Home Candidate भरतबहादुर खड्का

प्रत्यक्ष जनमत लिएर संसद छिर्ने धोको

http://नेपाली%20कांग्रेस
भरतबहादुर खड्का
डोटी - १ उम्मेदवार

भरतबहादुर खड्का

पुरुष , ६८ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१४८९७ मत
विजयी
Profile Election History
Profile Election History

२०१६ सालमा साविकको खिरसैन गाविसमा जन्मिएका भरतबहादुर खड्का पूर्वीचौकी गाउँपालिका–१ फुलौट, डोटीका स्थायी बासिन्दा हुन्। २०३२ सालदेखि नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन (नेविसंघ) बाट राजनीतिक यात्रा प्रारम्भ गरेका उनले स्नातक तहसम्म अध्ययन गरेका छन्।

२०३६ सालको जनमत सङ्ग्रहमा पूर्वमन्त्री शिवराज पन्तको टोलीमा रहेर बहुदलको पक्षमा प्रचार गरेका खड्का नेविसंघको डोटी क्याम्पस इकाई कमिटी उपसभापति पनि थिए। उनले २०३९ सालमा स्नातक तहको औपचारिक शिक्षा पूरा गरे।

खड्काको जनप्रतिनिधि हुने यात्रा २०३९ सालदेखि सुरु भयो। उनी २०३९ सालको गाउँ पञ्चायत चुनावबाट २३ वर्षकै उमेरमा साविक खिरसैन गाउँ पञ्चायतको प्रधानपञ्च बने। २०४४ सालमा डोटी जिल्ला पञ्चायतको सभापति भएका खड्का बहुदलपछि कांग्रेसमै सक्रिय भए। २०४९ सालको स्थानीय निकायको निर्वाचनमा उनी जिल्ला विकास समिति उपसभापति छानिए।

२०५४ सालमा खड्काले फेरि जिल्ला विकास समितिको सभापतिमा बाजी मारे। २०६२/०६३ सालको जनआन्दोलनपछिको गणतन्त्रात्मक व्यवस्थामा पनि खड्का शक्तिमै रहे।

२०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा खड्काको नाम समानुपातिकको सूचीमा थियो। त्यसबेला कांग्रेसअनुकूल मत परिणाम नआएपछि खड्काको पहिलो संसदीय यात्रामा ‘ब्रेक’ लाग्यो। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा खड्का समानुपातिकतर्फ संविधानसभा सदस्य चुनिए।

२०७४ साल मङ्सिर २१ गते भएको निर्वाचनमा उनी डोटी–१ (१) बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भए। खड्का तत्कालीन वाम गठबन्धनका उम्मेदवार चक्रबहादुर मल्ललाई ६१४ मतले हराउँदै विजयी भए। उनले १७ हजार ४०६ मत पाउँदा मल्लले १६ हजार ७९२ मै चित्त बुझाउनुपर्‍यो।

प्रतिनिधिसभा निर्वाचन–२०७९ मा खड्का प्रतिनिधिसभाका लागि दाबेदार थिए। तर, चुनावी गठबन्धनका कारण डोटी तत्कालीन नेकपा एकीकृत समाजवादीको भागमा पर्यो। चुनावी तालमेलका क्रममा कांग्रेसको भागमा परेको प्रदेशसभा क्षेत्र–१ को सिट पनि कांग्रेसले जोगाउन सकेन।

पछिल्लो समय कांग्रेसमा भएको नेतृत्व परिवर्तनले खड्कालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न सहज बनायो। विशेष महाधिवेशनको पक्षमा खुलेका खड्कालाई नवनिर्वाचित सभापति गगनकुमार थापाले उम्मेदवार बनाएर डोटी पठाए।
आसन्न निर्वाचनमा उनी नेकपा एमालेका दीपक धामी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का त्रिलोचन भट्ट र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्रबहादुर खड्कासँग चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिनिधिसभा निर्वाचन–२०७९ मा डोटीबाट तत्कालीन नेकपा एकीकृत समाजवादीबाट प्रेमबहादुर आले २७ हजार २१० मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी गौरीकुमारी ओली (नेकपा एमाले) ले २३ हजार ४ मत पाएकी थिइन्। नेपाली कांग्रेसबाट विद्रोह गरेका स्वतन्त्र उम्मेदवार नरेन्द्रबहादुर खड्काले ६ हजार ६८९ मत प्राप्त गरेका थिए।

Battleground Analysis

अनुकूलता

  • निरन्तरको जनसम्बन्ध र अनुभव
  • वाम लहरमा पनि जित्ने क्षमता
  • सहानुभूति र पार्टीको साथ

प्रतिकूलता

  • पुराना अनुहारविरुद्धको जनमत
  • रास्वपाको उम्मेदवारबाट भोट काटिने डर
  • प्रतिस्पर्धीको शक्ति
शिक्षा
स्नातक
संसदीय अनुभव
संविधानसभा सदस्य (२०७०), सुदूरपश्चिम प्रदेश सभा सदस्य (२०७४)
हालको दल
नेपाली कांग्रेस

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७० डोटी-१ समानुपातिक विजयी
२०७४ डोटी-१ (१) चक्रबहादुर मल्ल १६७९२ १७४०६ ६१४ विजयी

भरतबहादुर खड्काको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित