Home Candidate भरत मल्ल

गुलाव बोकेर संसदीय चुनावमा भरत मल्ल

http://नेपाल%20कम्युनिस्ट%20पार्टी%20(माओवादी)
भरत मल्ल
बझाङ - १ उम्मेदवार

भरत मल्ल

पुरुष , ४१ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

संसदीय व्यवस्थाको चर्को आलोचना गर्दै आएको यो शक्ति यसपटक 'गुलाव' चुनाव चिह्न लिएर चुनावी प्रतिस्पर्धामा होमिएको छ। 

०००

संसदीय व्यवस्थाको निरन्तर आलोचना गर्दै आएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी नेकपा माओवादी यसपटक चुनावमा सहभागी हुँदैछ । गुलाव चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिएको नेकपाले बझाङबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा ४१ वर्षीय भरत मल्ललाई उम्मेदवार बनाएको छ ।

केदारस्युँ गाउँपालिका–४, सैन्स्युमा जन्मिएका मल्लको बाल्यकाल सामान्य अर्थमा शान्त रहेन । देशमा माओवादी जनयुद्ध सुरु भएका बेला उनी किशोरावस्थामै थिए । उनका अनुसार १३ वर्षकै उमेरमा तत्कालीन सुरक्षा निकायको धरपकडमा परेर जेल जीवनको अनुभव गर्नुपरेको थियो । ‘त्यही घटनाले राजनीतिप्रति मेरो दृष्टिकोण बदलियो,’ मल्ल भन्छन् ।

१८ वर्षदेखि २८ वर्षसम्मको समय उनले जनयुद्ध र राजनीतिक संघर्षमा बिताएको दाबी गर्छन् । शान्ति प्रक्रियापछि माओवादी मूलधारको राजनीतिमा समाहित भयो । तर नेतृत्वप्रति असन्तुष्टि जनाउँदै मल्ल २०७१ सालदेखि विप्लव नेतृत्वको नेकपामा सक्रिय भए । ‘व्यवस्था बदलियो तर जनताको अवस्था बदलिएन,’ उनी भन्छन्, ‘शहीदको सपना अधुरै छ भन्ने महसुस भयो ।’

पहिलो संसदीय प्रतिस्पर्धा

भूमिगत राजनीति र सडक संघर्षबाट आएका मल्लका लागि यो पहिलो संसदीय निर्वाचन हो । संसदीय व्यवस्थाको आलोचक रहेको पार्टीका उम्मेदवार भएर चुनाव लड्नु आफैंमा राजनीतिक सन्देश भएको उनको तर्क छ ।

१३ वर्षकै उमेरमा राजनीतिक बन्दीका रूपमा जेल जीवन बिताएका मल्ल सशस्त्र संघर्ष र भूमिगत राजनीतिको लामो अनुभवपछि पहिलोपटक 'गुलाव' चुनाव चिह्न लिएर संसदीय प्रतिस्पर्धामा उत्रिएका हुन्।

‘हाम्रो उद्देश्य कुर्सी होइन, विचार स्थापित गर्नु हो,’ उनी भन्छन् । मल्लका अनुसार बझाङका मतदाता पुराना दल र तिनका नेताबाट निराश छन् । ‘जनताले पार्टी त देखेका छन्, तर अपेक्षित परिवर्तन देखेका छैनन्,’ उनी भन्छन् । उनले आफ्नो उम्मेदवारीलाई ‘जनताको पक्षमा गरिएको वैचारिक विद्रोह’का रूपमा प्रस्तुत गरेका छन् ।

भरत मल्लको मुख्य एजेन्डा युवालाई उत्पादनसँग जोड्नु हो । ‘राष्ट्रिय पुँजीको विकास गर्दै युवालाई प्रत्यक्ष उत्पादन क्षेत्रमा ल्याउनुपर्छ,’ उनी भन्छन् । उनका अनुसार विकास केवल संरचना निर्माणमा सीमित हुनु हुँदैन, उत्पादन र आत्मनिर्भर अर्थतन्त्रमा आधारित हुनुपर्छ । ‘विकास फुल्ने मात्र होइन, फल्ने पनि हुनुपर्छ–त्यो फल जनताले चाख्न पाउनुपर्छ,’ उनको भनाइ छ ।

विप्लव नेतृत्वको पार्टीको संगठन बझाङमा सशक्त नभए पनि आफ्नो त्याग र विचारप्रति जनताले सम्मान गर्ने विश्वास मल्ल व्यक्त गर्छन् । चुनाव नजिकिँदै गर्दा उनी गाउँ–गाउँ पुगेर आफ्नो वैचारिक धार र विकासको भिजन मतदातामाझ राखिरहेका छन् ।

Battleground Analysis

अनुकूलता

  • त्यागी र जुझारु पृष्ठभूमि
  • वैचारिक स्पष्टता
  • उत्पादनमुखी सोच

प्रतिकूलता

  • सांगठनिक संरचना
  • संसदीय अनुभवको कमी
  • मतदाताको मनस्थिति
शिक्षा
प्रवीणता प्रमाणपत्र तह
हालको दल
नेपाली कम्युनिस्ट पार्टी

भरत मल्लको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित