लामो राजनीतिक त्यागपछि चुनावी मैदान
Battleground Analysis
अनुकूलता
- लामो राजनीतिक यात्रा र अनुभवः पञ्चायतकालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय, महासमिति सदस्य र पूर्वजिल्ला उपसभापति हुँदै दीर्घ संगठनात्मक अनुभव बटुलेका छन् ।
- वैचारिक निष्ठा र स्पष्ट वक्ताः कांग्रेसको लोकतान्त्रिक मूल्यप्रति निष्ठावान, सिद्धान्त र नीतिबारे स्पष्ट धार लिने, नझुक्ने स्वभावले ‘निष्ठावान र इमानदार’ नेता भनेर चिनिन्छन्।
- स्थानीय विकासमा सक्रियता र जडानः कुलो, बाँध, पैनी, खानेपानी, विद्युत्, बाटाघाटा, कल्भर्ट, पुल, विद्यालय, कलेज र स्वास्थ्य पूर्वाधार निर्माणमा सक्रिय भूमिका खेलेको दाबीले स्थलगत काम गरेको नेता भनेर स्थानीयमा परिचित छन्।
प्रतिकूलता
- निर्वाचन अनुभवको अभावः पहिलो पटक प्रतिनिधिसभामा प्रतिस्पर्धामा भएकाले चुनाव व्यवस्थापन, बुथ-नेटवर्क, प्रचार रणनीति जस्ता व्यावहारिक पक्षमा प्रत्यक्ष प्रतिस्पर्धीहरू जति ‘टेस्टेड’ नभएको ।
- आन्तरिक राजनीतिमा कम लचक र सिधा बोलीः आन्तरिक राजनीतिक समीकरणमा लचकता नअपनाउने स्वभावले गुट सन्तुलन, सहकार्य, गठबन्धन राजनीतिक संयोजन कमजोर हुनसक्ने ।
- कडा प्रतिस्पर्धीबीच चुनौतीपूर्ण मैदानः पूर्वरक्षा मन्त्री हरि उप्रेती, शक्तिशाली कम्युनिस्ट नेता नारायणकाजी श्रेष्ठ र २०७९ मा सानो मतान्तरले हारेका नरेन्द्र साह कलवारसँग सिधा प्रतिस्पर्धाको सामना गर्नुपरेको छ ।
शिक्षा
स्नातक
हालको दल
नेपाली कांग्रेस
विनोदकुमार खनालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







