Home Candidate शेरबहादुर तामाङ

तामाङका एजेन्डा- कृषि, शिक्षा, सुशासन र जलवायु न्याय

http://नेकपा%20एमाले
शेरबहादुर तामाङ

शेरबहादुर तामाङ

पुरुष , ५६ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

जनतासँग नजिक रहने, संसद्‌मा निर्भीक रूपमा आवाज उठाउने र विकास, सुशासन तथा जलवायु न्यायमा स्पष्ट दृष्टि राख्ने नेता तामाङ कृषि, शिक्षा र कानुनका विषयमा दख्खल राख्छन् ।

०००

नेकपा एमालेको तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको उम्मेदवार हुन् शेरबहादुर तामाङ  । उनी सिन्धुपाल्चोकको अनुभवी र प्रभावशाली राजनीतिज्ञ हुन् ।

मेलम्ची नगरपालिका-११ मा जन्मिएका तामाङले स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन् । मानवशास्त्रमा पीएचडी अध्ययनरत उनी इतिहास र कानुनमा पनि स्नातकोत्तर हुन् ।

२०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भई उनले संविधान निर्माण प्रक्रियामा सक्रिय भूमिका खेलेका थिए ।

तामाङले २०७४ को प्रतिनिधिसभा निर्वाचन जिते । त्यतिबेला निकटतम प्रतिद्वन्दी राप्रपाका केन्द्रीय अध्यक्ष पशुपति शमशेर जबरालाई पराजित गरेका थिए ।

अधिवक्तासमेत रहेका तामाङले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

त्यतिबेला उनले स्वास्थ्य तथा जनसंख्याको जिम्मेवारी १९ दिन मात्र सम्हालेका थिए । विवादास्पद अभिव्यक्तिका कारण छोटो समयमै स्वास्थ्य मन्त्रीबाट राजीनामा दिनुपरेको थियो ।

जनतासँग नजिक रहने, संसद्‌मा निर्भीक रूपमा आवाज उठाउने र विकास, सुशासन तथा जलवायु न्यायमा स्पष्ट दृष्टि राख्ने नेता तामाङ कृषि, शिक्षा र कानुनका विषयमा दख्खल राख्छन् । उनी समग्रमा विकासमुखी र अनुभवी राजनीतिक व्यक्तित्वका रूपमा चिनिन्छन् ।

एमाले उम्मेदवार तामाङले कृषिको आधुनिकीकरण गरी देशको आर्थिक विकासमा टेवा पुर्‍याउने बताउँदै आएका छन् । देशको विकासको लागि स्वच्छ र भ्रष्टाचार मुक्त प्रशासन, पूर्वाधार विकासको लागि लगानी जुटाउन भूमिका खेल्ने उनको योजना छ ।

अहिले तामाङ उम्मेदवार रहेको सिन्धुपाल्चोक-१ मा नेपाली कांग्रेसका वंशलाल तामाङ, नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल, राष्ट्रिय स्वतन्त्र पार्टीका झलकबहादुर श्रेष्ठलगायत उम्मेदवार छन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेत ३९ हजार ३८१ मत ल्याएर निर्वाचित भएका थिए । उनलाई तत्कालीन माओवादी केन्द्रले सघाएको थियो ।

दोस्रो नम्बरमा आएका एमालेका तामाङले २७ हजार ५१५ ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका माया गुरुङ २ हजार ४५३ मतमा सीमित भएकी थिइन् ।

 

 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • नीतिगत र कानुनी विषयमा बलियो पकड
  • शैक्षिक योग्यता र बौद्धिक छवि
  • विकासमुखी धारणा

प्रतिकूलता

  • विवादास्पद अभिव्यक्तिले विश्वसनीयतामा प्रश्न उठाउन सक्ने
  • पछिल्लो निर्वाचन परिणामको दबाब
  • धेरै दलको उपस्थितिले मत विभाजनको जोखिम
हालको दल
नेकपा एमाले

शेरबहादुर तामाङको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

निकटतम प्रतिद्वन्द्वी

शेरबहादुर तामाङ
वंशलाल तामाङ नेपाली कांग्रेस
युवराज दुलाल नेपाली कम्युनिस्ट पार्टी
VS