Home Candidate कृष्‍णध्वज खड्का

जेलनेल भोगेका खड्काको संसदीय मोर्चा सम्हाल्ने धोको

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
कृष्‍णध्वज खड्का
प्युठान - १ उम्मेदवार

कृष्‍णध्वज खड्का

पुरुष , ६२ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
९०७४ मत
Profile Election History
Profile Election History

२०५७ सालमै माओवादी केन्द्रीय सदस्य बनेका कृष्णध्वज हालसम्म पनि केन्द्रीय सदस्यकै जिम्मेवारीमा छन् । 

०००

२०१९ भदौमा प्यूठानमा जन्मिएका कृष्णध्वज खड्का प्यूठान नगरपालिका, बिजुवारका स्थायी बासिन्दा हुन् । २०३५ सालमा तत्कालीन अनेरास्ववियुमा संगठित हुँदै राजनीतिमा प्रवेश गरेका उनले स्नातक गरेका छन् ।

पञ्चायती व्यवस्थाको विरोधमा सक्रिय उनी २०४६ चैत २४ गते विरोध प्रदर्शनकै क्रममा काठमाडौंको भोटाहिटीबाट पक्राउ परे । संयुक्त वाममोर्चाको दबाबपछि रिहा भए । त्यतिबेला उनी अखिलको केन्द्रीय सदस्य भइसकेका थिए ।

२०५१ सालमा एकता केन्द्र विभाजित भएर माओवादी बनेपछि अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष बने । २०५२ सालदेखि तत्कालीन नेकपा माओवादीले शुरु गरेको सशस्त्र  विद्रोहमा लागे ।

२०५६ सालसम्म अखिल त्रान्तिकारीको केन्द्रीय अध्यक्ष रहेका कृष्णध्वजले २०५३ देखि २०५८ सम्म माओवादीका तत्कालीन महामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रतिनिधिका रूपमा दरबार, राजनीतिक दलका शीर्ष नेता, विदेशी कूटनीतिज्ञ, मानवअधिकारकर्मी, सञ्चारकर्मीसँग संवाद गरे ।

२०५८ सालमा सरकारसँग भएको पहिलो वार्तामा पनि प्रचण्डको प्रतिनिधिका रूपमा मध्यस्थतामा थिए । वार्ता असफल भएपछि सरकारले संकटकाल घोषणा गर्‍यो । २०५८ सालमा माओवादीले दाङमा सेनाको ब्यारेकमा आक्रमण गरेपछि सरकारले संकटकाल लगायो । पहिलो संकटकालका बेला काठमाडौंको चाबहिलबाट कृष्णध्वज र उनकी पत्नी रेखा शर्मा (पूर्व मन्त्री) पक्राउ परे । त्यसबेला उनी माओवादीको केन्द्रीय राजनीतिक परिचालन उपब्यूरोका इन्चार्ज भइसकेका थिए ।

संकटकालका बेला सैनिक हिरासतमा यातना नित्यकर्म जस्तै थियो । वार्ताको वातावरण बनाउन माओवादीले जेलमा रहेका आफ्ना नेता रिहाइ माग गर्दा कृष्णज्वज र रेखाको नाम प्राथमिकतामा राख्यो । पक्राउ परेको एक वर्षपछि २०५९ साल चैत १ गते उनीहरू रिहा भए । रिहा हुँदा कृष्णध्वजको हात, खुट्टा र करङका हड्डी भाँचिएका थिए । रेखाको मेरुदण्ड भाँचिएको थियो । तीन वर्ष भारतमा उपचार गराएर फर्किएका उनीहरू २०६२/६३ को जनआन्दोलनमा सहभागी भए ।

२०५७ सालमै माओवादी केन्द्रीय सदस्य बनेका कृष्णध्वज हालसम्म पनि केन्द्रीय सदस्यकै जिम्मेवारीमा छन् । २०७० सालको संविधानसभा निर्वाचनमा पराजित भए । २०७४ सालको प्रदेश सभा निर्वाचनमा प्यूठान १ (२) बाट निकटतम प्रतिद्वन्द्वीले भन्दा दोब्बर बढी मत ल्याएर जिते । त्यसपछि लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्री बने ।

प्यूठानमा एमालेका सूर्य थापा, कांग्रेसका डा. गोविन्दराज पोखरेल, जनमोर्चाका तिलकबहादुर जिसी लगायतले उम्मेदवारी दिएका छन् । २०७९ मा समानुपातिकतर्फ १३ हजार ३०३ मत पाएको माओवादी र ४९० मत ल्याएको एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीबाट कृष्णध्वजले उम्मेदवारी दिएका छन् ।

Battleground Analysis

अनुकूलता

  • त्याग र निष्ठाको विरासत
  • कूटनीतिक र प्रशासनिक अनुभव
  • प्यूठानको भूगोलमा स्थापित

प्रतिकूलता

  • प्रतियोगीहरूको 'हेभीवेट' व्यक्तित्व
  • माओवादी आन्दोलनप्रति घटेको आकर्षण
  • असन्तुष्ट मत तान्न र नयाँ मतदातालाई रिझाउन कठिन
शिक्षा
स्नातक
हालको दल
नेपाली कम्युनिस्ट पार्टी

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७० प्युठान - २ हिराबहादुर केसी (एमाले) १२७९८ ८२१० ४५८८ पराजित
२०७४ प्युठान - १ (२) अमरप्रसाद भण्डारी (कांग्रेस) १४१६८ २७९१० १३७४२ विजयी

कृष्‍णध्वज खड्काको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

कृष्‍णध्वज खड्का
९०७४
सुशान्त वैदिक राष्ट्रिय स्वतन्त्र पार्टी
२७४६९
डा . गोविन्दराज पोखरेल नेपाली कांग्रेस
१८३३८
VS