Home Candidate शान्तिलाल महत

२०३६ सालदेखिका राजनीतिक खेलाडी

http://नेकपा%20एमाले
शान्तिलाल महत
जुम्ला - १ उम्मेदवार

शान्तिलाल महत

पुरुष , ६३ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
४५१८ मत
Profile Timeline
Profile Timeline

जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ७ का स्थायी बासिन्दा शान्तिलाल महत नेकपा एमालेबाट जुम्लामा प्रतिनिधिसभा सदस्यका प्रत्यक्षतर्फकाट उम्मेदवार छन् । ५ असोज २०२१ मा जन्मिएका शान्तिलाल १५ वर्षको उमेर हुँदा २०३६ सालको जनमत संग्रहको प्रचारप्रसारमा सहभागी भएका थिए ।

उनले विद्यार्थी जीवनमै हुँदा व्यवस्था परिवर्तनको सपना देख्न थालिसकेका थिए । त्यसैले २०३७ सालमा नेपाल क्रान्तिकारी विद्यार्थी संगठनको सदस्यता लिएर औपचारिक रूपमा विद्यार्थी राजनीतिमा होमिए । 

अर्को वर्ष, २०३८ सालमा भएको जुम्ला विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरे । सोही वर्ष नेपाल मजदुर किसान पार्टीबाट भूमिगत रूपमा पार्टी सदस्यता पनि प्राप्त गरे । राजनीतिक सक्रियताकै कारण उनले २०३८ सालमा सार्वजनिक अपराधको मुद्दा खेप्नुपर्‍यो । २६ दिन हिरासत बसेपछि उनी मुक्त भए ।

२०३९ सालमा मालिका एकाइ कमिटीको सचिव भएका उनी २०४३ सालको स्थानीय निर्वाचनमा वडा सदस्यमा निर्वाचित भए । राजनीतिसँगै शैक्षिक आन्दोलनमा पनि सक्रिय महत २०४५ सालमा नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद् सदस्यमा चयन भए ।

सोही क्रममा उनले २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाए ।  २०४६ को राजनीतिक परिवर्तनपछि भने उनको पार्टी राजनीतिमा पनि फेरबदल आयो । २०४७ सालमा उनीसहित नेमकिपाका १४ स्थानीय नेताले सामूहिक राजीनामा दिए, र नेकपा (माले) को जुम्ला पार्टी स्थापना गरे । उनलाई नै जुम्लामा नेकपा (माले) स्थापना गर्ने मुख्य सूत्रधारका रूपमा मानिन्छ ।

त्यसपछि २०४९ सालमा भएको स्थानीय निर्वाचनमा शान्तिलाल वडाध्यक्ष चुनिए । २०५२ सालमा सुकुम्वासी समस्या समाधान आयोग जुम्लाको अध्यक्ष नियुक्त भए भने २०५३ सालको तेस्रो जिल्ला अधिवेशनबाट पार्टीको उपसचिव निर्वाचित भए । २०५४ सालमा पुन: वडाध्यक्ष र जिल्ला विकास समितिको सदस्य निर्वाचित भए । 

२०५९/६० मा प्रतिगमनविरुद्धको आन्दोलनमा तत्कालीन गृहमन्त्रीलाई कालो झन्डा देखाउँदा उनी गिरफ्तार भएका थिए । पार्टीभित्रको विभिन्न जिम्मेवारी पूरा गर्दै महतले २०६५ मा कर्णाली अञ्चल कमिटी सदस्य, २०७३ मा प्रदेश कमिटी सदस्य र २०७४ मा कर्णाली विकास आयोगको सदस्यका रूपमा काम गरे । 

२०७४ सालको स्थानीय तह निर्वाचनमा चन्दननाथ नगरपालिकाको प्रमुख पदमा प्रतिस्पर्धा गरेका थिए । तर, जित निकाल्न सकेनन् । त्यसको तीन वर्षपछि २०७७ मा शान्तिलाल नेकपा एमालेको जुम्ला जिल्ला कमिटी अध्यक्ष निर्वाचित भए ।

