Home Candidate तिलबहादुर महत क्षेत्री

जित–हारको अनुभवसहित पुनः संसद्‌ यात्रामा महत

http://नेकपा%20एमाले
तिलबहादुर महत क्षेत्री
नवलपुर - २ उम्मेदवार

तिलबहादुर महत क्षेत्री

पुरुष , ६१ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile Election History
Profile Election History

नदी तटबन्धन, मध्यवर्ती क्षेत्रका समस्या र पर्यटन विकासलाई जोड्दै समृद्ध नवलपुर बनाउने योजनाका साथ आफू तेस्रो पटक चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ ।

०००

नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं नवलपुर जिल्ला इन्चार्ज तिलबहादुर महत क्षेत्री क्षेत्र नम्बर-२ का उम्मेदवार हुन् । २०२४ जेठ १२ गते गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर-२ मा जन्मिएका महत कावासोती नगरपालिका-३ का बासिन्दा हुन् ।

२०४२ सालमा बसाइ सरेर नवलपुरको कावासोती झरेका महतले कुमारवर्ती बहुमुखी क्यापस, कावासोतीबाट स्नातकसम्म अध्ययन गरेका छन् ।

अनेरास्ववियुबाट राजनीति सुरु गरेका उनी अनेरास्ववियु नवलपरासीको दुई पटक अध्यक्ष र केन्द्रीय कमिटी सदस्य भए । उनी दुई पटकसम्म जिल्ला कमिटी अध्यक्ष समेत भए ।

२०७० सालदेखि भने उनको केन्द्रीय तहको राजनीति सुरु भएको हो । २०७१ सालमा काठमाडौंमा भएको ९औं महाधिवेशनबाट उनी लुम्बिनी अञ्चल भूगोल तर्फबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित भए ।

२०७४ सालमा नेकपा एमाले र नेकपा माओवाली केन्द्र बीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पनि उनी केन्द्रीय कमिटी सदस्य नै बने । चितवनमा भएको १०औं राष्ट्रिय महाधिवेशनबाट उनी केन्द्रीय कमिटी सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज भए । ११औं महाधिवेशनबाट उनी पुनः केन्द्रीय कमिटी सदस्यका साथै नवलपुर जिल्ला इन्चार्ज भए ।

महत प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेस्रो पटक उम्मेदवार बनेका हुन् । २०७४ सालमा उनले नेपाली कांग्रेसका विष्णुकुमार कार्कीलाई पराजित गरे । ३९ हजार ५३ मत ल्याएर विजयी हुँदा महतका निकटतम प्रतिद्वन्दी कांग्रेसका कार्कीले ३७ हजार ७ सय २० मत ल्याएका थिए ।

त्यस्तै २०७९ सालमा भएको निर्वाचनमा उनी कार्कीसँग पराजित भए । कार्कीले ३६ हजार १ सय ३२ मत ल्याएर विजयी हुँदा उनले ३४ हजार १ सय १० मत ल्याएर दोस्रो भए ।

आफूले सुरु गरेका अधुरा कामहरू पूरा गर्न उम्मेदवारी दिएको उनी बताउँछन् । नदी तटबन्धन, मध्यवर्ती क्षेत्रका समस्या र पर्यटन विकासलाई जोड्दै समृद्ध नवलपुर बनाउने योजनाका साथ आफू तेस्रो पटक चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ ।

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • संगठनात्मक अनुभव र केन्द्रीय नेतृत्व
  • निर्वाचन जित–हार दुवैको अनुभव
  • विकासकेन्द्रित स्पष्ट एजेन्डा

प्रतिकूलता

  • अघिल्लो निर्वाचनको पराजयको प्रभाव
  • कांग्रेससँग कडा प्रतिस्पर्धा
  • तीस्रो पटकको अपेक्षा दबाब
शिक्षा
स्नातक
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्य (२०७४)
हालको दल
नेकपा एमाले

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ नवलपरासी (बर्दघाट सुस्तापूर्व) विष्णुकुमार कार्की (कांग्रेस) ३७७२० ३९०५३ १३३३ विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ नवलपरासी (बर्दघाट सुस्तापूर्व) विष्णुकुमार कार्की (कांग्रेस) 36132 34110 २०२२ पराजित

तिलबहादुर महत क्षेत्रीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित