Home Candidate रेवतीरमण शर्मा घिमिरे

प्रतिनिधि सभामा पुग्ने तेस्रो प्रयास

http://नेकपा%20एमाले
रेवतीरमण शर्मा घिमिरे
दाङ - १ उम्मेदवार

रेवतीरमण शर्मा घिमिरे

पुरुष , ६८ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
६८२५ मत
Profile Election History
Profile Election History

विपक्षीहरू आफ्नै आन्तरिक किचलो र मत विभाजनमा रुमल्लिएका बेला, शर्माले एमालेको सांगठनिक मतलाई मात्र सुरक्षित राख्न सके भने प्रतिनिधि सभामा पुग्ने तेस्रो प्रयास सफल ठहरिने छ ।

०००

नेकपा (एमाले)को केन्द्रीय लेखा आयोगका सदस्य रेवतीरमण शर्मा घिमिरेको जन्म २०१४ सालमा लमही–६, खैरी देउखुरी दाङमा भएको हो । उनी २०३२ सालमा स्कूले जीवनमै अखिल विद्यार्थी संगठनमा आवद्ध भएका थिए ।

२०३५ सालमा अखिल विभाजनसँगै उनी अखिल छैटौंमा लागे । राजनीति र पढाइलाई सँगै अघि बढाएका शर्माले २०३९ सालमा अर्थशास्त्रमा स्नातकोत्तर गरे ।

२०४४ सालमा जिल्ला कार्यदल सदस्य मनोनीत भए । २०४७ पुस १ गते पार्टी सदस्यता प्राप्त गरे । त्यसपछि देउखुरी क्षेत्रको इलाका इन्चार्जको जिम्मेवारी पाए ।

२०५४ मा नेपालगञ्जमा आयोजित छैटौं महाधिवेशनबाट एमाले फुटेर माले बन्यो । दाङको ठूलो तप्का मालेतिर लाग्यो । शर्मा भने एमालेमै बसे । २०५४ सालमै जिल्ला सचिवालय सदस्य भए । २०५९ मा शर्मा जिल्ला कमिटी सचिव बने ।

२०६४ सालमा साविक राप्ती अञ्चल कमिटी सदस्य बने । १०औं महाधिवेशनबाट केन्द्रीय लेखा आयोग सदस्य निर्वाचित उनलाई ११औं महाधिवेशनले त्यही जिम्मेवारीमा दोहोर्‍यायो ।

२०५४ सालमा साविक चौलाही गाउँ विकास समितिको अध्यक्ष निर्वाचित भए । पाँच वर्ष गाविस अध्यक्षको जिम्मेवारी पूरा गरेपछि पार्टी संगठनमा फर्किए ।

दाङ–१ बाट २०६४ मा संविधानसभा सदस्यमा उठेका उनी माओवादी केन्द्रका इन्द्रजित थारूसँग पराजित भए । दोस्रो पटक संविधानसभामा पुग्ने प्रयासमा नेपाली कांग्रेसकी पार्वता डिसी चौधरी बाधक बनिन् ।

२०७० को चुनावमा पराजित भएपछि २०७४ मा दाङ क्षेत्र नम्बर १ को प्रदेश सभा (२) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिए । एमाले–माओवादी गठबन्धनबाट उम्मेदवारी दिएका उनले कांग्रेस उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरे ।

२०७९ मा सत्ता गठबन्धनका उम्मेदवारले जितेको यो क्षेत्रमा समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी मत पाएको थियो । दोस्रो बढी मत पाएको कांग्रेसको भन्दा एमालेको तीन हजार मत बढी थियो । तेस्रो स्थानको माओवादी र चौथो स्थानको रास्वपाको भन्दा एमालेले साढे ६ हजार मत बढी पाएको थियो । 

बेदाग र वौद्धिक छविका शर्मा प्रतिनिधि सभामा पुग्ने तेस्रो प्रयासमा छन् । उनीसँग कांग्रेसका योगेन्द्र चौधरी, नेकपाका मेटमणि चौधरी, रास्वपाका देवराज पाठक लगायत यो क्षेत्रमा शर्माका प्रतिस्पर्धी छन् । 

 

Battleground Analysis

अनुकूलता

  • लामो समय जिल्ला सचिव र इलाका इन्चार्ज भएर काम गरेको संगठित कार्यकर्ताको पङ्क्ति ।
  • एमाले विभाजनमा पनि विचलित नभएका निष्ठावान् नेता ।
  • गाविस अध्यक्ष र प्रदेश सभा सदस्यको अनुभव ।

प्रतिकूलता

  • २०७४ को जितमा माओवादीको समेत साथ, यसपटक एक्लै लड्दा साख जोगाउने चुनौती ।
  • थारू बहुल क्षेत्रमा पहाडे समुदायको उम्मेदवार ।
  • नयाँ पुस्ताका मतदाताको झुकाव नयाँ दलतिर ।
शिक्षा
स्नातकोत्तर
संसदीय अनुभव
लुम्बिनी प्रदेश सभा सदस्य
हालको दल
नेकपा एमाले

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
संविधानसभा सदस्य निर्वाचन २०६४ दाङ - १ इन्द्रजीत थारु (कांग्रेस) १८०९३ ४६९२ १३४०१ पराजित
संविधानसभा सदस्य निर्वाचन २०७० दाङ - १ पार्वता डीसी चौधरी (कांग्रेस) ८७१९ ७०७५ १६४४ पराजित
लुम्बिनी प्रदेश सभा निर्वाचन २०७४ दाङ - १ (१) जानकीलाल बस्नेत (कांग्रेस) १२७५३ १९३५४ ६६०१ विजयी

रेवतीरमण शर्मा घिमिरेको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित