Home Candidate सूर्यबहादुर भट्टराई

दुई कार्यकाल वडाध्यक्ष चलाएका भट्टराई संसद्को यात्रामा

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
सूर्यबहादुर भट्टराई
सुनसरी - १ उम्मेदवार

सूर्यबहादुर भट्टराई

पुरुष , ४२ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
६१८५ मत
Profile
Profile

भट्टराई २०७४ र २०७९ गरी दुई पटक धरान–१७ को वडाध्यक्ष भए । वडाध्यक्षको अनुभवले उनलाई राजनीतिमा परिपक्व नेतृत्वको रूपमा स्थापित गरायो ।

०००

माओवादीको सङ्घर्षबाट उदाएका नेता सूर्यवहादुर भट्टराई (मनोज) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट सुनसरी क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा उम्मेदवार छन् ।

८ मंसिर २०४० मा धरान–१७ मा जन्मेका भट्टराई २०७४ र २०७९ गरी दुई पटक धरान–१७ को वडाध्यक्ष भएका थिए ।

धरान-१७ मा दुई कार्यकाल वडाध्यक्षको अनुभवले उनलाई राजनीतिमा परिपक्व नेतृत्वको रूपमा स्थापित गरायो । यो कार्यकालमा उनले धरान-१७ को रेल्वे चोकलाई बगैँचासहितको ४ लेनको सडक तथा सरस्वती ढल तथा कोरिडोर निर्माण ६ करोड बजेट लगाउन पहल गरे ।

धरान भित्रकै एक मात्र शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र उनको वडामा स्थापना भएकाले त्यसलाई सञ्चालन र व्यवस्थापन गर्न पहल गरे । उनले वडाध्यक्ष भएवापत आउने सेवा-सुविधा नलिई राजस्वमा जम्मा गरिदिए ।

कोभिडको समयमा सचेत नागरिक समाज धरान-१७ सँगको सहकार्यमा खाद्यान्न वितरण, क्वारेन्टाइन केन्द्र स्थापना तथा अप्ठ्यारोमा परेका ३५० जनालाई ४६ दिनसम्म खाना खुवाए ।

वडाध्यक्ष भएपछि संस्थागत रूपले उनी खानेपानी व्यवस्थापन बोर्डको सदस्य बने । रेडक्रसमा समेत सक्रिय रहे । सुनसरी जिल्ला जुडो सङ्घको अध्यक्ष भए । धरान उपमहानगरपालिकाको प्रवक्ता बने अनि नेपाली कम्युनिस्ट पार्टी हुनु अगाडिको नेपाल कम्युनिस्ट पार्टी माओवादीमा प्रदेश सदस्य रहे ।

यतिबेला उनी प्रतिनिधिसभा उम्मेदवारको रूपमा चुनावी मैदानमा छन् । कामका आधारमा जनताले आफूलाई विश्वास गर्ने उनी बताउँछन् ।

उनी भन्छन्, ‘जनताको माया र सद्भाव अनि मेरो कामप्रतिको जवाफदेहिता मेरा जित्ने आधार हुन् ।’ प्रतिस्पर्धी उम्मेदवारहरूलाई गालीगलोज नगर्ने प्रतिबद्धता लिएर चुनावी मैदानमा उत्रिएका उनी धरानसँग वराहक्षेत्र र रामधुनीलाई सडक सञ्जालले जोड्न चाहन्छन् ।

धरान, वराहक्षेत्र र राम धुनीलाई धार्मिक रूपमा जोड्ने अर्को एजेन्डा पनि उनले प्रस्तुत गरेका छन् । धरान–१४ मा रहेको दन्तकाली, बुढासुब्बा र पिण्डेश्वर तथा धरान–२० मा रहेको विष्णुपादुका मन्दिरलाई वराहक्षेत्र नगरपालिकाको वराहक्षेत्र मन्दिर र रामधुनी नगरपालिकाको रामधुनी मन्दिरसँग जोडेर ‘स्पिरिचुवल कनेक्सन’ को प्रबर्द्धन गरी सुनसरी-१ लाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न चाहेको उनी बताउँछन् ।

सुनसरी-१ मा पहाड पनि छ, तराई पनि छ । आधुनिक शहर पनि छ र विकास नपुगेको गाउँ पनि छ । यही सेरोफेरोमा धरानसँग लिम्बुवानको इतिहाससँग जोडिएको विजयनारायण र सेनकालका भग्नावशेष दरबार क्षेत्रलाई पर्यटनसँग जोड्ने योजना पनि उनीसँग छ ।

उद्योग, शिक्षा र स्वास्थ्यलाई केन्द्रीय प्रविधि क्याम्पस, पूर्वाञ्चल इन्जिनियरिङ कलेज र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्तरोन्नति गरी शैक्षिक तथा स्वास्थ्य केन्द्रको थलो बनाउन सकिन्छ भन्ने उनको विश्वास छ ।

साहित्य, खेलकुद, सङ्गीत र नाट्य क्षेत्रको प्रबर्द्धनमा जोड दिने, खानेपानी अभाव तथा सुकुम्वासी समस्यालाई व्यवस्थापन गर्ने योजनासहित भट्टराई चुनावी मैदानमा रहेका छन् ।

धरान–लेउती बहुउद्देश्यीय सुरुङ मार्गलाई राष्ट्रिय गौरवको योजनामा समावेश गर्ने लक्ष्य पनि उनको छ, जुन सुरुङ मार्गबाट तमोरको पानी ल्याउने योजना पनि छ ।

 

 

Battleground Analysis

अनुकूलता

  • दुई कार्यकाल वडाध्यक्षको अनुभवले व्यवहारिक र परिपक्व नेतृत्वको छवि
  • सामाजिक उत्तरदायित्व बहनको सकारात्मक सन्देश
  • स्पष्ट विकास एजेन्डा

प्रतिकूलता

  • राष्ट्रिय मुद्दा र कूटनीतिक विषयमा सीमित अनुभव
  • कडा प्रतिस्पर्धा र दलीय समीकरण
  • महत्वाकांक्षी योजना कार्यान्वयनमा चुनौती

सूर्यबहादुर भट्टराईको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

सूर्यबहादुर भट्टराई
६१८५
हर्कराज राई श्रम संस्कृति पार्टी
३५७४१
गोमा तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी
२७२४९
VS