Home Candidate प्रकाश रसाइली स्नेही

सुशासन र सामाजिक न्याय रसाइलीका मुख्य एजेन्डा

http://नेपाली%20कांग्रेस
प्रकाश रसाइली स्नेही
बझाङ - १ उम्मेदवार

प्रकाश रसाइली स्नेही

पुरुष , ५० वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile

प्रकाश स्नेही रसाइली हालसालै सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्री चयन भए । उनै रसाइली अहिले विकास, सुशासन र सामाजिक न्यायलाई मुख्य एजेन्डा बनाएर चुनावी मैदानमा छन् ।

०००

विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सहमहामन्त्री बनेका प्रकाश स्नेही रसाइली २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट प्रतिस्पर्धा गर्दैछन् ।

२०३४ सालमा नेपाली कांग्रेसका पुराना नेता रुद्रवीर स्नेहीको परिवारमा जन्मिएका रसाइली बाल्यकालदेखि नै राजनीतिक चेतनासँग नजिक रहे । घर भित्रै लोकतन्त्र, समानता र अधिकारका बहस सुन्दै हुर्किएका उनको जीवनमा २०४६ सालको जनआन्दोलनले निर्णायक प्रभाव पार्‍यो ।

त्यही आन्दोलनले राजनीतिलाई केवल शक्ति प्राप्तिको माध्यम होइन, सामाजिक रूपान्तरणको औजारका रूपमा बुझ्ने दृष्टि दिएको उनी बताउँछन् ।

२०४७ सालमा नेपाल विद्यार्थी संघमार्फत सक्रिय राजनीति सुरु गरेका रसाइली अध्ययनसँगै संगठन निर्माणमा जुटे । ६ देखि ८ कक्षासम्म सत्यवादी माध्यमिक विद्यालयमा अध्ययन गरेका उनी उच्चशिक्षा अध्ययनका लागि काठमाडौं पुगे ।

उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिकशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । अध्ययनसँगै रसाइलीको ध्यान सुदूरपश्चिम र बझाङमै केन्द्रित रह्यो । राजधानीमा रहेर पनि दुर्गम जिल्लाका विद्यार्थी, दलित र सीमान्तकृत समुदायका मुद्दा उठाउन निरन्तर सक्रिय रहे ।

विद्यार्थी राजनीतिमा स्थापित हुँदै २०६० सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका रसाइली २०६२/०६३ को जनआन्दोलनमा अग्रपंक्तिमा सहभागी भए । निरंकुश राजतन्त्रविरुद्धको आन्दोलनका क्रममा उनले गिरफ्तारी र दमन भोग्नुपर्‍यो । तर त्यो दमनले उनको राजनीतिक प्रतिबद्धता कमजोर बनाएन, झनै दृढ बनायो ।

दलित अधिकारको सवालमा रसाइलीको भूमिका विशेष रहँदै आएको छ । नेपाल दलित संघको केन्द्रीय महासचिवको जिम्मेवारी सम्हाल्दै उनले जातीय विभेद, छुवाछुत र सामाजिक बहिष्करणविरुद्ध संगठित आवाज निर्माण गरे । नीति निर्माणदेखि सडक आन्दोलनसम्म उनको सक्रियताले दलित समुदायको मुद्दा राष्ट्रिय राजनीतिक एजेन्डामा स्थापित गर्न सहयोग पुग्यो ।

२०७४ सालमा समानुपातिकबाट प्रतिनिधिसभामा प्रवेश गरेपछि रसाइलीले संसदीय बहसलाई सामाजिक न्याय, समावेशिता र दुर्गम क्षेत्रको विकाससँग जोडे । संसद्मा प्रस्तुत गरेका उनका धारणा र हस्तक्षेप अहिले पनि विभिन्न डिजिटल माध्यममा अभिलेखका रूपमा उपलब्ध छन् ।

पार्टी संगठन भित्र पनि रसाइलीको भूमिका निरन्तर विस्तार हुँदै गयो । नेपाली कांग्रेस बझाङको राजनीतिमा तीन पटक महासमिति सदस्य बनेका उनी १४औं महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य र विशेष महाधिवेशनबाट केन्द्रीय सहमहामन्त्री निर्वाचित भएका छन् ।

उनै रसाइली २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार बनेका छन् । विकास, सुशासन र सामाजिक न्यायलाई मुख्य एजेन्डा बनाउँदै उनी बझाङका सडक नपुगेका गाउँ, अवसर नपुगेका युवाहरू र आवाजविहीन समुदायको प्रतिनिधित्व गर्ने दाबी गर्छन् ।

प्रस्तुति: सुरेश धामी

 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • दलित र सीमान्तकृत समुदायमा बलियो आधार
  • सहमहामन्त्री भएकाले संगठन र नेतृत्व तहको समर्थन
  • आन्दोलन र संसदीय अनुभव
  •  

प्रतिकूलता

  • नयाँ र अन्य दलसँग कडा प्रतिस्पर्धा
  • विकासका अपेक्षा उच्च हुनु
  • राष्ट्रिय राजनीतिको विवादले मतदातामा नकारात्मक प्रभाव पार्न सक्ने

प्रकाश रसाइली स्नेहीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित