Home Candidate सूर्यबहादुर थापा क्षेत्री

दोस्रो परीक्षाको तयारी

http://नेकपा%20एमाले
सूर्यबहादुर थापा क्षेत्री
प्युठान - १ उम्मेदवार

सूर्यबहादुर थापा क्षेत्री

पुरुष , ५१ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१६७१० मत
Profile Election History
Profile Election History

सूर्य थापाले  नेतृत्व गरेकाे छानबिन समितिले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट गैरकानूनी रूपमा गोर्खा मिडियामा रकम प्रवाह भएको किटान गरेको थियो । 

०००

सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन समितिको नेतृत्व गरे, सूर्य थापाले । समितिले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट गैरकानूनी रूपमा गोर्खा मिडियामा रकम प्रवाह भएको किटान गरेको थियो ।

छानबिन समितिका सभापति थापाले २१ फागुनको निर्वाचनका लागि प्यूठानबाट उम्मेदवारी दिएका छन् । ५१ वर्षीय थापाको जन्मस्थान प्यूठानको झिमरुक गाउँपालिका–१, सौतामारे हो ।

थापा अर्घाखाँचीको सिद्धार्थ र भगवती माविमा पढ्दा नै अनेरास्ववियुमा सक्रिय भइसकेका थिए । काठमाडौं आएपछि कैलाशकुट क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन सभापति चुनिए ।

पाटन संयुक्त क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर थापा २०५१ सालपछि पत्रकारितामा सत्रिय भए । त्यसक्रममा उनी नेकपा (एमाले) निकट विभिन्न पत्रिकाको सम्पादकीय नेतृत्वमा रहेर काम गरे । पार्टी सरकारमा रहँदा रेडियो नेपालको ‘घटना र विचार’ र ‘परिवेश’ कार्यक्रममा काम गरे ।

२०६४ सालमा पार्टीको प्रचार विभाग सचिव नियुक्त भएपछि सकृय पत्रकारिता छाडे । तर, एमालेको मुखपत्र ‘नवयुग’ मासिकको सम्पादन गरे, २०६४ देखि २०७१ सम्म ।

थापा भरतमोहन अधिकारी उपप्रधानमन्त्री तथा अर्थमन्त्री हुँदा मिडिया कन्सल्ट्यान्टमा नियुक्त भएका थापाले झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारको जिम्मेवारी पाए ।

उनको संसदीय यात्रा २०७९ मा सुरु भयो । उनी एमाले उम्मेदवार थिए भने उनको मुख्य भिडन्त नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी सम्मिलित गठबन्धनबाट उम्मेदवारी दिएकी राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलसँग थियो । त्यसमा उनले बाजी मारे र ६ हजार मतान्तरले हराएर संसदीय यात्रा तय गरे । 

पाँच वर्षका लागि निर्वाचित भएका थापाले कार्यकाल भने पूरा गर्न पाएनन् । जेनजी आन्दोलनपछि बनेको सरकारले संघीय संसद् विघटन गरेपछि उनी पनि विघटित प्रतिनिधिसभाका सांसद हुन पुगे । 

त्यसैले २१ फागुनमा हुने चुनावमा उनले एमालेबाट पुनः उम्मेदवारी दिएका छन् । थापासँग कांग्रेसका प्रा.डा. गोविन्दराज पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका कृष्णध्वज खड्का र जनमोर्चाका तिलकबहादुर जीसी लगायतले प्रतिस्पर्धा गर्दैछन् ।

२०७९ को समानुपातिकको मत हेर्दा थापा सहज अवस्थामा देखिन्छन् । गत निर्वाचनमा एमालेले ३३ हजार ८०४, कांग्रेसले १७ हजार ८५१, माओवादी केन्द्रले १३ हजार ३०३, जनमोर्चाले ९ हजार ९५९, रास्वपाले ५ हजार ८५१, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार २६६ र नेकपा (एकीकृत समाजवादी)ले ४९० मत पाएको थियो ।

तर, त्यसयता राप्ती नदीमा धेरै पानी बगिसकेको छ । राजनीतिक उथलपुथल पनि धेरै भइसकेको छ । त्यसैले थापाले विगतको तथ्यांकको भर पर्न भन्दा जनताको ताजा मतमै विश्वास गर्नुपर्ने अवस्था छ ।

Battleground Analysis

अनुकूलता

  • सहकारी छानबिन समितिको नेतृत्वबाट बनेको छवि
  • २०७९ काे निर्वाचनमा प्रत्यक्ष जितको मनोबल
  • एमालेको बलियो मत आधार

प्रतिकूलता

  • सत्तासँग निकटताको आलोचना
  • बलिया प्रतिस्पर्धी
  • सहकारी प्रकरणको राजनीतिक ध्रुवीकरण
शिक्षा
स्नातकोत्तर
संसदीय अनुभव
दोस्रो संसदीय निर्वाचन, सभापति- सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन समिति
२०७९ को मत
४१११८
हालको दल
नेकपा एमाले
सरकारको अनुभव
प्रधानमन्त्रीका प्रेस सल्लाहकार

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७९ प्युठान - १ दुर्गा पौडेल (जनमोर्चा) ३५८१४ ४१११८ ५३०४ विजयी

सूर्यबहादुर थापा क्षेत्रीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

सूर्यबहादुर थापा क्षेत्री
१६७१०
सुशान्त वैदिक राष्ट्रिय स्वतन्त्र पार्टी
२७४६९
डा . गोविन्दराज पोखरेल नेपाली कांग्रेस
१८३३८
VS