प्रत्यक्ष निर्वाचनमा पहिलो परीक्षा दिँदै विनीता
Battleground Analysis
अनुकूलता
- नयाँ दलप्रति देशैभर उभार
- महिला र युवा पुस्ताको प्रतिनिधित्व गर्दै उम्मेदवारी
- प्रतिनिधिसभा सदस्य भएर काम गरेको अनुभव
प्रतिकूलता
- परम्परागत भोट बैंक
- पार्टी संगठनको कमजोर प्रभाव
- बलिया प्रतिस्पर्धी
शिक्षा
स्नातक
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्य (२०७९)
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०७९ | समानुपातिक |
|
राजनीतिक टाइमलाइन
२०७९
राष्ट्रिय स्वतन्त्र पार्टीमा संलग्न
‘ग्यालेक्सी फोरके टेलिभिजन’को कार्यक्रम ‘सिधा कुरा’ टिममा आबद्ध विनीता टेलिभिजनको कर्म छोडेर रवि लामिछाने राजनीतिमा होमिएसँगै त्यतै लागिन् ।
२०७९
पार्टीको केन्द्रीय सदस्य
पार्टी स्थापनाको छोटो समयमै प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदै थियो । यो बीचमा उनले पनि पार्टीका लागि निकै मेहनत गरिन् । पार्टीले पनि उनलाई केन्द्रीय सदस्यजस्तो महत्वपूर्ण भूमिकाको जिम्मेवारी दियो ।
२०७९
छोटो समयमै संसद्को यात्रा
पार्टी स्थापनाको आधा वर्ष पनि नहुँदै रास्वपाले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित परिणाम ल्यायो । जसका कारण समानुपातिक सूचीबाट विनितासमेत संसद् पुग्न सफल भइन् ।
२०८२
समानुपातिकपछि प्रत्यक्षतर्फकै उम्मेदवार
२७ वर्षकै उम्मेरमा प्रतिनिधिसभा सदस्य बनेकी विनिता पिछडिएको क्षेत्र जुम्लाको पहिचान फराकिलो पार्न यसपटक प्रत्यक्षतर्फ नै उम्मेदवार बनेकी छन् ।
विनीता कठायतको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







