Home Candidate योगेन्द्र लामा

पुरानो दल त्यागेर उज्यालो नेपाल बनाउन हिँडेका योगेन्द्र

http://उज्यालो%20नेपाल%20पार्टी
योगेन्द्र लामा
काभ्रे - १ उम्मेदवार

योगेन्द्र लामा

पुरुष , ३८ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
७४०३ मत
Profile
Profile

पुराना र ठूला दलहरूले आफ्ना कार्यकर्ता तथा आसेपासे मात्र पोसेको र भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाउँदै पार्टी परित्याग गरेका योगेन्द्र लामा उज्यालो नेपाल पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्।

०००

काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उज्यालो नेपाल पार्टीका उम्मेदवार योगेन्द्र लामा वैकल्पिक राजनीतिका प्रतिनिधि पात्रका रूपमा देखिन्छन् ।

२०४४ सालमा तेमाल गाउँपालिका–५, गिम्दीमा बुबा सिंगध्वज लामा र आमा म्हेन्दो रानी लामाको कोखबाट जन्मिएका लामा मध्यमवर्गीय परिवारमा हुर्किएका हुन् । उनी होटल तथा घरजग्गा व्यवसायमा संलग्न रहेका व्यवसायीसमेत हुन् ।

योगेन्द्र लामाको राजनीतिक यात्रा नेपाली कांग्रेसबाट सुरु भएको हो । २०६४ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएर उनी औपचारिक रूपमा राजनीतिमा प्रवेश गरे । तर दल भित्रको कार्यशैली र वैचारिक असन्तुष्टिका कारण उनी २०६९ सालमा कांग्रेस परित्याग गर्दै नेकपा माओवादीमा आबद्ध भए ।

माओवादी राजनीतिमा सक्रिय रहँदा उनले वाईसीएलको काभ्रे जिल्ला सदस्य, प्रदेश सदस्य हुँदै केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारी निर्वाह गरे, जसले उनलाई संगठनात्मक राजनीतिमा खारिन मद्दत गरेको छ ।

२०७४ सालमा नेकपा (माओवादी) र नेकपा (एमाले) बीचको पार्टी एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उनी प्रदेश सदस्यका रूपमा क्रियाशील रहे।

२०८१ सालसम्म उक्त पार्टीमा सक्रिय रहेका लामाले पछि पुराना र ठूला पार्टीहरूले आफ्ना कार्यकर्ता तथा आसेपासे मात्र पोस्ने र भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाउँदै पार्टी परित्याग गरे । यही असन्तुष्टिको पृष्ठभूमिमा उनी हाल उज्यालो नेपाल पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्।

सामाजिक कामको हिसाबले योगेन्द्र लामा विभिन्न समयमा आएको बाढी–पहिरोबाट प्रभावित बस्तीहरूमा पुगेर उद्धार तथा राहत सामग्री वितरणमा संलग्न भएको देखिन्छ ।

त्यसैगरी कोरोना महामारीका बेला स्वास्थ्य सामग्री वितरण जस्ता कार्यमा सक्रिय रहनुले उनलाई सामाजिक सेवामा चासो राख्ने व्यक्तिका रूपमा चिनाएको छ ।

'उज्यालो नेपाल' निर्माण गर्ने नारासहित उनी पुरानो राजनीतिक अभ्यासको विकल्प खोजिरहेका मतदातालाई लक्षित गर्दै चुनावी मैदानमा उत्रिएका छन्।

Battleground Analysis

अनुकूलता

  • वैकल्पिक राजनीतिक छवि
  • संगठन र सामाजिक सेवाको अनुभव
  • व्यावसायिक पृष्ठभूमि

प्रतिकूलता

  • दल परिवर्तनको इतिहास
  • संसदीय वा कार्यकारी अनुभवको अभाव
  • नयाँ दलको सीमित सांगठनिक शक्ति
हालको दल
उज्यालो नेपाल पार्टी

योगेन्द्र लामाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित