Home Candidate वंशलाल तामाङ

गाउँपालिका अध्यक्षबाट संसद्तर्फको यात्रामा

http://नेपाली%20कांग्रेस
वंशलाल तामाङ

वंशलाल तामाङ

पुरुष , ६२ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

वंशलाल लामो अमेरिका बसाइपछि नेपाल फर्किएर २०७४ सालमा इन्द्रावती गाउँपालिकाको अध्यक्ष बने । गगन थापा निकट उनै वंशलाल अहिले प्रतिनिधिसभा छिर्ने परीक्षामा छन् ।

०००

नेपाली कांग्रेसले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट इन्द्रवती गाउँपालिकाका पूर्वअध्यक्ष  वंशलाल तामाङलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।

६ भदौ २०२० मा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-४ मा जन्मिएका तामाङले स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् ।

प्रजातन्त्र, गणतन्त्र, आदिवासी जनजाति समुदायको अधिकार र सुशासनप्रति दृढ तामाङ २०४२ सालदेखि लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका छन् ।

संसदीय अनुभव नभए पनि राजनीतिक रूपमा उनी अनुभवी नेताका रूपमा चिनिन्छन् ।

खरो, तार्किक र स्पष्ट विचार राख्ने नेताका रूपमा परिचित तामाङले २०४६ तथा २०६२/०६३ का ऐतिहासिक जनआन्दोलनहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

लामो समय अमेरिका बसेका उनी त्यहाँको बसाइ त्यागेर २०७४ सालमा स्वदेश फर्किएका थिए । उनी त्यही वर्ष स्थानीय तहको निर्वाचनमा इन्द्रावती गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनी संगठन निर्माण र जनमुखी शासनका पक्षधर नेताका रूपमा परिचित छन् ।

उनी विभिन्न राजनीतिक आन्दोलनहरूमा पक्राउ परेर जेलजीवन समेत बिताएका नेता हुन् ।

तामाङ २०४२ सालमा नेपाली कांग्रेसद्वारा प्रजातन्त्र पुनर्स्थापनाका लागि आह्वान गरिएको सत्याग्रह कार्यक्रममा सहभागी हुँदा चारखाल अड्डा, डिल्लीबजारमा धर्ना दिने क्रममा उनी पक्राउ परेका थिए । त्यतिबेला धुलिखेल हुँदै चौतारा प्रहरी हिरासतमा ३० दिन बसे ।

उनी २०४६ सालको जनआन्दोलन पनि पटक-पटक पक्राउ परी प्रहरी हिरासतमा बसेका थिए ।

तामाङले २०६२/०६३ को जनआन्दोलनमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएको आन्दोलनमा बाग्मती अञ्चल आन्दोलन सम्पर्क समिति सदस्यका रूपमा सक्रिय सहभागिता जनाएका थिए । यस क्रममा करिब २० पटकभन्दा बढी प्रहरी हिरासत तथा लाठीचार्जबाट घाइते भएका थिए ।

राजनीतिक रूपमा पनि नेपाली कांग्रेसका भ्रातृ संस्था नेपाल विद्यार्थी संघको जिल्ला तहमा बसेर काम गरेका तामाङ, कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै उनी महासमिति सदस्यसम्म बनेका थिए । उनी नेपाल आदिवासी जनजाति संघको संस्थापक केन्द्रीय सदस्यसमेत हुन् ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनका पक्षमा खुलेर लागेका तामाङलाई पार्टी सभापति गगन थापाले तामाङलाई सिन्धुपाल्चोक-२ को टिकट दिएका हुन् ।

 

 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • लामो आन्दोलन अनुभव र जनआन्दोलनको पृष्ठभूमि
  • स्थानीय तहको कार्यकारी अनुभव
  • संगठन र नेतृत्व सञ्जाल

प्रतिकूलता

  • संसदीय अनुभवको अभाव
  • लामो विदेश बसाइको छवि
  • पार्टी भित्रको असन्तुष्टि वा गुटगत प्रभाव
हालको दल
नेपाली कांग्रेस

वंशलाल तामाङको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

निकटतम प्रतिद्वन्द्वी

वंशलाल तामाङ
शेरबहादुर तामाङ नेकपा एमाले
युवराज दुलाल नेपाली कम्युनिस्ट पार्टी
VS