानिक दबाब
- वाममतको समर्थन जुटाउन प्राविधिक कठिनाइ हुनसक्ने
शिक्षा
एसएलसी
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्य (२०७४)
हालको दल
नेकपा एमाले
सरकारको अनुभव
मेयर, नारायण नगरपालिका दैलेख (२०५४)
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०७४ | दैलेख-१ | दीपककुमार शाही | १७२५२ | २३७७३ | ६५२१ |
|
| २०७९ | दैलेख-१ | अम्मरबहादुर थापा | १८२९७ | १७४४५ | ८५२ | पराजित |
राजनीतिक टाइमलाइन
२०४२
अनेरास्ववियु कमिटी सदस्य
बाँकेको नेपालगन्जमा रहेकाे महेन्द्र बहुमुखी क्याम्पस अध्ययनको क्रममा २०४२मा उनी अनेरास्ववियु कमिटी सदस्य बनेका थिए ।
२०४५
नेकपा (माले)मा आबद्ध
बहुदलीय व्यवस्था पुनर्स्थापनाको लागि आन्दोलन हुनुअघि २०४५ मा उनी नेकपा (माले) मा आबद्ध भए ।
२०४६
नगर कमिटी सदस्य
मालेमा आबद्ध भएको एक वर्षपछि २०४६ मा उनी नेकपा (माले) नेपालगन्जको नगर कमिटी सदस्य चुनिए ।
२०४७
दैलेख कार्यसमितिको संस्थापक सचिव
जनआन्दोलनपछि २०४७ मा उनले नेकपा (माले) दैलेख जिल्ला कार्यसमितिको संस्थापक सचिवको जिम्मेवारी पाए ।
२०५२
सचिवालय सदस्य
२०५२ मा एमाले दैलेख जिल्ला कार्यसमितिको सचिवालय सदस्य चुनिएका थिए ।
२०५४
नारायण नगरपालिका दैलेखको मेयर
बहुदल पुनस्थापनापछि २०५४ भएको दोस्रो स्थानीय चुनावमा उनी नारायण नगरपालिका दैलेखको मेयरमा निर्वाचित भए ।
२०७१
लेख जिल्ला पार्टी अध्यक्ष
२०७१ मा उनी दैलेख जिल्ला पार्टी अध्यक्ष निर्वाचित भए ।
२०७८
दोस्रो कार्यकाल अध्यक्ष
२०७८ मा उनी दोस्रो कार्यकालका लागि जिल्ला पार्टी अध्यक्षमा निर्वाचित भए ।
रवीन्द्रराज शर्माको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







