Home Candidate सुशान्त वैदिक

लुम्बिनी सरकारका पूर्वविज्ञ सुशान्तको चुनावी दौड

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
सुशान्त वैदिक
प्युठान - १ उम्मेदवार

सुशान्त वैदिक

पुरुष , ३१ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

अर्थशास्त्र, सार्वजनिक नीति र प्रशासन सुधारमा आधारित स्पष्ट दृष्टिकोण बोकेर उनी संसद्‍ पुग्ने दौडमा छन्  ।

०००

प्युठानको खैरामा १८ जेठ २०५१ सालमा जन्मिएका हुन् सुशान्त वैदिक । उनै वैदिकलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्युठानबाट उम्मेदवार बनाएको छ ।

वैदिकले लन्डन स्कुल अफ इकोनोमिक्स (एलएसई) बाट अर्थशास्त्रमा स्नातकोत्तर तथा नर्वेको नर्वेजियन स्कुल अफ इकोनोमिक्स (एनएचएच) बाट अर्थशास्त्र र व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । उनी प्रतिस्पर्धा नीति, आर्थिक मोडेलिङ, विकास अर्थशास्त्र र लगानी विश्लेषणमा दक्ष मानिन्छन् ।

नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी र तत्कालीन माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री हुँदा लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीका आर्थिक तथा विकास विज्ञका रूपमा उनले काम गरेको अनुभव छ । उनले त्यसबेला बजेट, कार्यक्रम समीक्षा, पाँच वर्षे योजना, कृषि विकास रणनीति र आर्थिक सुधारसम्बन्धी अवधारणामा प्रत्यक्ष योगदान दिएका छन् । जीआईएस आधारित डाटा प्रणाली, रोजगार-केन्द्रित परियोजना र आर्थिक विकास कार्यक्रमको संरचना उनका प्रमुख पहल हुन् ।

बेलायतस्थित आरबीबी इकोनोमिक्समा अर्थशास्त्रीका रूपमा काम गर्दा उनले प्रतिस्पर्धा नीति, बजार संरचना र नियामक विश्लेषणमा अनुभव हासिल गरे । यसले उनलाई लगानी वातावरण, निजी क्षेत्र र आर्थिक नियमन बुझ्न मद्धत गरेको छ ।

वैदिकको राजनीति प्रमाणमा आधारित नीति, पारदर्शी शासन र रोजगारीमुखी आर्थिक रूपान्तरणमा केन्द्रित छ । उनी भावनात्मक भाषणभन्दा परिणाममुखी नेतृत्वमा विश्वास गर्छन्। र, स्वयं पनि गम्भीर र अन्तरमुखी स्वभावका छन् कम बोल्छन धेरै सुन्छन् ।

अर्थशास्त्र, सार्वजनिक नीति र प्रशासन सुधारमा आधारित स्पष्ट दृष्टिकोण बोकेर उनी संसद्‍ पुग्ने दौडमा छन्  ।

Battleground Analysis

अनुकूलता

  • उच्च शैक्षिक र व्यावसायिक पृष्ठभूमि
  • अनुभव र विशेषज्ञता
  • युवा आकर्षण

प्रतिकूलता

  • अन्तरमुखी स्वभाव र जनसम्पर्क
  • संगठनको जग
  • पहिचान र पहुँच
शिक्षा
स्नातकोत्तर
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी

सुशान्त वैदिकको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित