Home Candidate दीपकबहादुर धामी

अखिल अध्यक्ष दीपक धामी: पुरानो दलका नयाँ अनुहार

http://नेकपा%20एमाले
दीपकबहादुर धामी
डोटी - १ उम्मेदवार

दीपकबहादुर धामी

पुरुष , ३२ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१४११० मत
Profile
Profile

दीपक धामीका लागि यो निर्वाचन "पुस्तान्तरण र नयाँ आशा" को परीक्षण हो। डोटीका पाका नेताहरूको अनुभव र धामीको युवा जोसमध्ये मतदाताले कसलाई रोज्छन्, त्यो फागुन २१ को नतिजाले देखाउनेछ।

०००

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डोटीमा नेकपा एमालेबाट दीपक धामी प्रतिस्पर्धामा छन् । ३२ वर्षीय धामी नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टीका पाका उम्मेदवारसँग प्रतिस्पर्धा गर्न मैदानमा आएका छन् ।

२०५० सालमा शिखर नगरपालिका–१० (साविक बन्लेक गाउँ विकास समिति) मा जन्मिएका धामी १३ वर्षको उमेरमै विद्यार्थी राजनीतिसँग जोडिएका थिए । शिखर नगरपालिका–९, उच्चाकोटमा रहेको सिताराम माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्दै गर्दा उनी एमालेनिकट अनेरास्ववियुको विद्यालय कमिटी सदस्य भएका थिए ।

विद्यालय तहको शिक्षा पूरा गरेपश्चात स्वास्थ्य शिक्षा (स्वास्थ्य सहायक) पढ्न सुरु गरेका धामी आफू पढ्ने क्याम्पसमा दुई कार्यकाल अनेरास्ववियु क्याम्पस कमिटीको अध्यक्ष भए । जनस्वास्थ्य विषयमा स्नातक गर्दा उनी स्तुपा कलेजमा स्ववियु सभापति चुनिएका थिए । विद्यार्थी राजनीतिमा निरन्तर सक्रिय धामी सीटीईभीटी कमिटीको अध्यक्ष हुँदै अनेरास्ववियुको २२औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य निर्वाचित भए ।

एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा सबैभन्दा कान्छा महाधिवेशन प्रतिनिधि भनेर चिनिएका धामी अनेरास्ववियुको केन्द्रीय कमिटी सचिव हुँदै २४औं राष्ट्रिय सम्मेलनबाट महासचिवमा चुनिएका थिए । गत भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि अध्यक्षले राजीनामा दिँदा उनी अध्यक्ष भएका छन् ।

उनले युवा मतलाई एकमुष्ट आफ्नो पक्षमा पार्न सके र एमालेको संगठनलाई पूर्ण रूपमा परिचालन गर्न सके भने डोटीको संसदीय इतिहासमा नयाँ अध्याय थपिन सक्छ।

युवा विद्यार्थीहरूबीच लोकप्रिय छवि बनाएका धामी संसदीय राजनीतिमा भने पहिलोपटक प्रतिस्पर्धा गर्दैछन् । ‘सानै उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय भएर शैक्षिक सवालहरूलाई केन्द्रसम्म उठाउँदै आइयो’ राजनीतिशास्त्रबाट स्नातकोत्तर र कानुनबाट स्नातकसमेत गरेका धामी भन्छन्, ‘अहिले डोटेली जनताको प्रतिनिधि भएर नीति निर्माण तहमा आवाज उठाउनको लागि प्रतिस्पर्धामा छु ।’

धामीका चुनावी एजेण्डा

चुनावको समयमा जनतालाई धेरै आश्वासन नबाँड्ने धामीको भनाइ छ । उनी भन्छन्, ‘जिल्लाभित्रका जल्दाबल्दा समस्याहरूको पहिचान गरी ती विषयहरू समाधान गर्न निरन्तर लाग्नेछु ।’ उनले आफूले देखेको पहिलो महत्वपूर्ण योजना धनगढी–दिपायल–चैनपुर–उरैभञ्ज्याङ द्रुतमार्ग रहेको बताए ।

‘यो दु्रतमार्ग डोटीको लाइफलाइन हो, तर २०६५ सालदेखि निर्माण हुन लागेको यो दु्रतमार्गको अझै पनि दिपायलसम्म राम्रोसँग ट्रयाक जोडिएको छैन,’ उनले भने ‘यसलाई विशेष प्राथमिकतामा राख्नुपर्ने छ ।’ उनी विगतका निर्वाचनमा धेरैले यस द्रुतमार्गका लागि वाचा गर्दै भोट माग्दै गरेको तर बाचा कसैले पनि पूरा नगरेका कारण जनताले चुनावी बाचामा विश्वास गर्न छोडेको बताउँछन् ।

१३ वर्षको उमेरदेखि अनेरास्ववियुमा आबद्ध भई महासचिव र अध्यक्षसम्मको जिम्मेवारी सम्हालेकाले उनीसँग संगठन परिचालन गर्ने उच्च क्षमता छ।

‘देश संघीय संरचनामा गएपछि राणाकालदेखि नै राजनीतिक प्रशासनिक केन्द्र रहेको डोटीले ठूलो क्षति भोगेको छ,’ धामी भन्छन्, ‘हरेक दृष्टिकोणले दिपायलमै राजधानी हुनुपर्ने थियो, तर त्यो खोसिएपछि जनतामा नैराश्यता छाएको छ ।’

राजधानी फर्काउने हैसियत आफूसँग नभएको बताउँदै धामीले तर जिल्लाको आर्थिक सामाजिक विकासका लागि प्रयास गर्ने बताउँछन् । बदलिँदो राजनीतिक परिवेशले युवा प्रतिनिधि खोजिरहेको अवस्था आफ्नो उम्मेदवारी अर्थपूर्ण रहेको उनी बताउँछन् ।

Battleground Analysis

अनुकूलता

  • युवा र जोसिलो नेतृत्व
  • विद्यार्थी राजनीति र सांगठनिक अनुभव
  • एमालेको 'कोर' संगठन

प्रतिकूलता

  • पाका र अनुभवी प्रतिस्पर्धी
  • पहिलो संसदीय अनुभव
  • सत्ताविरोधी भावना

दीपकबहादुर धामीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित