Home Candidate दीपबहादुर शाही

जुम्लामा कांग्रेसको दियो बाल्दै दीपबहादुर

http://नेपाली%20कांग्रेस
दीपबहादुर शाही
जुम्ला - १ उम्मेदवार

दीपबहादुर शाही

पुरुष , ६६ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
७१४३ मत
Profile
Profile

दीपबहादुर शाहीका लागि यो निर्वाचन "जनताको सेवा र राजनीतिक इमानदारी" को परीक्षण हो। जुम्लाको भूगोल र जनतासँग उनको पुरानो र गहिरो नाता छ। गगन थापाको नेतृत्वले ल्याएको नयाँ उत्साहलाई भोटमा बदल्न सके  उनी जुम्लामा कांग्रेसको पुनरागमन गराउने सारथि बन्न सक्छन्।

०००

२२ साउन २०२२ मा जुम्लामा जन्मिएका दीपबहादुर शाही राजनीतिमा लागेको लामै समय भयो । तर, संसदीय राजनीतिमा भने पहिलो परीक्षा दिँदैछन् । यो सम्भव भएको हो, १ माघमा सम्पन्न नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट ।

उनी विशेष महाधिवेशनको पक्षमा खुलेर लागेका थिए । पार्टीको तत्कालीन संस्थापन पक्षले विशेष महाधिवेशनलाई अवैधानिक भनिरह्यो, तर, विशेष महाधिवेशन पक्षधर रोकिएनन् ।

२७ पुसदेखि सुरु भएको विशेष महाधिवेशन १ माघमा गगनकुमार थापालाई पार्टी सभापति चयन गर्दै सकियो । त्यसपछि दुवै पक्ष निर्वाचन आयोग पुगे । आयोगले ४ माघमा विशेष महाधिवेशन विधानको व्यवस्थाअनुसार नै आयोजना भएको भन्दै वैधानिकता दिएपछि कांग्रेस पार्टीको आन्तरिक जीवनमा ठूलै फरबदल हुन पुग्यो ।

प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ताको समय सम्मुख आइसकेको थियो । सभापति गगन र उपसभापति विश्वप्रकाश शर्मा नयाँ कांग्रेसका नयाँ उम्मेदवार खोज्दै थिए । यही मौकामा यी दुवैले दीपबहादुरमाथि विश्वास जनाए ।

नेपाली कांग्रेसको छैटौं जिल्ला अधिवेशनबाटै सभापति बनिसकेका थिए, दीपबहादुर । प्रतिनिधिसभामा भने पहिलोपटक प्रतिस्पर्धा गर्दैछन् ।

जुम्लाको हिमा गाउँपालिकाका स्थानीय उनले हिमा गाउँपालिकाको अध्यक्षका रूपमा दुई कार्यकाल काम गरिसकेका छन् । जुम्लाको भौगोलिक विकटता, विकासका चुनौती र आम जनताका दैनिक समस्याबारे जानकारी छ ।

शाही स्वयं पनि जुम्लाको हरेक बस्ती र त्यहाँका नागरिकका समस्यालाई नजिकबाट बुझेको बताउँछन् । उनका अनुसार प्रतिनिधिसभा सदस्यमा उनको उम्मेदवारी जिल्लाको समृद्धिका लागि हो ।

जिल्ला सभापतिको अनुभव र स्थानीय तहमा नागरिकसँगको सिधा सम्पर्कलाई मुख्य आधार बनाएर शाही मत मागरहेका छन् । पार्टीभित्रको आन्तरिक एकतालाई मजबुत बनाउँदै र विपक्षीसँगको प्रतिस्पर्धालाई सामना गर्दै चुनाव जित्ने उनको विश्वास छ ।

प्रतिनिधिसभा सदस्य भएपछि जुम्लाको विकासको एजेन्डा संघीय संसद्मा पुर्‍याउने उनको प्रतिवद्धता छ ।

Battleground Analysis

अनुकूलता

  • स्थानीय सरकारको अनुभव, स्थानीयसँग निकटता
  • संगठनात्मक पकड
  • पार्टीभित्र आएको नयाँ लहर

प्रतिकूलता

  • संसदीय राजनीतिक अनुभवको अभाव
  • 'हेभिवेट' प्रतिस्पर्धीहरू
  • एकै पालिकाका तीन उम्मेदवार
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
नेपाली कांग्रेस

दीपबहादुर शाहीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

दीपबहादुर शाही
७१४३
ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टी
१४८१६
नरेश भण्‍डारी नेपाली कम्युनिस्ट पार्टी
११६३५
VS