राष्ट्रिय राजनीतिमा प्रभुत्व पुनर्स्थापित गर्ने प्रयास
Battleground Analysis
अनुकूलता
- झन्डै चार दशकको संगठित अनुभव र बलियो ट्र्याक–रेकर्ड
- कांग्रेसमा बलियो संगठनात्मक जरा
- स्पष्ट वैचारिक र ऐतिहासिक लिगेसी, आन्दोलन र बहसमा स्थापित नाम
प्रतिकूलता
- पछिल्लो निर्वाचन–पराजय र 'कमब्याक'को दबाब
- युवा पुस्ता र परिवर्तन खोज्ने मतदातामा सीमित आकर्षण हुनसक्ने
- पार्टी भित्र सभापति गगन थापासँग टकरावको ताजा पृष्ठभूमि
राजनीतिक स्वभाव र शैली
विरासत र ब्राण्ड
गान्धीवादी नेता महेन्द्रनारायण निधिका पुत्र। २३ वर्षमै बीपी कोइरालाले नेविसंघ अध्यक्ष बनाएर 'प्रोजेक्सन' गरेका नेता। उनको राजनीतिमा पारिवारिक विरासत र लामो संघर्ष दुवै मिसिएको छ।
किङमेकरदेखि प्रतिस्पर्धीसम्म
शेरबहादुर देउवाका लामो समयका विश्वासपात्र र 'कठिनाइको साथी'। तर, १४औं महाधिवेशनमा सभापति लडेर देउवासँगै प्रतिस्पर्धा गरे।
सैद्धान्तिक अडान
सुशीला कार्की महाभियोग प्रकरणमा असहमति जनाउँदै गृहमन्त्रीबाट राजीनामा दिएर 'न्यायपालिकाको स्वतन्त्रता' को पक्षमा उभिएको इतिहास।
संस्थापन र नयाँ नेतृत्व
जेनजी आन्दोलनपछि विशेष महाधिवेशनको विपक्षमा उभिए पनि गगन थापा सभापति बनेपछि पार्टीको निर्णय स्वीकारेर टिकट लिई मैदानमा आउनुले उनको 'लोकतान्त्रिक संस्कार' देखाउँछ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०५१ | धनुषा-४ | कृष्णप्रताप मल्ल | १६,५६३ | २१,३४० | ४,७७७ |
|
| २०६४ | धनुषा-४ | हरिदेव मण्डल | ९९३६ | १५५८२ | ५६४६ |
|
| २०७० | धनुषा-३ | जुली कुमारी महतो | १३५३९ | १५०३१ | १४९२ |
|
| २०७४ | धनुषा-३ | राजेन्द्र महतो | ३०७५० | २७८४७ | २९०३ | पराजित |
| २०७९ | समानुपातिक |
|
राजनीतिक टाइमलाइन
विद्यार्थी राजनीति
१४ वर्षको उमेरदेखि विद्यार्थी राजनीति।
२३ वर्षमै नेविसंघ नेतृत्व
२३ वर्षको उमेरमा नेविसंघको केन्द्रीय अध्यक्ष (बीपी कोइरालाद्वारा मनोनित)। जनमत संग्रहमा बहुदलको पक्षमा नेतृत्व।
सांसद, केन्द्रीय नेता हुँदै मन्त्रीसम्म
२०५१: धनुषा–४ बाट पहिलो पटक सांसद निर्वाचित। २०५२: सामान्य प्रशासन मन्त्री। २०५३: कांग्रेस केन्द्रीय सदस्य (देउवा/वाग्ले प्यानलबाट)।
शिक्षा मन्त्री।
पटकपटक अवसर पाएका निधिले शिक्षा मन्त्री बन्ने अवसर पाए ।
विभाजनसँगै बढुवा
नेपाली कांग्रेस (प्रजातान्त्रिक) को महामन्त्री।
दुवै संविधानसभामा विजय
२०६४ (संविधानसभा-१): धनुषा–३ बाट विजयी। २०७० (संविधानसभा-२): धनुषा–३ बाट विजयी। भौतिक पूर्वाधार मन्त्री।
उपप्रधान
उपप्रधान तथा गृहमन्त्री (प्रचण्ड सरकार)।
चुनावमा पराजय, पार्टीमा जय
२०७४: धनुषा–३ मा राजेन्द्र महतोसँग पराजित। २०७५: नेपाली कांग्रेसको उपसभापति। २०७९: समानुपातिक प्रणालीबाट सांसद।
सभापतिमा पराजय
कांग्रेस सभापतिको उम्मेदवार । दोस्रो चरणमा देउवालाई समर्थन गरे ।
विमलेन्द्र निधिको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?






