Home Candidate प्रभु साह

मधेशको खास नेता बन्ने हुटहुटी

http://आम%20जनता%20पार्टी
प्रभु साह
रौतहट - ३ उम्मेदवार

प्रभु साह

पुरुष , ५४ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
९२२ मत
Profile
Profile

मधेशको खास नेता बन्ने हुटहुटीका साथ अगाडि बढिरहेका साह नेतृत्वको आम जनता पार्टीले जनादेश पार्टीसँग चुनावी तालमेल गरेको छ ।

०००

आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन् । मधेशको खास नेता बन्ने हुटहुटीका साथ अगाडि बढिरहेका साह नेतृत्वको पार्टीले जनादेश पार्टीसँग चुनावी तालमेल गरेको छ ।

नेपालको समकालीन राजनीतिमा परिचित साह संघर्ष र साहसले स्थापित नेता हुन् ।

तत्कालीन नेकपा माओवादीले २०५२ सालबाट १० वर्षसम्म सशस्त्र संघर्ष गर्‍यो । उक्त संघर्षमा हजारौं युवाले आफ्नो जीवन र सपना साटे । त्यही जनयुद्धमा सामेल भएर राजनीतिमा लागेका साह ९ वर्ष भूमिगत भए । संकटकालमा उनी तत्कालीन शाही सेनाबाट एक वर्ष बेपत्ता पारिएका थिए ।

यसैसँग सम्बन्धित रहेर साहले ‘यातनाका २७० दिनहरू’ नामक पुस्तक निकालेका छन् । यसबाहेक साहका ‘मधेशी समस्या र समाधानको उपाय, मधेशी मुक्तिका आधारहरू, मेरा जनयुद्ध र मधेशी मुक्तिको कार्यदिशा लगायतका पुस्तकहरू प्रकाशित छन् ।

२०२८ साल वैशाख १ गते रौतहटको मौलापुरमा मध्यम परिवारमा जन्मिएका साहले स्नातकसम्मको अध्ययन गरेका छन् । उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएर कानुनमा स्नातकसम्मको अध्ययन गरेपछि उनी तत्कालीन माओवादीको जनयुद्धमा सामेल भए ।

२०५५ सालमा भूमिगत भए । माओवादी भित्र उनी केन्द्रीय कमिटी सदस्य भए ।

२०६२/०६२ सालको जनआन्दोलनसँगै माओवादी शान्ति प्रक्रियामा आयो । व्यवस्थापिका पुनर्स्थापना भयो । २०६३ को अन्तरिम संसद्मा सदस्य रहे । देश संघीय प्रणालीमा गएपछि तत्कालीन माओवादी केन्द्रले आफ्नो मधेश प्रदेश अध्यक्ष उनै साहलाई बनायो ।

२०६४ सालमा संविधानसभा निर्वाचन भयो । साह रौतहट–३ बाट उम्मेदवार बने र जिते । उक्त संविधानसभामा न्याय प्रणाली समितिको सभापति भए । व्यवस्थापिका संसद् अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सभापति भएर काम गरे । संविधान मस्यौदा समितिको सदस्य भएर संविधान निर्माणमा भूमिका खेले । २०६८ र २०६९ मा क्रमशः कानुनमन्त्री र भूमिसुधार मन्त्री बने ।

पहिलो संविधानसभाबाट संविधान बन्न सकेन । २०७० सालमा दोस्रो संविधानसभाको निर्वाचन भयो । त्यसमा साहले पनि रौतहट ३ बाटै चुनाव जिते ।

२०७४ र २०७९ को चुनाव पनि उनले सोही क्षेत्रबाट विजयी भए । २०७४ को चुनावमा एमाले र माओवादीले तालमेल गरेका थिए । निर्वाचनपछि पार्टी एकता भयो र नेपाल कम्युनिस्ट पार्टी बन्यो ।

नेकपाको तर्फबाट उनी २०७५ सालमा प्रदेश अध्यक्ष बने । तर कम्युनिस्ट एकता लामो समय टिकेन । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता भंग भएपछि प्रभु साह एमालेमै बसे । तर २०७९ मंसिर ४ को निर्वाचन अगाडि एमाले छाडे ।

२०७९ को निर्वाचनमा साहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग तालमेल गर्नै नहुने सुझाव दिएका थिए । त्यसबेला मधेशमा मिहिनेत गरेर एमाले प्रवेशको लहरै चलाएका उनी आफ्नो सुझाव नलागेपछि ओलीसँग झस्किए । निर्वाचनको मुखैमा ओलीलाई चकमा दिँदै रौतहट–३ मा स्वतन्त्र उम्मेदवारी दिए । निर्वाचन जिते । त्यसपछि बनाए आम जनता पार्टी (आजपा) ।

हाल आजपाका अध्यक्ष रहेका उनी रौतहट–३ बाटै उम्मेदवार छन् । मधेशको खास नेता बन्ने हुटहुटीका साथ अगाडि बढिरहेका साह नेतृत्वको पार्टीले जनादेश पार्टीसँग चुनावी तालमेल गरेको छ ।

तालमेलबाट प्रत्यक्षतर्फ १६५ क्षेत्रमध्ये ९८ क्षेत्रमा उम्मेदवार उठाएको छ । समानुपातिकतर्फको ११० सिटमै बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ ।

Battleground Analysis

अनुकूलता

  • लामो राजनीतिक अनुभव, माओवादी र एमाले दुवैको नेतृत्व
  • रौतहट–३ मा बारम्बार विजयी, मधेशमा लोकप्रियता
  • जनादेश पार्टीसँग तालमेलले निर्वाचन रणनीति बलियो

प्रतिकूलता

  • पार्टी विभाजनको इतिहास
  • गठबन्धनले कहिले लाभ, कहिले विवाद
  • अन्य स्थापित नेतासँग प्रतिस्पर्धा
शिक्षा
स्नातक
हालको दल
आम जनता पार्टी

प्रभु साहको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित