Home Candidate गोपाल शर्मा

प्रभाकरका विश्वासपात्र आफैं मैदानमा

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
गोपाल शर्मा
रूकुम पश्चिम - १ उम्मेदवार

गोपाल शर्मा

पुरुष , ४८ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
२१६०९ मत
विजयी
Profile Timeline
Profile Timeline

‘ब्याक बोन’ बनेर जनार्दन शर्मालाई सघाउँदै आएका गोपाल शर्मा यसपटक जनार्दनसँगै चुनावी भिडन्तमा छन् ।

०००

१२ पुस २०३४ मा चौरजहारी नगरपालिका–५ रुकुमपश्चिममा जन्मिएका गोपाल शर्मा ‘अनल’ कलिलै उमेरमा राजनीतिमा लागेका व्यक्ति हुन् । विद्यार्थी राजनीतिबाट अगाडि बढेका उनी २०४६ सालमा चौरजहारीस्थित शीतल माध्यामिक विद्यालयको सह–इकाई कमिटीको सह–सचिव बनेका थिए ।  त्यसको दुई वर्षपछि, २०४८ मा सोही विद्यालयको अनेरास्ववियुको इकाइ अध्यक्ष बने । गोपाल २०५१ सालमा अनेरास्ववियुको रुकुम जिल्ला कमिटी सदस्य भए ।

विद्यार्थी सङ्गठनबाटै नेतृत्वमा उदाएका गोपालले २०५३ सालमा अनेरास्ववियु रुकुम जिल्ला अध्यक्षको जिम्मेवारी पाए । त्यसपछि २०५४ मा केन्द्रीय सदस्य तथा राप्ती अञ्चल इन्चार्ज हुँदै २०५६ सालमा अखिल (क्रान्तिकारी) को केन्द्रीय समिति उपाध्यक्ष र पश्चिम उपकेन्द्र इञ्चार्ज बने ।

राजनीतिक रूपमा पार्टी तहमा सक्रिय गोपालले २०५३ सालमै नेकपा (माओवादी) को सदस्यता लिएका थिए । २०५६ मा रुकुम जिल्ला कमिटी सदस्य तथा एरिया कमिटी इन्चार्ज बनेका उनी २०५७ मा विशेष उप–क्षेत्रीय ब्युरो सदस्य बने ।

२०५८ सालमा भेरी–कर्णाली उप–क्षेत्रीय ब्युरोमा स्थानान्तरण भएका गोपाल २०६० सम्म विशेष जिल्ला इन्चार्जका रूपमा भेरी–कर्णाली क्षेत्रसँगै गण्डक क्षेत्रको समेत जिम्मेवारी सम्हालेका थिए ।

२०६० देखि ०६२ सम्म बाँके र बर्दिया जिल्ला इन्चार्जको जिम्मेवारी सम्हालेका गोपाल २०६२ माघदेखि आधार इलाका विशेष ब्युरोमा रहेर २०६४ सम्म रुकुम जिल्लाको पार्टी सेक्रेटरी बने । २०६५ मा एकीकृत नेकपा (माओवादी) को रुकुम जिल्ला इञ्चार्ज बनेका उनी २०६६ देखि २०६९ सम्म मगरात राज्य कार्यालय सचिवको भूमिकामा रहेर काम गरे ।

२०७१ सालमा रुकुम जिल्ला अध्यक्ष बनेका गोपाल सोही वर्ष एकीकृत नेकपा (माओवादी) को केन्द्रीय सदस्यमा पनि  चयन भए । २०७३ मा नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य बनेका उनी २०७५ मा एमालेसँगको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा रुकुम पश्चिम जिल्ला अध्यक्ष भए ।

२०७७ मा पार्टी विभाजनपछि नेकपा माओवादी केन्द्र पुनर्गठन हुँदा २०७८ सम्म केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति संयोजकको जिम्मेवारी सम्हालेका गोपाल २०७९ देखि हालसम्म पनि पार्टीको केन्द्रीय सदस्यका रूपमा क्रियाशील छन् ।

निर्वाचन व्यवस्थापन र संगठन निर्माणमा दक्खल राख्ने गोपाल २०६४ र २०७० का संविधानसभा निर्वाचन तथा २०७४ र २०७९ का प्रतिनिधिसभा निर्वाचनमा जिल्ला निर्वाचन परिचालन समिति संयोजक भएर काम गरे । यी चारवटै चुनावमा गोपाल शर्मा तत्कालीन माओवादी जनार्दन शर्मालाई विजयी गराउने जिम्मेवारीमा थिए ।

यसपटक गोपाल आफैं प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । तत्कालीन माओवादी केन्द्रमा जनार्दन शर्माको विश्वास पात्र थिए । विगतका चुनावमा जनार्दनलाई चुनाव जिताउन जिल्लामा चुनावी कमान्डर रहेर काम गरेका गोपाल यसपटक उनै जनार्दनको प्रतिस्पर्धीको रूपमा चुनावी मैदानमा छन् । जनार्दन यसपटक प्रलोपाबाट उम्मेदवार छन् ।

गोपाल शर्मा २०७४ सालमा कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । २०७८ मा कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थए । तीन दशकभन्दा लामो राजनीतिक अनुभव, संगठनात्मक क्षमता र सरकारी जिम्मेवारी समेत सम्हालेका गोपाल पहिलोपटक संघीय संसद् सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन् ।

Battleground Analysis

अनुकूलता

  • लामो समयदेखि राजनीतिमा क्रियाशील
  • पार्टीमा पकड जमाएका नेता
  • स्थानीयस्तरमा परिचित अनुहार

प्रतिकूलता

  • संसदीय राजनीतिमा अनुभव नहुनु
  • विगतमा सहयोगी भूमिकामा सीमित हुनु
  • बलिया प्रतिस्पर्धीहरू
शिक्षा
स्नातक
संसदीय अनुभव
२०७४ : कर्णाली प्रदेशसभा सदस्य
हालको दल
नेपाली कम्युनिष्ट पार्टी
सरकारको अनुभव
२०७८ मा कर्णालीको आर्थिक मामिला तथा योजनामन्त्री

राजनीतिक टाइमलाइन

२०४६-२०५६

विद्यार्थी राजनीति

२०४६ : चौरजहारी शीतल माविको सह–इकाइ कमिटीको सहसचिव २०४८ : शीतल माविको अनेरास्ववियु इकाइ अध्यक्ष २०५१ : अनेरास्ववियुको रुकुम जिल्ला कमिटी सदस्य २०५३ : अनेरास्ववियु रुकुम जिल्ला अध्यक्ष २०५४ : अखिल (क्रान्तिकारी) को राप्ती अञ्चल इञ्चार्ज २०५६ : अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष/पश्चिम उपकेन्द्र इञ्चार्ज

२०५६-२०६६

पार्टी राजनीति

२०५६ : माओवादी केन्द्रको रुकुम जिल्ला सदस्य २०५७ : पार्टीको विशेष उपक्षेत्रीय ब्युरो सदस्य २०५८ : भेरी–कर्णाली उपक्षेत्रीय ब्युरोमा स्थानान्तरण २०६०–०६२ : माओवादीको बाँके र बर्दिया जिल्ला इञ्चार्ज २०६४ : माओवादीको रुकुम जिल्ला सेक्रेटरी २०६५ : माओवादीको रुकुम जिल्ला इञ्चार्ज २०६६–०६९ : मगरात राज्य कार्यालय सचिव

२०७१-२०७९

केन्द्रीय सदस्य

२०७१ : रुकुम जिल्ला अध्यक्ष २०७१ : माओवादी केन्द्रीय सदस्य २०७३ : माओवादी केन्द्रको पोलिटब्युरो सदस्य २०७५ नेकपा रुकुमपश्चिम अध्यक्ष २०७९ देखि हालसम्म : पार्टी केन्द्रीय सदस्य

२०७४-२०८२

संसदीय अनुभव

२०७४ : कर्णाली प्रदेश सभा सदस्य २०७८ : कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री २०८२ : प्रतिनिधिसभा सदस्य उम्मेदवार

गोपाल शर्माको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

गोपाल शर्मा
२१६०९
राजु केसी नेपाली कांग्रेस
१६६६१
जनार्दन शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी
१४३४६
VS