Home Candidate नरेश भण्‍डारी

पार्टीकै विरासत फर्काउन कम्मर कसेका नरेश

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
नरेश भण्‍डारी
जुम्ला - १ उम्मेदवार

नरेश भण्‍डारी

पुरुष , ४७ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
११६३५ मत
Profile Election History
Profile Election History

नरेश भण्डारीका लागि यो निर्वाचन विकासको विरासत जोगाउने र २०६४ को इतिहास दोहोर्‍याउने अवसर हो। बजेट माग्ने होइन, कानुन बनाएर सुनिश्चित गर्ने हो भन्ने उनको दृष्टिकोणले मतदातालाई आकर्षित गर्न सक्छ।

०००

२०३५ सालमा जुम्लाको गुठिचौर गाउँपालिका वडा नम्बर₋५, कुम्डि गाउँमा जन्मिएका नरेश भण्डारी संविधानसभा सदस्य हुन् । उनी २०६४ सालको पहिलो संविधानसभा सदस्यमा विजयी भएका थिए । त्यति बेला उनी जम्मा २९ वर्षका थिए ।

सोही कार्यकालमा उनले कर्णालीको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै २०६८ सालमा संविधानसभामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको गैरसरकारी विधेयक संविधान सभामा दर्ता गराएका थिए । यसकारण उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको जन्मदाता भनेर प्रचार हुने गर्दछ ।

२०७४ सालमा कर्णाली प्रदेशको मुख्यमन्त्रीको रूपमा अघि सारेर नेकपा माओवादी केन्द्रले उनलाई प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएको थियो । उनले चुनाव पनि जिते, तर मुख्यमन्त्री भने बन्न पाएनन् ।

बरु, माओवादीकै अर्का नेता महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीमा बाजी मारे । भण्डारी शाहीको क्याबिनेटमा अटाए । आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी लिए ।

भण्डारीकै पहलमा जुम्लामा पातारासीको चुकेनीखोलाबाट ९९८ किलोवाटको विद्युत उत्पादन भएको छ । उनको पहलमा अगाडि बढेको आठ हजार धाराको धौलीगाड योजना पनि कार्यान्वयनमा छ ।

सिजा बहुमुखी क्याम्पसको स्थापना, कर्णाली प्राविधिक शिक्षालयको स्तरोन्नति लगायतका कार्यमा समेत उनले भूमिका खेलेका थिए ।

हाल, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रहेका भण्डारीलाई पार्टीले २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । विगतमा गरेका काम र आगामी दिनका मार्गचित्रका आधारमा आफूले चुनाव जित्ने उनको दाबी छ ।

‘सिञ्जाको भाषा, सभ्यताको अध्ययन तथा सांस्कृतिक राजधानीको रूपमा विकास गर्न बनाइएको विधेयक यसअघि नै अगाडि बढाउने गरी संघीय सरकारले स्वीकृत गरिसकेको छ,’ उनी भन्छन्, ‘प्रतिनिधिसभा सदस्य भएर यसलाई थप अगाडि बढाउने छु ।’

सिञ्जा सभ्यता विकास विधेयक अगाडि बढाएर संसारलाई पुन: चिनाउने, तिला गाउँपालिकामा सर्भे सुरु भई काम भइरहेको ७२ मेघाबाटको जलविद्युतको काम पूरा गर्ने, नाग्म–गमगडी सडक, जुम्ला केन्द्र बनाउने आयोजना, बृहत् कृषि सिँचाइ आयोजनासहितका विभिन्न अधुरा काम अगाडि बढाउने लगायतका योजना लिएर चुनावी मैदानमा उत्रिएका छन् ।

राज्यलाई सधैं सानोतिनो बजेट माग गर्नुभन्दा नीति र कानुन बनाएर बजेटको निरन्तर सुनिश्चितता गर्ने कामको प्राथमिकता दिनुपर्ने उनको मत छ । भूगोल, जनसंख्या, मानवसूचांक र पूर्वाधार विकासको आधारमा कानुनी व्यवस्थागरी बजेट विनियोजन गर्नुपर्नेमा उनको जोड छ ।

नेपाली भाषाको उद्गमस्थल जुम्ला भएकाले यस क्षेत्रलाई सांस्कृतिक राजधानीको रूपमा विकास गर्न पहल गर्ने पनि उनको प्रतिवद्धता छ । यिनै प्रतिवद्धतासहित उनी २०६४ सालमा झै निर्वाचन जित्नेगरी चुनावी मैदानमा होमिएका छन् ।

Battleground Analysis

अनुकूलता

  • संविधान सभा सदस्य हुँदै प्रदेश सभा सदस्यको अनुभव
  • जनस्तरसम्म रहेको पहुँच
  • स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललगायत परियोजना सञ्चालनमा नेतृत्वदायी भूमिका

प्रतिकूलता

  • ज्ञानेन्द्र शाहीको 'क्रेज'
  • कांग्रेसको नयाँ लहर
  • माओवादी पृष्ठभूमिका बागी उम्मेदवार
शिक्षा
एमफिल
संसदीय अनुभव
२०६४ : संविधान सभा सदस्य निर्वाचित, २०७४ : प्रदेश सभा सदस्य निर्वाचित, २०८२ : प्रतिनिधिसभा सदस्य उम्मेदवार
हालको दल
नेपाली कम्युनिष्ट पार्टी
सरकारको अनुभव
कर्णाली सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री (२०७४)

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०६४ जुम्ला-१ दीनबन्धु श्रेष्ठ ९२१० २११२७ ११९१७ विजयी
२०७४ जुम्ला-१ (१) राजु सिंह कठायत ८५३७ १२५७४ ४०३७ विजयी

नरेश भण्‍डारीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

नरेश भण्‍डारी
११६३५
ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टी
१४८१६
दीपबहादुर शाही नेपाली कांग्रेस
७१४३
VS