Home Candidate डा . गोविन्दराज पोखरेल

पुनर्निर्माणका कमाण्डर प्युठानको मैदानमा: कांग्रेसको विरासत फर्काउने प्रयास

http://नेपाली%20कांग्रेस
डा . गोविन्दराज पोखरेल
प्युठान - १ उम्मेदवार

डा . गोविन्दराज पोखरेल

पुरुष , ५९ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile Election History
Profile Election History

२०७२ को विनाशकारी भूकम्पपछि बनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर २०७४ को निर्वाचन लड्न प्युठान पुगेका थिए । 

०००

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित प्रा.डा. गोविन्दराज पोखरेल २०२३ माघमा प्युठानको रस्पुरकोटमा जन्मिएका हुन् । २०६८ सालमा नेपाल प्राध्यापक संघमा संगठित भएका उनी २०७४ सालदेखि सक्रिय राजनीतिमा छन् ।

पोखरेलले जर्मनीको फ्लोरेन्स वर्ग युनिभर्सिटीबाट ग्रामीण ऊर्जा प्रविधि तथा सीप विस्तारमा स्नातकोत्तर तथा ऊर्जा अर्थतन्त्र र नीति विषयमा विद्यावारिधि गरेका छन् । २०५७ देखि २०७८ सालसम्म इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत थापाथली इन्जिनियरिङ क्याम्पसमा प्राध्यापक रहे । एक वर्ष निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाले ।

२०६२ देखि २०७० सालसम्म वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकको रूपमा काम गरे । सुशील कोइराला प्रधानमन्त्री रहेका बेला पोखरेल १६ महिना राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए ।

२०७२ को विनाशकारी भूकम्पपछि बनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर २०७४ को निर्वाचन लड्न प्युठान पुगेका थिए । उनी एमाले र माओवादी केन्द्रको समर्थन प्राप्त राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसँग ठूलो मतान्तरले पराजित भए ।

२०७९ मा उनी उम्मेदवार बन्न पाएनन् । एमालेले सूर्य थापालाई नै उम्मेदवार बनाउँदा  कांग्रेससहितको पाँच दलीय गठबन्धनबाट दुर्गा पौडेल पुन: उम्मेदवार बनिन् । यसपटक सूर्यले ४१ हजार ११८ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाकी दुर्गाले ३५ हजार ८१४ मत मात्र ल्याइन् ।

२१ फागुनमा हुने निर्वाचनमा भने कांग्रेस देशैभर एक्लै प्रतिस्पर्धा गरिरहेको छ । यहाँ डा . गोविन्दराज पोखरेलले पुन: मौका पाएका छन् ।  पोखरेलसँग एमालेका सूर्य थापा, नेपाली कम्युनिष्ट पार्टीका कृष्णध्वज खड्का, रास्वपाका सुशान्त वैदिक, राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जीसी लगायतले प्रतिस्पर्धा गर्दैछन् ।

Battleground Analysis

अनुकूलता

  • उच्च शैक्षिक र प्राविधिक दक्षता
  • राष्ट्रियस्तरको अनुभव
  • विकासकेन्द्रित छवि

प्रतिकूलता

  • पराजयको अनुभव
  • एमालेको बलियो आधार
  • प्राविधिक पृष्ठभूमि
शिक्षा
विद्यावारिधि
हालको दल
नेपाली कांग्रेस

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७४ प्युठान - १ दुर्गा पौडेल (जनमोर्चा) 47514 31286 १६२२८ पराजित

डा . गोविन्दराज पोखरेलको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

डा . गोविन्दराज पोखरेल
तिलकबहादुर जीसी राष्ट्रिय जनमोर्चा
VS