Home Candidate त्रिलोचन भट्ट

मुख्यमन्त्रीपछि प्रतिनिधिसभातिर नजर

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
त्रिलोचन भट्ट
डोटी - १ उम्मेदवार

त्रिलोचन भट्ट

पुरुष , ५६ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

संविधानले परिकल्पना गरेअनुसार मुलुकलाई सङ्घीयतामा लैजान २०७४ मा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भयो। मुलुक सङ्घीयतामा गएसँगै सुदूरपश्चिम प्रदेशले नेकपा माओवादी केन्द्रबाट विजयी प्रदेशसभा सदस्य त्रिलोचन भट्टलाई पहिलो मुख्यमन्त्रीका रूपमा पायो।

स्वदेशमा रोजगारी नपाएपछि छिमेकी मुलुक भारतमा काम गर्न गएका भट्ट सुदूरपश्चिमको पहिलो मुख्यमन्त्री बनेपछि उनले नयाँ उपमा पाए– ‘चौकीदार मुख्यमन्त्री’।

उनै ‘चौकीदार मुख्यमन्त्री’ भट्ट प्रतिनिधिसभा निर्वाचन–२०८२ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट डोटीमा उम्मेदवार बनेका छन्। उनलाई नेकपाले प्रत्यक्षतर्फको उम्मेदवार बनाएको हो।

डोटीको केआईसिंह गाउँपालिका–५ स्थायी बसोबास भएका भट्टको जन्म २०३६ साल जेठ ७ गते भएको हो। घरको आर्थिक अवस्था कमजोर भएका कारण कलिलै उमेरमा रोजगारीका लागि भारत गएका भट्टले २०४७ मा ‘अखिल भारत नेपाली एकता समाज’ को साधारण सदस्यता लिएका थिए। २०४८ असारमा सङ्गठनको मुम्बई एरिया कोषाध्यक्षमा चुनिएका उनी २०४९ जेठमा नेकपा (एकता केन्द्र) को पार्टी सदस्य बने। एकता केन्द्र हुँदै उनी तत्कालीन नेकपा माओवादीमा आबद्ध भए।

माओवादीले सशस्त्र सङ्घर्षको तयारी गरिरहँदा भट्टले आन्तरिक रूपले युद्धको तयारीका लागि भारतमै आर्थिक सङ्कलन र व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए। २०५७ असार ५ गते माओवादीको जिल्ला सदस्य भएपछि उनी भारतको चौकीदारी छाडेर पूर्णकालीन युद्धमा होमिएका थिए।

२०६१ मङ्सिरमा प्रवासबाट स्वदेश फर्किएका भट्टले २०६२ मा डोटीमा जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हालेका थिए। २०६३ मा डोटी जिल्ला सह–इन्चार्ज बनेका उनी २०७३ मा माओवादी केन्द्रको केन्द्रीय सदस्य र २०७४ देखि पोलिटब्युरो सदस्य भए। तत्पश्चात् उनी २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा उत्रिएका थिए।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा उनी डोटी १ (२) बाट १६ हजार ९१ मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका योगेन्द्रबहादुर शाहीले १३ हजार ४९५ मत पाएका थिए।

प्रतिनिधिसभा निर्वाचन–२०७९ मा डोटीबाट तत्कालीन नेकपा एकीकृत समाजवादीबाट प्रेमबहादुर आले २७ हजार २१० मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी गौरीकुमारी ओली (नेकपा एमाले) ले २३ हजार ४ मत पाएकी थिइन्। नेपाली कांग्रेसबाट विद्रोह गरेका स्वतन्त्र उम्मेदवार नरेन्द्रबहादुर खड्काले ६ हजार ६८९ मत प्राप्त गरेका थिए।

तत्कालीन निर्वाचनमा एकीकृत समाजवादीका आलेलाई भट्ट आबद्ध तत्कालीन माओवादी र नेपाली कांग्रेसको समर्थन थियो। यसपल्ट एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता भएर ‘नेकपा’ गठन भएको सन्दर्भमा डोटीमा भट्टलाई पार्टीले प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उतार्ने भएपछि साविक विजेता आले कैलाली–५ मा झरेका छन्।

आसन्न निर्वाचनमा भट्टको प्रतिस्पर्धा नेपाली कांग्रेसका भरतबहादुर खड्का, एमालेका दीपक धामी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्रबहादुर खड्कासँग हुँदै छ। नरेन्द्रबहादुर खड्का अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार थिए।

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • मुख्यमन्त्रीको अनुभव र व्यक्तित्व
  • भुइँमान्छेको पहिचान
  • वाम एकताको लाभ

प्रतिकूलता

  • कार्यकालको समीक्षा
  • प्रतिस्पर्धीको चुनौती
  • क्षेत्र र भूमिका परिवर्तन

त्रिलोचन भट्टको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित