Home Candidate अमनकुमार मास्के

प्रदेश सभा छोडेर प्रतिनिधिसभातर्फ

http://नेकपा%20एमाले
अमनकुमार मास्के
काठमाडौं - ६ उम्मेदवार

अमनकुमार मास्के

पुरुष , ५३ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
४५१८ मत
Profile Election History
Profile Election History

नेकपा (एमाले)ले काठमाडौं–६ मा अमनकुमार मास्केलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । तारकेश्वर नगरपालिका–फुटुङ निवासी ५३ वर्षीय मास्के यसअघि काठमाडौं–६ (२) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर उनी संघीय संसद्को चुनावी मैदानमा उत्रिएका हुन् ।

स्थानीय तहमा राम्रो सम्बन्ध भएकाले उनलाई एमालेले उम्मेदवार बनाएको हो । बागमती प्रदेश सरकारमा उनी भौतिक पूर्वाधार विकास मन्त्री समेत बने । स्नातकोत्तर तह पूरा गरेका उनी एमालेका केन्द्रीय सदस्य हुन् ।

२०७९ मा प्रदेश सभामा चुनाव जितेको अनुभव उनी प्रतिनिधिसभा निर्वाचनमा प्रयोग गर्दैछन् । तर उनका प्रतिद्वन्द्वीहरू पनि अनुभवहीन चाहिं छैनन् ।

अघिल्लो चुनावका विजेता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल यही क्षेत्रका उम्मेदवार छन् । कांग्रेसबाट कृष्ण बानियाँ क्षेत्री, नेपाली कम्युनिस्ट पार्टीबाट हिमाल शर्मा, उज्यालो नेपाल पार्टीबाट वारिस धरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उद्धवराज भेटुवाल सहितका उम्मेदवार चुनावी मैदानमा छन् ।

काठमाडौं–६ मा ६७ हजार १४१ मतदाता छन् । २०७९ को निर्वाचनमा रास्वपाका खनाल १४ हजार २२१ मत सहित निर्वाचित हुँदा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९१७ र कांग्रेसका भीमसेनदास प्रधानले आठ हजार ८१२ भोट पाएका थिए ।

समानुपातिकमा रास्वपाले ११ हजार ९९६, एमालेले ८ हजार १९, कांग्रेसले ७ हजार ५७७, राप्रपाले ४ हजार ६१०, माओवादी केन्द्रले १ हजार ८०२ मत ल्याएको थियो ।

Battleground Analysis

अनुकूलता

  • हालैको राजकीय र प्रशासनिक अनुभव
  • स्थानीय 'रुट' र प्रभाव
  • पार्टीको सांगठनिक मत

प्रतिकूलता

  • साविक विजेताको चुनौती
  • बहुपक्षीय कडा प्रतिस्पर्धा
  • रास्वपा र नयाँ शक्तिको क्रेज
शिक्षा
स्नातकोत्तर 
हालको दल
नेकपा एमाले
सरकारको अनुभव
बागमती सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री (२०८१)

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
बागमती प्रदेश सभा सदस्य निर्वाचन २०७९ काठमाडौं ६ (२) विष्णुभक्त तिमिल्सिना (कांग्रेस) 6677 8066 १३८९ विजयी

अमनकुमार मास्केको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित