Home Candidate सूर्यबहादुर थापा

सिफारिसमा छुटाइएका थापा, ओलीले टिकट दिएपछि चुनावी मैदानमा

http://नेकपा%20एमाले
सूर्यबहादुर थापा
कैलाली - २ उम्मेदवार

सूर्यबहादुर थापा

पुरुष , ५८ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
७८८६ मत
Profile
Profile

क्षेत्रीय समन्वय कमिटीको सिफारिसमा नपर्दा पनि केन्द्रबाट अध्यक्ष केपी शर्मा ओलीले विश्वास गरेर टिकट दिएका थापाका लागि यो निर्वाचन आफ्नो राजनीतिक उचाई र पार्टीको निर्णय सही भएको पुष्टि गर्ने अवसर हो।

000

नेकपा एमाले कैलाली–२ को क्षेत्रीय समन्वय कमिटीले गत पुसमा उम्मेदवारका आकांक्षीको नाम सिफारिस गर्दा सुर्यबहादुर थापालाई छुटायो । कमला ओली, झपटबहादुर रावल र महादेव बजगाईं सिफारिस हुँदा छुटाएका थापाको नाम थपेर जिल्ला र प्रदेशले केन्द्रीय कमिटीमा पठाएको थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापालाई नै कैलाली–२ मा टिकट दिएपछि उनी अहिले चुनावी मैदानमा होमिएका छन् । व्यापार, सामाजिक सेवा र लामो राजनीतिक यात्राबाट स्थापित थापा दैलेखको आठबिस नगरपालिका–१ सातालामा १८ माघ २०२४ मा जन्मिएका हुन् । २०३८ सालमा थापाको परिवार बसाइँसराइ गरेर कैलालीको मोहन्याल–७ बाका आएको थियो ।

बाकामै सानो चिया पसलबाट व्यापार सुरु गरेका थापाले विस्तारै व्यापार व्यवसाय अभिबृद्धि गर्दै लगे । १९ वर्षको उमेरमा २०४३ सालमा बुवाको निधन भएपछि थापाले किशोरा अवस्थामै पारिवारिक जिम्मेवारी सम्हाल्नुपरेको थियो ।

व्यापार व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत आवद्ध रहेका थापाले २०४० सालको कर्णालीको बाढीले बाका खोलाको काठे पुल बगाएपछि अछामसहित कर्णाली प्रदेशका जिल्लासँगको सम्पर्क विच्छद भएको थियो । चार वर्षपछि  २०४४ सालमा थापाले ४५ हजार रुपैयाँ लगानी गरेर काठे पुल निर्माण गरेका थिए ।

पुल बनेपछि स्थानीयले सम्मान गरेपछि सामाजिक क्षेत्रमा लाग्ने प्रेरणा मिलेको उनी बताउँछन् । त्यसपछि नै उनी सक्रिय राजनीतिमा आएका थिए । थापा २०४८ सालमा एमालेमा आवद्ध भए । २०५१ सालमा संगठित सदस्यता प्राप्त गरेका उनले एमालेको विभिन्न कमिटीमा रहेर काम गरेका छन् ।

साबिक बलिया गाउँ कमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्य, स्कुल विभाग प्रमुख भएका थापा अहिले प्रदेश कमिटी सचिवालय सदस्यको भूमिकामा छन् । व्यवसायिक तथा सामाजिक क्षेत्रमा पनि उनको भूमिका उल्लेखनीय छ । कैलाली उद्योग वाणिज्य संघका सदस्य र लम्की उद्योग वाणिज्य संघ उपसमिति अध्यक्ष भएर पनि काम गरे ।

जेसीज लगायतका अन्य सामाजिक संघसंस्थामा पनि नेतृत्वदायी भूमिका निभाएका छन् । लम्की–राजकाँडा–कुइने–बाबियाचौर हुँदै कर्णाली राजमार्ग जोड्ने सडक, जंगलघाट र तुर्माखाद–मंगलसेन सडक निर्माण, कर्णालीमा पुल सर्वे तथा लम्की–खरौला सडक भन्सार स्थापना पहलजस्ता काममा उनले भूमिका खेलेका छन् ।

२०७४ सालमा जिल्ला समन्वय समिति कैलालीको प्रमुख बनेका थापाले पर्यटन प्रवर्द्धन गर्न ‘कैलाली भ्रमण वर्ष’ सञ्चालन गरी अभियान चलाएका थिए । कर्णाली नदीमा ८१ वटा र्याफ्टिङ जलयात्रा कार्यक्रममार्फत आन्तरिक पर्यटन प्रवर्द्धनमा भूमिका खेले ।

समन्वय समितिको प्रमुख हुँदा थापाले व्यक्तिगत सेवा–सुविधा लिएनन् । बरु सेवा सुविधा वापतको रकमले गरिब, टुहुरा र विपन्न बालबालिकालाई नि:शुल्क शैक्षिक सामग्री वितरण गरे । कोरोना महामारीका बेला समेत राहत तथा सहयोगमा सक्रिय रहे ।

व्यवसायी चन्द्र ढकालसँगको सहकार्यमा राजकाँडामा केबुलकार निर्माणको योजना सञ्चालन गरिरहेका थापाले कैलाली–२ को समग्र विकासका लागि मत मागिरहेका छन् । उनले पाँच वर्षमा पाँच हजार जनालाई रोजगारी दिने, क्षेत्रको भौतिक पूर्वाधारको विकास लगायतका मुद्दालाई प्राथमिकताका साथ उठाएका छन् ।

स्थानीय तहको मतभार

कैलाली क्षेत्र नम्बर २ मा बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिकाका साथै मोहन्याल गाउँपालिकाका ६ वडा र जानकी गाउँपालिकाका ४ वटा वडा पर्छन् । २०७९ को स्थानीय तहको नतिजालाई हेर्दा कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा एमाले सबभन्दा ठूलो दल हो ।

एमालेका वडाध्यक्ष उम्मेदवारहरुले पाएको मत १७ हजार ८८३ छ । कांग्रेसका वडाध्यक्षले पाएको मत १३ हजार १२१ छ । माओवादी केन्द्रले ७ हजार ९२० मत ल्याउँदा नागरिक उन्मुक्ति पार्टीले ५ हजार २४३ मत मात्रै पाएको देखिन्छ । यहाँ राप्रपाले २ हजार १५१, एकीकृत समाजवादीले २ हजार ०२१ र जसपाले ६०६ मत ल्याएको छ ।

Battleground Analysis

अनुकूलता

  • लोकप्रिय र त्यागी छवि
  • विकासप्रेमी र योजनाकार
  • व्यावसायिक र सामाजिक सञ्जाल

प्रतिकूलता

  • टिकट वितरणको असन्तुष्टि
  • बहुपक्षीय र कडा प्रतिस्पर्धा
  • बसाइँसराइ र 'नेटिभ' कार्ड

सूर्यबहादुर थापाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित