Home Candidate सुनिलकुमार शर्मा

मेडिकल व्यावसायी पहिचान, तेस्रोपटक राजनीतिक प्रतिस्पर्धा

http://नेपाली%20कांग्रेस
सुनिलकुमार शर्मा
मोरङ - ३ उम्मेदवार

सुनिलकुमार शर्मा

पुरुष , ४८ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
२४३५४ मत
Profile
Profile

डा. सुनिल शर्मा नेपालको राजनीतिमा यस्ता पात्र हुन् जसले 'परोपकारी राजनीति' र 'व्यावसायिक प्रभाव' लाई निकै कुशलतापूर्वक मिसाएका छन्।

०००

नेपाली कांग्रेसका नेता कार्यकर्तालाई उक्त दलले सहज जित निकाल्ने क्षेत्र बारे जिज्ञासा राख्दा प्राय: ले भन्ने गर्छन्– मोरङ ३ । कांग्रेस उम्मेदवारले सहजै जित निकाल्न सक्ने गरी ढुक्क हुनुमा अघिल्लो निर्वाचनमा सुनिल शर्माले प्राप्त गरेको मत नै आधार हो ।

मेडिकल व्यवसायी समेत शर्माले २०७९ सालको निर्वाचनमा मोरङ–३ मा ‘लालकिल्ला’ भत्काइदिएका थिए । त्यो पनि फराकिलो मतान्तर सहित । गत निर्वाचनमा शर्माले ४८ हजार ६३१ मत प्राप्त गरेर निर्वाचित हुँदा एमाले उम्मेदवार भानुभक्त ढकालले २५ हजार ८९५ मत ल्याएका थिए । जबकी, २०७४ सालमा एमाले र माओवादी केन्द्र एकीकृत हुँदा उनै ढकालले कांग्रेसका उम्मेदवार शर्मालाई हराएका थिए ।

२०७९ को निर्वाचनमा शर्मासँगै चुनावी प्रतिस्पर्धामा राप्रपाबाट अभिनेत्री रेखा थापा पनि थिइन् । त्यसबेला थापाले तेस्रो स्थानको मत प्राप्त गर्दा रास्वपा चौथो शक्ति बनेको थियो ।

कांग्रेसलाई समानुपातिक तर्फको मतले पनि साथ दिएको थियो । समानुपातिकमा पहिलो शक्ति रहेको कांग्रेसको पक्षमा २९ हजार ८५९, एमालेका लागि समानुपातिकमा २५ हजार २८ खसेको थियो । रास्वपाले १४ हजार ४०८, राप्रपाले ९ हजार ३७२ मत त्यसबेला प्राप्त गरे ।

४८ वर्षीय शर्मालाई तेस्रोपटक उम्मेदवार बनाउन मोरङ–३ क्षेत्रीय समितिले उनको एकल सिफारिस गरेको थियो ।  यसपटक शर्माका लागि प्रतिस्पर्धी उम्मेदवारहरु नयाँ अनुहार छन् । दुईपटक शर्मासँग प्रतिस्पर्धा गरेका एमालेका ढकाल यो क्षेत्र छोडेर तेह्रथुम पुगेका छन् ।

शर्माको मुख्य शक्ति नै उनले सञ्चालन गरेको नोबेल मेडिकल कलेज हो। मोरङ-३ का मतदाताका लागि अस्पतालमा छुट्टै वार्ड, निःशुल्क वा सहुलियत उपचार र एम्बुलेन्स सेवा जस्ता कुराहरूले उनलाई एउटा "संकटको साथी" को रूपमा स्थापित गराएको छ। २०७९ को फराकिलो मतान्तर (करिब २३ हजार) यसैको प्रतिफल थियो।

एमालेबाट इरनकुमार राई, नेपाली कम्युनिष्ट पार्टीबाट डा. देउमान सम्वाहाङ्फे, रास्वपाबाट गणेश कार्की, राप्रपाबाट प्रेमप्रसाद सुवेदी उम्मेदवार छन् । मोरङ–३ मा दल र स्वतन्त्र गरी कूल २८ उम्मेदवार छन् ।

विराटनगरको नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका कांग्रेस उम्मेदवार शर्मा स्वास्थ्य उपचारमा सहुलियत दिने वचन सहित चुनावी ‘कार्ड’ फालिरहेका छन् । त्यही मुद्दा प्रयोग गरेर उनलाई ०७९ को प्रतिनिधिसभामा निर्वाचन जिते ।

चुनाव जितेपछि उनले मोरङ–३ का बिरामीका लागि नोबेल अस्पतालमा छुट्टै वार्ड बनाएका थिए । अहिले अस्पतालमा ‘होटलको जस्तै बेड बनाएर सेवा दिने’ आश्वासन बाँडिरहेका छन् ।

गत निर्वाचन पछि मोरङ–३ का मतदातालाई नोबेल अस्पतालमा सहुलियत उपचार गराएर आफ्नो मत स्थान बलियो बनाउने उनी लागिरहेका थिए ।

मेडिसिनमा स्नातक तहको अध्ययन सकेका शर्माले समय समयमा राख्ने विचारले विवादित पनि हुने गरेका छन् । संसदीय भूमिकामा पुगेका उनी पार्टीको केन्द्रिय समितिमा भने पुग्न सकेका छैनन् । विशेष महाधिवेशनको उद्घाट्नमा सहभागी उनी बन्द सत्र र नयाँ नेतृत्व चयनमा भने सहभागी भएनन् । 

यसपटक शर्माका पुराना प्रतिद्वन्द्वी भानुभक्त ढकाल मैदानमा छैनन्। एमालेले नयाँ अनुहार इरनकुमार राई लाई अघि सारेको छ भने रास्वपाबाट गणेश कार्की को उम्मेदवारीले युवा र वैचारिक मत तान्ने प्रयास गरिरहेको छ।

पछिल्लो समय भावी सभापति गगन थापा निर्विकल्प रहेको बताउँदै मत मागिरहेका छन् । पार्टीमा उनी नेता डा. शेखर कोइराला निकट व्यक्तिका रुपमा चिनिन्छन् ।

मोरङ ३ मा पथरी शनिश्चरे नगरपालिकाको १, २, ३ ४, ७, ८, ९ र र १०, कानेपोखरी गाउँपालिकाको ४,५, ६ र ७, बेलबारी नगरपालिकाको १, २, ३ ४, ८, ९, १० र ११ र सुन्दरहरैचा नगरपालिकाको वडा १, ८, ९, १०, ११ र १२ पर्दछन् ।

कांग्रेस कार्यकर्ताले भने जस्तो शर्माका लागि मोरङ–३ सहज हुन्छ की हुँदैन, निर्वाचनसम्म कुर्नै पर्छ ।

Battleground Analysis

अनुकूलता

  • अघिल्लो निर्वाचनको फराकिलो जित
  • 'नोबेल कार्ड' र स्वास्थ्य सेवाको राजनीति
  • समानुपातिक मतमा कांग्रेसको अग्रता

प्रतिकूलता

  • पार्टीभित्र सीमित भूमिका
  • समय–समयमा सार्वजनिक धारणा विवादित बन्दा छवि प्रभावित हुन सक्ने
  • नयाँ अनुहारको चुनौती

सुनिलकुमार शर्माको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

सुनिलकुमार शर्मा
२४३५४
गणेश कार्की राष्ट्रिय स्वतन्त्र पार्टी
३६९२४
अमिर मगर श्रम संस्कृति पार्टी
१६५०९
VS