२०७८ पुसमा भएको आठौं जिल्ला अधिवेशनबाट पुन: अध्यक्ष चुनिए । २०८१ वैशाखमा सम्पन्न नवौं जिल्ला अधिवेशनबाट पुन: अध्यक्ष पदमा निर्वाचित भएर काम गरिरहेका छन् ।

अहिले प्रतिनिधिसभा सदस्यको लागि जुम्लाबाट प्रत्यक्षतर्फका उम्मेदवार छन् ।

Battleground Analysis

अनुकूलता

  • वडा कमिटीदेखि नै काम गर्दै आएका अनुभवी
  • स्थानीय जनतासँग परिचित नेता
  • राजनीतिसँगै समाजसेवामा क्रियाशील

प्रतिकूलता

  • संसदीय राजनीतिमा अनुभवहीन
  • नयाँलाई मौका नदिएको गुनासो
  • अन्य पार्टीका बलिया उम्मेदवार
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
नेकपा एमाले

राजनीतिक टाइमलाइन

२०३६

जनमत संग्रहको प्रचारमा सहभागी

२०३६ सालमा बहुदल र निर्दलबीच भएको जनमत संग्रहको प्रचारमा सहभागी हुँदै शान्तिलाल राजनीतिक गतिविधिमा प्रवेश गरेका थिए ।

२०३७

विद्यार्थी आन्दोलनमा नेतृत्व

२०३७ मा उनी नेपाल क्रान्तिकारी विद्यार्थी संगठनमा आवद्ध भए भने एक वर्षभित्रै २०३८ मा जुम्लाको विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरे ।

२०३८

नेपाल मजदुर किसान पार्टीमा आवद्ध

विद्यार्थी राजनीतिबाट अघि बढिरहेका बेला उनले २०३८ मा नेपाल मजदुर किसान पार्टीको सदस्यता प्राप्त गरे ।

२०३८

२६ दिन कारागार

निरन्तर राजनीतिक सकृयताको कारण तत्कालीन पञ्चायती प्रशासनले उनलाई नियन्त्रणमा लियो र २६ दिनसम्म थुनामा राख्यो ।

२०४३

वडासदस्य निर्वाचित

थुनामुक्त भएपछि पनि उनले राजनीतिक गतिविधि जारी राखे । यहीक्रममा २०३९ मा उनी मालिका एकाइ कमिटीको सचिव भए भने २०४३ मा वडा सदस्यमा निर्वाचित भए ।

२०४७

नेमकिपाबाट राजीनामा, जुम्लामा माले स्थापना

२०४६ को जनआन्दोलनमा प्रत्यक्ष सहभागी भएका उनले २०४७ मा नेमकिपाबाट राजीनामा दिए र जुम्लामा नेकपा माले स्थापना गरे ।

२०५२

सुकुमवासी समस्या समाधान आयोग जुम्लाको अध्यक्ष

२०५१ मा भएको मध्यावधि निर्वाचनपछि नेकपा एमालेको नेतृत्वमा अल्पमतको सरकार बन्यो । साे सरकारले सुकुमवासी समस्या समाधान आयोग गठन गर्यो । शान्तिलाल पनि जुम्लाको अध्यक्ष बने ।

२०७४

चन्दननाथ नगर प्रमुखमा

२०७२ असाेज ३ गते मुलुकमा नयाँ संविधान जारी भएपछि २०७४ मा स्थानीय सरकार गठनका लागि निर्वाचन भयो । साे निर्वाचनमा उनी चन्दननाथ नगर प्रमुखमा उम्मेदवार बने । तर पराजित भए ।

२०७७-२०८१

एमालेको जिल्ला अध्यक्ष

लामाे राजनीतिक सक्रियतापछि २०७७ मा आएर उनी एमालेको जुम्ला जिल्ला अध्यक्ष बने । यसपछि उनले लगातार तीन कार्यकाल अध्यक्षको जिम्मेवारी पूरा गरे । २०७८ मा दोस्रोपटक र २०८१ मा तेस्रोपटक जिल्ला अध्यक्ष निर्वाचित भए ।

शान्तिलाल महतको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

शान्तिलाल महत
४५१८
ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टी
१४८१६
नरेश भण्‍डारी नेपाली कम्युनिस्ट पार्टी
११६३५
VS